default_image

breaking big news

August 16, 2025

रोमान्चक खेलमा लिभरपुलको विजयी सुरुवात

एजेन्सी – लिभरपुलले आफ्नो प्रिमियर लिग उपाधि रक्षा अभियान जितबाट सुरु गरेको छ। बराबरीतर्फ उन्मुख शुक्रवारको खेल अन्त्यमा लिभरपुलले बोर्नमाउथलाई ४-२ ले हराएको थियो।जुलाइमा कार दुर्घटनामा ज्यान गुमाएका डिजगो जोटा र उनका दाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो ।  २०औँ मिनेटमा ताली बजाएर उनीहरुलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो […]

August 15, 2025

राष्ट्रिय टोलीका ४ खेलाडीसहित यु-२३ टोली छनोट

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपालको अन्तिम टोली सार्वजनिक गरिएको छ। प्रमुख प्रशिक्षक नविन न्यौपानेले २३ सदस्यीय टोली घोषणा गरेका हुन्। न्यौपानेले राष्ट्रिय टोलीका ४ खेलाडी आयुष घलान, कृतिश रत्न छुन्जु , निराजन धामी र सुमित श्रेष्ठ सहित टोली घोषणा गरेका हुन्। टोलीमा गोलकिपरमा कृशाल मोक्तान, अमित टमाटा […]

August 15, 2025

टप एन्ड टि ट्वान्टी – नेपाल पहिलो खेलमै पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टप एन्ड टि ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिएस) सँग ४२ रनले पराजित भएको छ। अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो। नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा […]

August 15, 2025

फ्यान्टसी प्रिमियर लिगमा टिम बनाउनु भयो त?

विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन थालेको छ । […]

August 15, 2025

मधेश युनाइटेडको जर्सी सार्वजनिक,इडब्लुभिएलको ट्रफी वीरगंजमा अनावरण

वीरगंज (हाम्रो खेलकुद)- मधेश स्पोर्टस प्रा.लिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ट्रफी वीरगंजमा बिहीवार अनावरण गरेको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् । मेयर सिंहले मधेश युनाइटेडले इडब्लुभिएलको दोस्रो संस्करणमा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरे। उनले टोलीकी मार्की प्लेयर […]

August 15, 2025

राष्ट्रिय टोलीका ४ खेलाडी बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- यो वर्ष सहिद स्मारक ए डिभिजन लिग भएको खण्डमा राष्ट्रिय टोलीका कम्तिमा ८ खेलाडीलाई देख्न पाइने छैन। बिहिवारसम्म ८ खेलाडीले यो सिजन बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका छन्। राष्ट्रिय टोलीका […]

August 14, 2025

सलहेस ताप्लेजुङ गोल्ड कपको फाइनलमा

दिपक बोहरा, ताप्लेजुङ विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेस युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानुजन माविको मैदामा आज भएको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० हराउँदै सलहेस उपाधि नजिक पुगेको हो । सलहेस साविक उपविजेता टोली हो। सलहेसको फाइनल यात्रामा दुवै गोल अफ्रिकन खेलाडी युसुफ मलिकले गरे । १३औँ […]

August 14, 2025

एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा भएको बताइएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीवार पत्रकार सम्मेलनमार्फत शुक्रवार सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको पावरलिफ्टिङ प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० […]

August 14, 2025

डिएभीलाई आरआरए क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले […]

August 14, 2025

पिएसजी सुपर कप च्याम्पियन

एजेन्सी – खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४-३ ले हराउँदै युइएफए सुपर कप जितेको छ । स्पर्स खेलको ८४औँ मिनेटसम्म २-० ले अगाडि थियो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो । तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल […]

Success

Thank you for your time.