default_image

क्रिकेट

April 18, 2023

हैदराबादमाथि मुम्बईको जित

एजेन्सी – सर्वाधिक पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । मुम्बई तेस्रो जितसँगै अंक तालिकामा छैटौं औं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १ सय ७८ रनमा अल आउट […]

April 18, 2023

भरतपुर मेयरकप क्रिकेट – चितवन र भक्तपुर विजयी

राकेश तिमल्सिना, चितवन भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगितामा मंगलबार भक्तपुर र चितवन विजयी भएका छन् । भक्तपुरले मकवानपुरलाई ५ विकेट र चितवनले नुवाकोटलाई २३ रनले पराजित गर्यो । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर १ सय […]

April 18, 2023

माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने नेपालको सातौं मैदान

काठमाडौं (हाम्रो खेलकुद) – माथिल्लो मुलपानी क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्ने नेपालको सातौं मैदान बनेको छ । मंगलबार एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको यो नेपालको सातौं मैदान हो । यसअघि नेपालले उमेर समूह र सिनियरको […]

April 18, 2023

ग्रीनको अर्धशतकमा मुम्बईको बलियो योगफल

एजेन्सी – युवा ब्याटर क्यामरन ग्रीनको अर्धशतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २५ औं खेलमा सनराइजर्स हैदराबादलाई १ सय ९३ रनको बलियो लक्ष्य दिएको छ। हैदराबादको घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । मुम्बईका […]

April 18, 2023

माथिल्लो मुलपानी क्रिकेट मैदानको उद्धघाटन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेले माथिल्लो मुलपानी क्रिकेट मैदानको उद्धघाटन गरेका छन् । मंगलबार एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँगको खेलअघि पाण्डेले उद्धघाटन गरेका हुन् । पाण्डे अध्यक्ष हुँदा नै सुरु भएको उक्त मुलपानी झण्डै दुई दशकपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगता भएको हो । सन् २००८ मा क्यानले माथिल्लो […]

April 18, 2023

कुशल मल्ल बने प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर कुशल मल्ल एसिसी प्रिमियर कपमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ६ विकेटको सानदार जित दिलाउन उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्ल खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा […]

April 18, 2023

उपाधि दाबेदार नेपालको सानदार विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्ल र भीम सार्कीको उत्कृष्ट ब्याटिङमा उपाधि दाबेदार नेपालले एसिसी प्रिमियर कपमा मलेसियामाथि ६ विकेटको सानदार जित हात पारेको छ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा जितका साथ महत्वपूर्ण दुई अंक बटुलेको हो । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले […]

April 18, 2023

कुशलको उत्कृष्ट अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा अलराउन्डर कुशल मल्लले एसिसी प्रिमियर लिगमा मलेसियाविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१.४ ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको छ । कुशल मल्ल २८ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्रिजमा छन् । भीम […]

April 18, 2023

बाबरको सानदार शतकमा हङकङको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी बाबर हायतको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा सिंगापुरलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको समूह बी को पहिलो खेलमा हङकङले महत्वपूर्ण दुई अंक जोडेको हो । जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै […]

April 18, 2023

मलेसियाविरुद्ध नेपालको राम्रो ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर लिगमा मलेसियाले दिएको मध्यम लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ गरेको छ । जितको लागि २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल २२ बलमा ३ चौकासहित २२ रनमा क्रिजमा छन् । भीम सार्की ४० बलमा […]

Success

Thank you for your time.