default_image

breaking big news

July 29, 2025

रिएले कप फुटबल यसै महिना

भक्तपुर (हाम्रो खेलकुद)-  ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’  हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) सुरु हुने भएको हो। प्रतियोगिताका सबै मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा […]

July 29, 2025

सीताको वरीयता यथावत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य सिता राना मगर टि ट्वान्टी आईको अलराउण्डर वरीयतामा यथावत रहेकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयतामा सीताको वरीयता ६९औं स्थानमा यथावत रहेकी हुन् । त्यस्तै अलराउण्डर तर्फ नै कप्तान इन्दु बर्मा, रुविना क्षेत्री र पुजा महतोको वरीयता भने समान १ […]

July 28, 2025

लुम्बिनीमा एक वर्षपछि खेलकुद मन्त्री नियुक्त

सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेशमा सरकार गठन भएको एक बर्षपछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। वर्तमान सरकार गठन भएको १ बर्ष ५ दिन पूरा भएपछि साउन १२ गते युवा तथा खेलकुद मन्त्रीमा सन्तोषकुमार पाण्डे नियुक्त भएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्ष अगाडि सरकार गठन हुँदा आफैले राखेको सो मन्त्रालयमा लोकतान्त्रिक समाजवादी […]

July 28, 2025

डियाज बायर्न जाने पक्का

एजेन्सी – लुइस डियाज बायर्न म्युनिख जाने पक्का भएको छ ।  जर्मन च्याम्पियन क्लबले लिभरपुलसँग एड-अनसहित ७५ मिलियन युरो बराबरको सम्झौता गरेपछि डियाज जाने निश्चित भएको हो । यसअघि बायर्नले कोलम्बियाली फरवार्डका लागि ५८.६ मिलियन पाउण्डको सुरुवाती प्रस्ताव राखेको थियो । त्यसलाई जुन लिभरपुलले अस्वीकार गरेको थियो। २८ वर्षीय डियाजलाई लिभरपुलले शनिवार हङकङमा भएको एसी […]

July 28, 2025

यु-२० टोलीको घोषणा, एक खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा हुने एएफसी महिला यु–२० एसियन कपको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली नेपाली युवा टोली घोषणा गरेका हुन् । बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टोलीमा रहेकी झुमा विश्वकर्मालाई बाहेक सबै निरन्तरता दिएको छ। झुमाको ठाउँमा सजिना स्याङ्तानलाई […]

July 28, 2025

इङ्ग्ल्याण्ड युरो च्याम्पियन

एजेन्सी – इङ्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ। स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो। निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो। युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको […]

July 27, 2025

इङ्ल्याण्डविरुद्धको टेस्टमा भारत पछाडि

एजेन्सी – इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको पाँचौं तथा अन्तिम दिनको खेल बाँकी रहँदा भारत १ सय ३७ ले पछाडि छ। म्यानचेस्टर भारतले दोस्रो इनिङमा २ विकेटको क्षतिमा १ सय ७४ रन बनाउँदा शनिवार चौथो दिनको खेल समाप्त भएको थियो। पहिलो ओभरमा नै २ विकेट गुमाएर संकटमा परेको टोलीका कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका […]

July 26, 2025

एनपिएल २ – खेलाडी अक्सन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यसै महिना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलको अक्सन साउन २४ मा हुने जनाएको हो । क्यानका अनुसार असार २८ देखि साउन ६ गतेसम्म ४ सय ५८ खेलाडी अक्सनका लागि […]

July 26, 2025

डेबिडको कीर्तिमानी शतकमा अस्ट्रेलियाको जित

एजेन्सी – टिम डेबिडको कीर्तिमानी शतकमा पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजलाई तेस्रो टि ट्वान्टी आईमा पनि हराएको छ । सेन्ट किट्स एण्ड नेभिसमा शनिवार बिहान सकिएको खेलमा अस्ट्रेलियाले ६ विकेटले जित हात पार्यो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आई सिरिज दुई खेल अगावै ३-० ले जितेको छ । २ सय १५ रनको विशाल लक्ष्य अस्ट्रेलियाले […]

July 25, 2025

नेपाली टोलीलाई डाना कपको यु १४ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए। […]

Success

Thank you for your time.