July 20, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी रोहित तामाङले अस्ट्रेलियाको न्युक्यासलमा तेक्वान्दो एकेडेमी स्थापना गरेका छन् । पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ५ पटकका राष्ट्रिय च्याम्पियन रोहितले करिव एक महिनाअघि न्युक्यासलमा गुर्खाज तेक्वान्दो एकेडेमीको स्थापना गरेका हुन् । हाल एकेडेमीमा १३ जनाले प्रशिक्षण लिइरहेका छन् । यसअघि जीवन श्रेष्ठले सन् २०२० मा सिड्नीमा यो एकेडेमीको स्थापना […]
July 20, 2025
एजेन्सी – जर्मनी युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै जर्मनी युरो २०२५ को अन्तिम चारमा पुगेको हो। ८ पटकको च्याम्पियन जर्मनी खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। क्याथ्रिन हेन्डरिचले ग्रिज एमबोकको कपाल तानेर पेनाल्टी बक्सभित्र फाउल गरिन्। भिएआरको जाँचपछि हेनमडरिचले सिधै रातो कार्ड पाएकी थिइन्। फ्रान्सले […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्। उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो। उज्वेकिस्तानबाट […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रशिक्षणमा रहेको राष्ट्रिय यू-२३ फुटबल टोलीलाई ४० बाट ३२ खेलाडीमा सिमित गरिएको छ। टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले विभिन्न चरणपछि खेलाडी छनोटको संख्या ३२ मा ल्याएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोली आगामी एएफसी यू-२३ एसियाली कप छनोटको तयारीमा जुटिरहेको छ। प्रतियोगिता सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुनेछ। […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा निरिह भुटानलाई ८-० गोल अन्तरले हराएको छ। नेपालको यो चौथो जित हो। ५ खेलमा नेपालले १२ अंक बनाएको छ। उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ। बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगको आफ्नो तेस्रो खेलमा पहिलो हार बेहोरेको छ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा आज दोस्रो खेलमा हेल्प नेपालले कीर्गिस्तानको क्लब बिस्केक कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। दुई पटक खेलमा पछि परेर पनि खेलमा फर्केएको हेल्प नेपाल पाँचौं सेटमा गएर पराजित […]
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले भुटान विरूद्ध ६-० को अग्रता बनाएको छ । बङ्गलादेशमा जारी खेलमा पुर्णिमा राईले पहिलो हाफमै ह्याट्रिकको सफलता प्राप्त गरिन् । मिना देउवाले दुई र समिक्षा मगरले एक गोल गरे । नेपालले खेल सुरू भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई […]
July 19, 2025
एजेन्सी – स्पेन २८ वर्षपछि युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक स्विट्जरल्यान्डलाई २-० ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो। स्पेनले अहिलेसम्म महिला युरो जितेको छैन। विश्व च्याम्पियन स्पेनले बर्नमा जित निकाल्न संघर्ष गर्नुपर्यो। पहिलो हाफमा स्विसको कडा रक्षापंक्तिलाई भत्काउन स्पेनिस खेलाडीले सफल भएनन् । स्पेनले दुई पटक पेनाल्टीबाट गोल गर्न चुकेको […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले भारतको हरियाणामा हुने दोश्रो महिला कबड्डी विश्वकपमा भाग लिने भएको छ। नेपाली टोली १४ खेलाडीसहित १८ सदस्यीय छ । प्रतियोगिता साउन १८ गते देखि २५ गते (अगष्ट ३ देखि १०) सम्म हरियाणाको मोरमाजरामा हुनेछ । टोलीको खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा […]
July 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् । केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव […]