default_image

क्रिकेट

March 5, 2017

केन्याविरुद्ध खेल्ने क्रिकेट टोलीको घोषणा

काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी फाल्गुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले स्थान बनाएका छन। केन्याविरुद्ध हुने दुइ खेलको तयारीका लागि नेपाली टोलीले भर्खरै भारतमा तीन अभ्यास खेल खेलेको […]

March 4, 2017

दोश्रो टेष्टमा भारतको खराब सुरुवात

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारि टेष्ट सिरिजको दोश्रो टेष्ट अन्तर्गत पहिलो दिन अष्ट्रेलियाले पहिलो टेष्टको लयलाई कायम राख्दै उत्कृष्ट सुरुवात गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको भारतले पहिलो इनिङमा मात्र १८९ रन जोड्न सक्यो। ओपनर लोकेश राहुलले ९० रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन सकेनन्। पहिलो टेष्टबाट २ खेलाडी परिवर्तन […]

March 4, 2017

अस्ट्रेलियामा जगजितको टोलीको पहिलो हार

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लबले भिक्टोरिया नेसनल प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । सनसाइन शनिबार डान्डेनोङ सिटीसँग १–० ले पराजित भएको जगजितले हाम्रो खेलकुदलाई जानकारी दिए । यसअघिका चार खेलमा सनसाइन अपराजित थियो । पछिल्ला दुई खेल जितेको सनसाइतले सुरुआत दुई खेलमा भने बराबरी […]

March 2, 2017

नेपालको लगातार दोश्रो जित

नोयडा (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको  नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा नोयडा वोन्डर्स विरुद्ध ४० रनको जित हात पारेको छ। विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपालले यसअघी खेलेका दुइ अभ्यास खेलमा १ जित र १ हार व्येहोरेको थियो। पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित […]

March 1, 2017

कप्तान पारस राष्ट्रिय स्वयम सेवकको सद्भावना दूत

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम सेवक नेपालको सद्भावना दूतमा नियुक्त गरेको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयम सेवक युवाहरुलाई सक्रिय बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वयम सेवक नेपाल गठन गरेको थियो । प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्वासमा सहयोगका लागि एक लाख स्वयमसेवक युवाहरुको सञ्जाल विस्तार गर्ने […]

February 28, 2017

भारत भ्रमणमा रहेको नेपाली टोलीको जित [फोटो फिचर]

नोयडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली हाल विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारतमा छ। आइतबार भएको पहिलो खेलमा राजवडासंग ४७ रनको हार व्यहोरेको नेपालले मंगलबार दोश्रो अभ्यास खेलमा भने ८३ रनको जित हात पार्यो। उक्त खेलमा रमन शिवाकोटीले खिचेका केहि तस्बिर:

February 28, 2017

दोश्रो अभ्यास खेलमा नेपालको जित

नोयडा (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबलाइ ८३ रनले पराजित गरेको छ। पहिलो खेलमा राजवडासंग ४७ रनको हार व्यहोरेको नेपालले आज सुधारिएको प्रदर्शन गरेको थियो। पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ७ […]

February 27, 2017

सुपर ओभरमा रुस्लान पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटमा जारी कर्पोरेट क्ल्यास २०१७ अन्तर्गत सोमबार भएको खेलमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले रुस्लानलाइ सुपर ओभरमा पराजित गरेको छ। टस जितेर पहिलो रुस्लानले एन.एल.आई.सीलाइ ब्याटिङको निम्तो दिएको थियो। कप्तान गोकुल झाको १९ रनको मद्दतले एन.एल.आई.सीले १२ ओभरमा ५ विकेट गुमाउदै ७९ रन जोड्यो। उसका लागि किशोर कुमार तकछे […]

February 26, 2017

प्रशिक्षकका रुपमा बस्न्यातको छलाङ

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट प्रशिक्षक राजु बस्न्यातले दक्षिण कोरियाली क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुलाई नेपाली क्रिकेटकै सफलतासँग जोडेर हेरेका छन् । ‘सामान्य अर्थमा हेर्दा यो मेरो सफलता जस्तो देखिन सक्छ । तर मैले यसलाई त्यसअर्थमा मात्र बुझेको छैन’ बस्न्यातले हाम्रो खेलकुदसँग भने,‘मैले कोरियामा राम्रो गर्न सके भने हाम्रो प्रशिक्षकहरुका लागि नयाँ ढोका खुल्न सक्छ । […]

February 26, 2017

भारतमा नेपालको पहिलो अभ्यास खेल [फोटो फिचर]

नोयडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको छ। आइतबार भएको पहिलो अभ्यास खेलमा नेपाली टोलीले राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोर्यो। उक्त खेलमा रमन शिवाकोटीले लिएका तस्बिरहरु तल छन्:

Success

Thank you for your time.