default_image

breaking big news

August 5, 2025

एनपिएल २ अक्सन : ३७ खेलाडीमा मात्र बोली लाग्ने !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन यसै साता हुनेछ। यस पटकको अक्सनलाई मिनी अक्सनको नाम दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार मिनी अक्सनमा सहभागी हुन ४ सय ५८ जनाले नाम दर्ता गराएका छन् । लिगमा सहभागी ८ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक समितिले तयार गरेको […]

August 5, 2025

नेपालसँग खेल्ने बंगलादेश ‘ए’ को टोली घोषणा

एजेन्सी – अस्ट्रेलियामा हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने बंगलादेश ‘ए’ को टोली घोषणा भएको छ । बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले सोमवार प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको हो । नुरुल हसन सोहनको कप्तानीमा घोषित टोलीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका धेरै खेलाडी अटाएका छन् । टोलीमा बंगलादेशका […]

August 5, 2025

अञ्जन सम्मिलित कश्मीरको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी डुरान्ड कपमा विजयी भएको छ। खुमन लम्पाक रंगशालामा सोमवार कश्मीरले ट्राउ एफसीलाई २-१ ले पराजित गरेको हो । रियल कश्मीरको जितमा मरात तारेक र रोहेन सिंहले गोल गरे । ट्राउका अफ्रिदी बुइमायुमले गोल गरे। खेलको २४औं मिनेटमा तारेकले रियल कश्मीरलाई […]

August 4, 2025

पलेशा र विजयलाई हाम्रो खेलकुद वर्ष खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदले दशौं वार्षिकोत्सवको अवसरमा आयोजना भएको अवार्ड समारोहमा पलेशा र विजय उत्कृष्ट खेलाडी घोषित भएका हुन् । स्थापनाको दश वर्ष पूरा भएको अवसरमा हाम्रो खेलकुदले वर्ष खेलाडी अवार्ड तथा हाम्रो खेलकुद कन्क्लेभ आयोजना गरेको थियो […]

August 4, 2025

टप इण्ड सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा अर्को साता सुरु हुने टप इण्ड टि ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन् । स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजका टोलीमा रहेका किरण […]

August 4, 2025

एक दशक, एउटै विश्वास – नेपाली खेलकुदका लागि सधैं ‘हाम्रो खेलकुद’

यो वर्ष, हाम्रो खेलकुद डटकमले आफ्नो यात्रा सुरु गरेको एक दशक पूरा गरेको छ । नेपाली खेलकुद पत्रकारितामा समर्पित एउटा अनलाइन मिडिया भनेर हामीले थालनी गर्दा, डिजिटल माध्यममा खेलकुदका कुरा लेख्ने, पढ्ने, हेर्ने, सुन्ने र विश्वास गर्ने बानी नेपाली समाजमा विकसित हुँदै थियो। आज, हामी यहाँ छौं-  हजारौं समाचार, फोटो तथा भिडियो सामग्रीहरु, दर्जनौं प्रतियोगिताको प्रत्यक्ष […]

August 3, 2025

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप का लागि नेपाली यु–२० महिला रग्बी टोली घोषणा गरेको छ । भारतमा साउन २४ देखि २७ गतेसम्म एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ । यसै च्याम्पियनसिप का लागि रग्बी संघले आइतबार १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो । […]

August 3, 2025

एसियन कुराश च्याम्पियनसिप- प्रशान्तले जिते पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी प्रशान्त राईले  दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्। दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी  प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर -४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए। एसियाली कुराश महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा […]

August 2, 2025

न्युजेन एकेडेमीका खेलाडीले हिरोज तेक्वान्दो कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन तेक्वान्दो एकेडेमीका खेलाडीले अर्को साता मलेसियामा हुने सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। एकेडेमीका सम्राज्ञी क्षेत्री, रायन अर्याल, रिया अर्याल, स्वामिक महतरा र विष्णु महतरा सहित ५ सदस्यीय टोली प्रशिक्षक सुप्रेम गुरुङको नेतृत्वमा प्रतियोगितामा सहभागी हुनेछ। प्रतियोगिता साउन २२ गते सुरु हुनेछ। खेलाडी तथा अफिसियललाई आज दक्षिण एसियाली […]

August 2, 2025

आर्मी र लद्दाखको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लद्दाख फटबल क्लबसँग बराबरी खेलेको छ । जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्समा आज आर्मी र लद्दाख खेल १-१ को बराबरीमा सकिएको हो । समूह ‘सी’ मा रहेको आर्मीले पहिलो अंक जोडेको हो । आर्मीका लागि निराजन धामीले गोल गरे […]

Success

Thank you for your time.