default_image

breaking big news

July 25, 2025

नेपाली टोलीलाई डाना कपको यु १४ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोली डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ। एजी टेनका अनिल गुरुङका अनुसार केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको हो। फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए। […]

July 25, 2025

पल्सर स्पोर्ट्स अवार्ड पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद)- ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ यो वर्ष भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो।   अवार्डको आयोजनाका लागि आज आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्बन्धि सम्झौता भयो। संझौता पत्रमा […]

July 25, 2025

पुलिस शीर्षस्थानमा अग्रता बढाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगको अंक तालिकामा विभागीय टोली नेपाल पुलिस क्लबले अग्रता बढाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा श्री भगवती क्लबलाई ३-० ले हराउँदै पुलिसले शीर्ष स्थानको अग्रता ४ अंक बनाएको हो । जितपछि पुलिसको २२ अंक पुगेको छ। दोस्रो स्थानको संकटा क्लबको १९ अंक छ । पुलिसको […]

July 25, 2025

मनाङले हिमालयन शेर्पालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिग मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गर्यो । मनाङको जितमा प्रकाश सिंहले २ तथा रोहन थापा मगर र सन्देश तामाङले समान १ गोल गरे । हिमालयन शेर्पाका जेनिल सुब्बा र सन्गि शेर्पाले गोल […]

July 24, 2025

आर्मी जमशेदपुरसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी रहेको डुरान्ड कपको पहिलो खेलमा जमशेदपुर एफसीसँग हार बेहोरेको छ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको समूह सि को पहिलो जमशेदपुर फुटबल क्लबले आर्मीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जमशेदपुरको जितमा सार्थक, मनविर र निखिलले समान १ गोल गरे । आर्मीका […]

July 24, 2025

रासफोर्ड बार्सिलोनामा आबद्ध

एजेन्सी – मार्कस रासफोर्ड सिजनभरको लोनमा ला लिगा क्लब बार्सिलोनामा पुगेपछि आफू घरमै जस्तो महसुस भइरहेको बताएका छन्। २७ वर्षीय इङ्लिस फरवार्ड म्यानचेस्टर युनाइटेडबाट सुरुवाती रुपमा १२ महिनाको लोन सम्झौतामा बार्सिलोनाम पुगेका हुन्। बार्सिलोनाले सन् २०२६ मा ३५ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि राखेको छ।ग्यारी लिनेकरपछि बार्सिलोनाले अनुबन्ध गरेको उनी पहिलो […]

July 24, 2025

स्पेन युरोको फाइनलमा

एजेन्सी – स्पेन युइएफए महिला युरो फाइनलमा पुगेको छ। ऐताना बोनमाटीको अतिरिक्त समयमा गरिएको गोलले जर्मनीलाई १-० ले हराउँदै स्पेन युरोको उपाधि नजिक पुगेको हो। स्पेनले इंग्ल्यान्डसँग फाइनल खेल्नेछ। पछिल्लो विश्व कप यीनै दुई टोलीले प्रतिस्पर्धा गरेका थिए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। दुईपटक बलन डि’ओर जितेकी बोनमाटीले १ सय १३औं मिनेटमा […]

July 23, 2025

च्याम्पियन्स लिगमा हेल्प नेपाल कास्य जित्न सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि आज भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो । हेल्प नेपाल पहिलो तथा दोस्रो सेटमा विजयी भएको थियो । तेस्रो सेटमा हार बेहोरेको हेल्प नेपालले चौथो […]

July 23, 2025

रसेलको अन्तिम खेलमा अस्ट्रेलियाको सहज जित

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाले सहज जित हासिल गरेको छ । जमैकामा बुधवार भएको दोस्रो टि ट्वान्टी आई खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिज ८ विकेटले हरायो। जितसँगै अस्ट्रेलियाले ५ टि ट्वान्टी सिरिजमा २-० को अग्रता बनाएको छ । १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १५.२ ओभरमा २ विकेट […]

July 23, 2025

इंग्ल्याण्ड युरोको फाइनलमा

एजेन्सी – साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ। फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २-१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो। मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन्। अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको […]

Success

Thank you for your time.