default_image

क्रिकेट

June 7, 2024

स्कटल्यान्डले नामिबियालाई हरायो

एजेन्सी – स्कटल्यान्डले आइसीसी टि२० विश्वकपको समूह चरणमा बिहीबार नामिबियालाई ५ विकेटले हराएको छ । ब्रिजटाउनमा १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै जित निकालेको हो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन बनाए । […]

June 7, 2024

पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित

डालास (हाम्रो खेलकुद)- सह आयोजक अमेरिकाले आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा बिहीबार पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन […]

June 6, 2024

भारतको आयरल्यान्डविरुद्ध सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो । आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा […]

June 5, 2024

दीपेन्द्रले स्कटिस लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्यान्डको टि१० लिग खेल्ने भएका छन् । स्कटिस सुपरटि१० खेल्ने पर्थ रोयल्सले दीपेन्द्रलाई अनुबन्ध गरेको हो । हाल विश्वकपमा व्यस्त उनी यसअघि क्यानडाको ग्लोबल टि२० र यूएईको आईएलटि२०मा पनि अनुबन्धित भएका थिए । प्रतियोगिता अगस्ट महिनामा स्कटल्यान्डको एबिरडिनमा आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले कुल ३४ […]

June 5, 2024

विश्व कपको पहिलो खेलमा नेपालको हार

डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाल मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर भेटायो । अन्तिम ३ ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि १९ रनको […]

June 4, 2024

नेदरल्याण्ड्स विरुद्ध नेपालको खराब ब्याटिङ प्रदर्शन 

डालास (हाम्रो खेलकुद) – नेदरल्याण्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ । अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनको सामान्य योगफलमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक […]

June 4, 2024

नेपालका दुवै ओपनर पेभेलियन फिर्ता 

डालास (हाम्रो खेलकुद) – नेपालका ओपनिङ्ग ब्याटरद्वय आसिफ शेख र कुशल भुर्तेल सस्तैमा पेभेलियन फर्किएका छन् । नेदरल्यान्ड्स विरुद्ध आइसीसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको हो । आसिफ दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा […]

June 4, 2024

सन्दिप जोरालाई बाहिर राख्दै नेपालको प्लेइङ-११ घोषणा

डालास (हाम्रो खेलकुद) – नियमित ब्याटर सन्दिप जोरालाई बाहिर राख्दै आईसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध आफ्नो पहिलो खेलमा प्लेइङ-११ सार्वजनिक गरेको छ । सन्दिप जोरा नखेल्दा विकेटकिपर अनिल साह टोलीमा अटाएका छन् । यस्तै कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई मुख्य स्पिनरको रूपमा खेलाउने […]

June 4, 2024

नेदरल्याण्ड्स विरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै

डालास (हाम्रो खेलकुद)– आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध टस हारेको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो । नेपालको टोलीमा नियमित खेलाडी सन्दीप जोरा सहित कमल सिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । […]

June 4, 2024

आउटफिल्ड भिजेका कारण नेपाल र नेदरल्याण्ड्स बीच टसमा ढिलाइ

डालास (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो । हाल मैदानमा वर्षा नभएपनि मैदानमा पानी रहेका कारण टसमा ३० मिनेट ढिलाइ हुने भएको हो । अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ […]

Success

Thank you for your time.