November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभरमा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो। ६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ। लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने। जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।ओपनर प्रियंक पाञ्चल १२ […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा इरानसँग ३९-११ ले पराजित भएसँगै नेपाल अन्तिम चारमा पुग्न असफल रह्यो । नेपाललाई हराउने दुई टोली इरान र चाइनिज ताइपेइ समूह ‘बी’ बाट सेमिफाइनल पुगेका छन्। अर्को समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुगेका छन्। नेपालले समूहको […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितको १ सय ५७ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो। लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा […]
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिन आज कर्णाली याक्स र लुम्बिनी लायन्स खेल हुँदैछ। टस जितेर कर्णालीले बलिङ गर्ने निर्णय गरेको छ। सोमपाल कामीले टस जितेपछि लुम्बिनीले पहिले ब्याटिङमा उत्रनेछ। आज कर्णालीले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ। विल बोसिस्टो र विपिन प्रसाद शर्मालाई र सुरुवाती ११ मा स्थान […]
November 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। सुदूरपश्चिमले आज पोखरा एभेन्जर्सलाई १८ रनले हरायो। पोखराको यो लगातार दोस्रो हार हो।सुदूरपश्चिमको जितमा जस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारी, ब्राउनको विष्फोटक ब्याटिङ प्रमुख रह्यो। पोखराको लागि कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएपनि टोलीलाई जित […]
November 21, 2025
काठमाडौं(हाम्रो खेलकुद)-दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्सले पोखरा राइनोजलाई १ सय ९४ रनको चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन जोड्यो। ओपनर जस ब्राउन र विनोद भण्डारीले सानदार सुरुवात दिलाए। पहिलो दुई ओभरमा १८ रन बनाएको टोलीका […]
November 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा राइनोजबीच खेल हुँदैछ। पोखराले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रनेछ। पहिलो खेलमा पनि सुदरपश्चिमले पहिले ब्याटिङ गरेको थियो। आज पोखराले २ खेलाडी परिवर्तन गरेको छ। विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरिएको […]
November 21, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा ३ विभागीयसहितका क्लबहरुको सहभागिता रहनेछ । आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने सल्लाहकार संयोजक वीरबहादुर राईले बताए । प्रतियोगितामा नेपाल […]