default_image

Countdown

June 7, 2019

एपीएफलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सेमिफाईनल खेलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित […]

May 30, 2019

फुटबल टोली आज मलेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– दुई वटा मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली आज साँझ मलेसिया प्रस्थान गर्दैछ । नेपालले मलेसियासँग आइतबार र त्यसपछि जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेल्ने लागेको हो । जोहान कालिनले प्रशिक्षण सम्हालेयता नेपालको यो दोस्रो विदेश भ्रमण हो । यसअघि नेपालले कुँवेत दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । […]

May 25, 2019

भारतमाथि न्युजिल्यान्डको सहज जित

एजेन्सी – एकदिवसिय विश्वकप अघि वार्मअप खेलमा न्युजिल्यान्डले भारतमाथि ६ विकेटको सहज जित निकालेको छ । १ सय ८० रनको लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८७ बलमा ६ चौका र १ छक्का सहित ६७ रनको योगदान दिए । रोश टेलरले ७५ बलमा ८ चौका प्रहार […]

May 14, 2019

एन्फा बैठक आज- को बन्ला एन्फा वरिष्ठ उपाध्यक्ष ?

काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष चयनको विषयले अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्न लागेको केन्द्रिय कार्यसमिति बैठकमा आज टुंगाउने सम्भावना देखिएको छ । एन्फा बैठक पार्क भिलेजमा बस्दैछ । कार्यसमिति निर्वाचित भएको १ वर्ष नाघिसक्दा पनि एन्फाले वरिष्ठ उपाध्यक्षको टुंगो लगाउन सकेको छैन । एन्फा कार्यसमितिको निर्वाचन गत वर्ष वैशाख २२ गते भएको […]

May 12, 2019

झापा र च्यासलबीचको खेल स्थगित, बाँकी १४ मिनेट भोली खेलाइने

भरतपुर (हाम्रो खेलकुद) – खराब प्रकाशका कारण सिएमएस भरतपुर गोल्डकपमा आइतबार झापा ११ र च्यासलबीचको क्वार्टरफाइनल खेल १४ मिनेट अघि नै स्थागित भएको छ । झापाले २–१ को अग्रता लिएको खेलमा अध्यारो भएपछि खेल रोक्नु परेको थियो । बाँकी १४ मिनेटको खेल त्यहि स्कोरबाट सोमबार बिहान खेलाइने बताइएको छ । सन्जोग राईको गोलबाट झापाले पहिलो […]

May 9, 2019

चितवन भरतपुर गोल्डकपको अन्तिम आठमा

विनोदबाबु रिजाल भरतपुर –विदेशी खेलाडी पेत्गा बोबोको ह्याट्रिक मद्दतले घरेलु टोली चितवन ११ नारायणगढको क्याम्पाचौरमा जारी सीएमएस भरतपुर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा नुवाकोट ११ विरुद्ध ४–० को जित निकाल्दै चितवन अन्तिम आठमा पुगेको हो । चितवनका तर्फबाट अर्को एक गोल भुवन बस्नेतले गरे । ह्याट्रिक गरेका बोबो म्यान अफ दी […]

May 8, 2019

एलिमिनेटरमा हैदरावाद र दिल्ली भिड्दै,सन्दीपको संभावना न्यून

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) एलिमिनेटेर खेलमा आज साँझ दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे हैदरावादको वैकल्पिक घरेलु मैदान विशाखापट्नममा सुरु हुने छ । आजको विजेता टोलीले चेन्नई सुपरकिंग्ससँग फाईनल प्रवेशको लागि शुक्रबार दोस्रो क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले पराजित […]

April 29, 2019

वार्नरको अर्ध शतकमा हैदरावादको विशाल योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनायो । हैदरावादलाई विशाल योगफल तयार पार्न जारी […]

April 16, 2019

हार्दिकको अलराउन्ड प्रदर्शनसँगै बेंगलोर पराजित

एजेन्सी – हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई […]

April 4, 2019

फिफा वरीयतामा नेपाल यथास्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरीयतामा नेपाल यथास्थानमा रहेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल यथास्थान १६१ औं स्थान रहेको हो । दक्षिण एसियामा भारत शीर्षस्थानमा रहेको छ । भारतले दुईस्थान सुधार गर्दै १०१औं स्थानमा उक्लिएको छ । माल्दिभ्स एक स्थान सुधार गर्दै १५१औं स्थानमा रहेको छ । […]

Success

Thank you for your time.