August 8, 2025
एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो। च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ। […]
August 8, 2025
एजेन्सी – हेरी केनले पूर्व क्लब टोटनहम हट्स्परविरुद्ध गोल गरेको प्रि सिजन मैत्रीपूर्ण खेलमा बायर्न म्युनिख ४-० ले विजयी भएको छ। पेनाल्टी मिस गर्दै बायर्न म्युनिखलाई एलियान्ज एरिनामा बिहीवार खेलमा केनले पेनाल्टीमा अर्को गोल गर्ने मौका चुकाए। इङ्ग्ल्यान्डका स्ट्राइकर केनले माइकल ओलीसको लामो पास नियन्त्रण गर्दै १२ औं मिनेटमा बायर्नको लागि पहिलो गोल गरे। तर […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले दोस्रो संस्करणको लागि टिक टकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रुपमा घोषणा गरेको छ। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् । ‘हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रुपमा मनाउन, […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। नेपाल एकै पटक १३ स्थान माथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा) बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ८७औं स्थानमा रहेको छ । यसअघि नेपाल एक सयौं स्थानमा थियो। ८ वर्ष अघिको वरीयता नेपालको यसअघि उच्च वरीयता थियो। सन् २०१७ को […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को छ। खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएकोले टोलीको खेल र प्रतिस्पर्धाको भाव दर्साउने मधेश युनाइटेडले जनाएको छ। इन्फिनिटी ड्रिम्सको […]
August 7, 2025
एजेन्सी – इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ। पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो। रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३-१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ। लुइस सुआरेजले आक्रमणतर्फको जिम्मेवारी सम्हाल्ने क्रममा […]
August 7, 2025
एजेन्सी – लस एन्जल्स (एलए) एफसी आफ्नो पहिलो रोजाइ नभएको तर क्लबका अध्यक्षसँगको कुराकानीपछि विचार परिवर्तन गरेकोसन ह्युंग मिनले बताएका छन्। एलएएफसीले टोटनहमका पूर्व कप्तान सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ बताइएको छ । जुन मेजर लिग सकर (एमएलएस) को अहिलेसम्मकै सबैभन्दा ठूलो शुल्क हो। उनको दुई वर्षको सम्झौतामा थप दुई वर्षको […]
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिवार कांस्य पदकमा सीमित भएका छन् । पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसंग ५–० ले पराजित भएपछि कांस्य पदकमा सीमित भएका हुन् । एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका […]
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् । विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो । आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका […]