February 9, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वप्रशिक्षक सुनोज भट्टाईलाई सम्मान गरेको छ । पवन अग्रवाललाई नेपाली क्रिकेटमा पुर्याएको योगदानलाई कदर गर्दै धनगढी क्रिकेट सम्मान पवनलाई प्रदान गरेको हो । पवनले आफूले प्राप्त गरेको १ लाख रुपैयाँ पुरस्कार राशी फाप्ला क्रिकेट मैदानलाई दिने बताएका छन् । त्यस्तै भट्टराइलाई […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लामो समयपछि रोकिएको तलब पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलपछि खेलाडीले एकमुष्ट २ वर्षको पारिश्रमिक पाउन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाडीको तलबका लागि १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ राखेपको खातामा पठाएको छ । […]
February 9, 2019
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)का लागि घरेलु टोली धनगढी स्टार्सले विदेशी खेलाडी परिवर्तन गरेको छ । यसअघि धनगढीले घोषणा गरेको भारतीय खेलाडी सागर त्रिवेदी नखेल्ने भएका छन् । धनगढीका कप्तान सोमपाल कामीका अनुसार भारतीय क्रिकेट बोर्डका कारण सागर नखेल्ने भएका हुन् । यसअघि धनगढीले विदेशी खेलाडीको रुपमा यूएईका […]
February 9, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ । फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा चल्ने प्रतियोगिताको विजेताले ३० लाख र उप विजेता टोलीले १२ लाख प्राप्त गर्ने छन् । यसक्रममा युवा खेलाडीले भरिएको सीवाईसी अत्तेरियाको लक्ष्य पनि उपाधि जित्नेनै रहेको छ । दिपेन्द्र सिंह ऐरी कप्तान रहेको […]
February 9, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण वर्षाका कारण दुई दिन पछि सरेको छ । अर्थात सोमबारदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १२ लाखमा चित्त बुझाउँदा तेस्रोले ४ र चौथो हुने टोलीले २ लाख पाउनेछन् । डिपिएलमा सहभागी ६ फ्रेन्चाइज टोलीमध्य काठमाडौं […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले भारतको भुवनेश्वरमा शनिबार सुरु हुने हिरो गोल्डकपको पहिलो खेलमा म्यानमारको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । फिफा वरियता हेर्ने हो भने म्यानमार नेपालभन्दा ६४ स्थान माथि छ । नेपाल १ सय ८ औं स्थानमा छ भने म्यानमार ४४ औं । एसियाली […]
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भारतमा शनिबार सुरु हुने हिरो गोल्डकप नेपालले सिक्ने अवसरका रुपमा लिने बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक खड्काले नेपालले साफ च्याम्पियनसिपको तयारीका रुपमा यस प्रतियोगितालाई हेरेको बताएका छन् । ‘हामी चार टोलीमध्ये सबैभन्दा कमजोर छौं । फिफाको वरियता अनुसार पनि हामी तल […]
February 9, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रशिक्षक ओले गुनार सोल्सजरले प्रिमियर लिगको जनवरी महिनाको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनपछि सोल्सजर यो उपाधि हासिल गर्ने पहिलो प्रशिक्षक बनेका छन् । जोसे मोउरिन्होको बर्खास्तीपछि टोलीको जिम्मेवारी सम्हालेका सोल्सजरले १० मध्ये ९ खेलमा जित दर्ता गरेका छन् । उनले सिजनको अन्त्यसम्म मात्र टोलीको […]
February 8, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टि-२० खेलमा पाहुना टोली भारत ७ विकेटले विजयी भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ७ बल अगाडीनै ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै पूरा गर्यो । भारतको सहज जितमा कप्तान रोहित शर्माले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए । […]
February 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको महिला टोलीले वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ दबदबा कायम गर्दै उपाधि जितेको हो । शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०-६४ केजी तौल समूहमा पुनम रावल, ५४-५७ केजीमा […]