default_image

क्रिकेट

April 3, 2025

हैदराबादले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध टस जितेको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेन्स हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर बलिङ रोजेका हुन् । कोलकाता र हैदराबाद दुवैले पछिल्लो खेलमा हार बेहोरेका थिए । दुवै टोली आज चौथो खेल खेल्दैछन् । हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित हुँदा कोलकाता मुम्बई इण्डियन्ससँग पराजित […]

April 3, 2025

संस्कार क्रिकेट लिगको तयारी अन्तिम चरणमा

धनगढी (हाम्रो खेलकुद)- धनगढी यसै महिनाको अन्त्यमा सुरु हुने टिम ११ संस्कार क्रिकेट लिग टि ट्वान्टी सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। गोदावरी नगरपालिका–८ स्थित संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलको आयोजनामा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चैत ३० देखि २०८२ वैशाख ७ गतेसम्म प्रतियोगिता सन्चालन हुँदैछ। संस्कार विद्याश्रमले बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी अन्तिम […]

April 3, 2025

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई पराजित गरेको छ । नेपाल यु-१९ ले बिहीवार भएको खेलमा १ सय ३० रनको हार बेहोरेको हो । अफगानिस्तानले ३ अभ्यास खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७० रन बनाउँदै […]

April 3, 2025

अफगानिस्तानद्वारा नेपाल यु१९ लाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई ३ सय १ रनको विशाल लक्ष्य दिएको छ । मुलपानीमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाएको छ । अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन […]

April 3, 2025

अफगानिस्तानविरुद्ध नेपाल यू-१९ बलिङमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको तयारीमा रहेको नेपाल यू१९ क्रिकेट टोलीले ३ खेलको अभ्यास सिरिजको पहिलो खेलमा अफगानिस्तानविरुद्ध पहिलो बलिङ गर्दैछ । अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । तीव्र गतिका बलरलाई सहयोग पुग्ने आँकलन गरिएको पिचमा नेपालले प्लेइङ-११ मा स्पिनरलाई प्राथमिकता दिएको छैन । नेपालको प्लेइङ ११: नरेन भट्ट (कप्तान), […]

April 2, 2025

बेंगलुरुमाथि गुजरातको जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे […]

April 2, 2025

गुजरातविरुद्ध बेंगलुरुको प्रतिस्पर्धात्मक योगफल

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ। बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा […]

April 2, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध गुजरात टाइटन्सले टस जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गुजरातका कप्तान शुभमन गिलले टस जितेर बलिङ रोजेका हुन् । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित […]

April 2, 2025

आइपिएलमा बेंगलुरु र गुजरात खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सका बीचमा खेल हुँदैछ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । बेंगलुरुले प्रतियोगिताको पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गरेको […]

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

Success

Thank you for your time.