default_image

breaking big news

Ananta

February 2, 2017

अनन्त चोटपछि पुनरागमन गर्दै

सिमरा (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङ चोटमुक्त भएर दुई महिना विश्रामपछि मैदानमा फर्कदैछन् । रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा उनी आयोजक नव जनजागृती युवा क्लबबाट खेल्दैछन् । अनन्तसंगै राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ पनि आयोजक टोलीबाट मैदानमा उत्रनेछन् । मलेसियामा कात्तिक अन्तिममा भएको एएपफसी सोलिडारिटी कपका दौरान उनको […]

February 1, 2017

आयोजक एपिएफ र न्यु डाइमन्ड महिला भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफ र न्यु डाइमन्ड सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बुधावार भएको पहिलो सेमिफाईनलमा चर्चित स्पाईकर प्रतिभा माली को उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्डले पुलिसलाई २५–१९,१९–२५,२५–१६ र २५–१३ ले हरायो । वुमन अफ द म्याच बनेकी प्रतिभा मालीलाई नेपाल भलिबल संघका उपाध्यक्ष […]

February 1, 2017

झापाको सेमिफाइनल यात्रामा मार्टिनको दुई गोल

दिपक बोहोरा झापा – आयोजक झापा ११ दोश्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडको डोमलाल रंगशालामा बुधबार सुदूर पश्चिम स्र्पोटस क्लबलाई ४–० ले हराउँदै प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । झापाको जितमा अजयी मार्टिन कयोडे ले दुई गोल गरे भने अर्को गोल बुद्ध चेम्जोङले गरेका थिए । अर्को गोल आत्मघाती भएको […]

February 1, 2017

झापा गोल्डकप : सुदुर पश्चिमले झापाको सामना गर्दै

दिपक बोहोरा झापामा जारी दोश्रो रमपम झापागोल्डकप अन्तरगत आज बुधबार आयोजक रमपम झापा ११ र सुदुर पश्चिम स्पोर्ट्स  क्लब भिड्दैछन् । आयोजक झापा पहिलो खेलमा शेर क्लब कालेम्पुङ भारत माथि ५–० को शानदार जित निकाल्दै यँहा सम्मको यत्रा तय गरेको हो भने सुदुर पश्मि बाइ पाएर सिधै क्वाटर फाइनल खेल्न लागेको हो । निकै राम्रो […]

luiz-chelsea

February 1, 2017

चेल्सी र लिभरपुल बराबरीमा रोकिए, आर्सनलको हार

लिभरपुल (एजेन्सी)– घरेलु मैदानमा प्रिमियर लिगका ३ खेल लगातार हारेको लिभरपुलले गए राती शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । लिभरपुलले एनफिल्डमा सुरुको १५ मिनेट खेल नियन्त्रणमा राखेपनि डेभिड लुइसको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुइसले फ्रिकिकमा गोल गरेका थिए । दोस्रो हाफमा जिनी वाइनाल्डमको हेड गोलबाट लिभरपुल खेलमा […]

January 31, 2017

अल्ट्रा धाविका मिरालाई वि विल राइजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– हालै नेसनल जियोग्राफी च्यानलको ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड जितेकी अल्ट्रा धाविका मिरा राईलाई वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले सम्मान मंगलबार गरेको छ । फाउन्डेसनले मिरालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ को अवार्ड जित्दै नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका […]

January 31, 2017

आर्मी झापा गोल्ड कप फुटबलको सेमिफाइनलमा

दिपक बोहोरा झापा – विभागिय टोली त्रिभुवन आर्मी क्लब झापामा जारी दोस्रो रमपक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन्लमा पुगेको छ । झापाको डोमालाल रंगशालामा मंगलबार रुपन्देही ११ लाई २–० ले हराउँदै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा राष्ट्रिय टोलीका स्ट्राइकरद्वय नवयुग श्रेष्ठ र भरत खवासले गोल […]

January 31, 2017

डिपिएललाई जगशक्तिको सात लाखको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा चैत ५ देखि १९ सम्म हुने धनगढी प्रिमियर लिगले जगशक्ति टि.एम.टि बार को साथ पाएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जगदम्बा इन्टरप्राइजेज प्रा.लि. को उत्पादन जगशक्ति टि.एम.टिले डिपिएललाई नगद रु. ७ लाख प्रायोजन गर्ने जानकारी दिइयो। यससंगै अब प्रतियोगिताको […]

January 31, 2017

चेल्सी र लिभरपुल भिड्दै

एजेन्सी – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने खेलमा शिर्षस्थानमा रहेको चेल्सी र विगत केहि खेलमा कमजोर प्रदर्शन गरिरहेको लिभरपुल आमने सामने हुँदैछन। प्रिमिएर लिगको पछिल्लो तिन खेलमा जित हात पार्न असफल रहेको लिभरपुल गत सातामात्र लिग कप र एफए कप बाट बाहिरिएको थियो। लिभरपुलको कमजोर प्रदर्शनलाइ साडियो मानेको अनुपस्थितिसंग पनि जोडेर हेरिएको छ। […]

January 31, 2017

झापा गोल्डकपमा आर्मीले रुपन्देहीको सामना गर्दै

दिपक बोहोरा झापा –झापामा जारी दोश्रो रमपम झापा गोल्डकप अन्तरगत मंगलबार हुने खेलमा आज बिभागीय टोली त्रिभुवन आर्मी क्लबले रुपन्देही ११ गर्दैछ । पछिल्लो समय निकै राम्रो लयमा रहेको आर्मीविरुद्ध रुपन्देहिलाई जित निकाल्न कठिन हुने अनुमान गर्न सकिन्छ । टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मी गत साता आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको थियो । आहामा आर्मी […]

Success

Thank you for your time.