default_image

आइपिएल

June 2, 2025

फाइनल पुग्न पञ्जाबलाई विशाल लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल पुग्नका लागि मुम्बई इण्डियन्सले पन्जाब किंग्सलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन बनाएको छ । मुम्बईका सूर्यकुमार यादवले र तिलक […]

June 1, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पन्जाब किंग्सले टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा पन्जाबका कप्तान श्रेयस एय्यरले टस जितेर फिल्डिङ रोजेका छन् । अब मुम्बईले पहिला ब्याटिङ गर्नेछ। पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँग पराजित पन्जाबले इलिमिनेटरको विजेता मुम्बईको सामना गर्न लागेको हो । इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले दोस्रो […]

June 1, 2025

आइपिएल – फाइनल प्रवेशका लागि मुम्बई र पञ्जाब खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल प्रवेशका लागि मुम्बई इण्डियन्स र पञ्जाब किंग्स खेल्दैछन् । आइपिएलको दोस्रो क्वालिफायरमा ५ पटकको च्याम्पियन मुम्बईले पहिलो पटक उपाधिको खोजीमा रहेको पञ्जाबको सामना गर्दैछ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाब र मुम्बईबीचको खेल नेपाली समयअनुसार आइतबार साँझ ७ः४५ बजे सुरु हुदैछ । गत शुक्रवार भएको इलिमिनेटर खेलमा […]

May 31, 2025

नेपाल र स्कटल्याण्ड ‘ए’ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड पुगेको नेपाली टोलीले स्कटल्याण्ड ‘ए’ सँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो । बिहीवारको पहिलो अभ्यास खेलमा नेपाल १ सय २ रनले पराजित भएको थियो । नेपालले यसअघि […]

May 31, 2025

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली पाकिस्तानले बंगलादेशविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आई शुक्रवार ५७ रनले जितेपछि घरेलु टोलीले ३ खेलको सिरिजमा २-० ले अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभरमा १ सय ४४ रनमा समेटियो । बंगलादेशका तान्जिम हसन शाकिबले अर्धशतक […]

May 31, 2025

मुम्बई दोस्रो क्वालिफायरमा

एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले‌ दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ […]

May 30, 2025

मुम्बईद्वारा गुजरातलाई विशाल लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको छ । न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । मुम्बईका रोहित शर्माले ८१ रनको अर्धशतकीय इनिङ खेले […]

May 30, 2025

इलिमिनेटर खेलमा मुम्बईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा गुजरात टाइटन्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर ब्याटिङ रोजेका हुन् । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् । यो सिजनमा मुम्बई र गुजरात तेस्रो पटक आमने सामने […]

May 30, 2025

आइपिएल – इलिमिनेटरमा मुम्बई र गुजरात खेल्दै

एजेन्सी – भारतमा जारी १८औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज इलिमिनेटर खेल हुदैछ । आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् । न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् […]

May 29, 2025

आरसिबी आइपिएलको फाइनलमा

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।‌पञ्जाब किंङ्सलाई ८ विकेटले हराउँदै आरसिबी फाइनलमा पुगेको हो। जितको लागि १ सय २ रनको लक्ष्य आरसिबीले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर फि साल्ट अविजित ५६ रनमा रहे । उनले मात्र २७ बल खेल्दै ६ चौका र ३ […]

Success

Thank you for your time.