default_image

Featured

January 27, 2019

लिग च्याम्पियन मनाङ र राष्ट्रिय जागृति भिड्दै

इटहरी (हाम्रो खेलकुद) – मदन भन्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलमा आज आइतबार लिग च्याम्पियन सिग्नेचर मनाङ–मर्स्याङदी क्लबले आयोजक राष्ट्रिय जागृति युवा क्लबसँग खेल्दैछ । इटहरी रंगशालामा आज हुने दोस्रो क्वाटरफाइनल खेल दिउँसो २ः३० बजेपछि हुनेछ । लिग च्याम्पियन मनाङले लिगपछि मोफसलमा दोस्रो गोल्डकपमा सहभागिता सहभागिता जनाउन लागेको हो । यसअघि मनाङले नेपाल आइस […]

January 27, 2019

बेलले चोटबाट पुनरागमन गर्दै

एजेन्सी – वेल्स तथा स्पेनिस महारथी रियल मड्रिडका फरवार्ड ग्यारेथ वेल प्रशिक्षणमा फर्किएका छन् । बेलसँगै मार्काे एसेन्सियो पनि शनिबार रियलका टिम सहकर्मीसँग सँगै प्रशिक्षण गरेका छन् । ला लिगा अन्तर्गत सन् २०१९ को पहिलो खेलमा भिल्लारियलविरुद्ध बेलले काल्फ़मा चोट बोकेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसयता बेलले चोटका कारण ६ […]

January 27, 2019

मिलान र नेपोलीको गोलरहित बराबरीले युभेन्ट्सलाई फाइदा

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र नेपोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मिलानको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जन गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भए । खेलको छैटौं मिनेटमा नेपोलीका ड्रिज मर्टेन्सले गोलको सुन्दर मौका खेर फालेका थिए । २३औं मिनेटमा घरेलु टोलीका […]

January 27, 2019

फराकिलो जितसँगै डर्टमुन्डलाई ९ अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्डले ९ अंकको अग्रता बनाएको छ । बुन्डेस लिगा अन्तरगत शनिबार राति भएको खेलमा ह्यानोभर ९६लाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै डर्टमुन्डले ९ अंकको अग्रता बनाउन सफल भएको हो । डर्टमन्डको २१ खेलबाट ४८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेन्ग्लाडबाकको समान खेलबाट […]

sompal

January 27, 2019

सोमपालको ५ विकेट [भिडियो]

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिए । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भयो। यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ । उक्त खेलमा सोमपालको सबै ५ विकेटको भिडियो हेर्नुहोस।

January 26, 2019

म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा, बर्नलीको पोस्टमा ५ गोल

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणका प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नलीको चुनौती ५–० ले पन्छाउदै सिटी एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार भएको खेलमा सिटीलाई जिताउन पाँच खेलाडीले गोल गरे । एक गोल उपहार पाएको थियो । पहिलो हाफमा १–० को अग्रता […]

January 26, 2019

ऐतिहासिक जितका ३ नायक

दुबई (हाम्रो खेलकुद) – यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । जुन जित नेपालको लागि ओडीआईमा सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अव निर्णायक तथा तेस्रो खेल आगमी […]

January 26, 2019

रुस्लान सिमरा गोल्ड कप- थ्री स्टारलाई ४ व्यक्तिगत पुरस्कार, शुसिल सर्वोत्कृष्ट

सुनिल गाँउले सिमरा – रुस्लान थ्री स्टार क्लबले पहिलो पटक रुस्लान सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जित्दा व्यक्तिगत उपाधिमा पनि सोही क्लबका खेलाडी र प्रशिक्षकको दबदबा रह्यो । त्रिभुवन आर्मी क्लबसँग निकै प्रतिस्पर्धात्मक रहेको खेलमा थ्री स्टारले सडन डेथमा पुगेर खेल आफ्नो पक्षमा पारेको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

January 26, 2019

‘सचिन र अफ्रिदीको रेकर्ड तोडेको थाहा थिएन’ – रोहित पौडेल

सुबास हुमागाईं, दुबई यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका छन् । रोहितले कम उमेरमा अर्ध शतक बनाउने रेकर्ड तोडेका हुन् । रोहितले आज ५७ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए । अर्धशतक प्रहार गरेको दिन […]

January 26, 2019

जोकोभिच विरुद्ध नाडाल: कस्ले जित्ला अष्ट्रेलियन ओपन उपाधि?

मेलबर्न (एजेन्सी) – वर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिच र विश्व नम्बर २ राफायल नाडाल भिड्दै छन् । खेल नेपाली समय अनुसार भोली दिउसोको २.१५ बजे सुरु हुने छ । यस फाइनल खेलले टेनिस इतिहासमा पनि निकै महत्त्व राख्ने छ । नाडालले उपाधि जिते उनको १८ औं ग्रान्ड […]

Success

Thank you for your time.