default_image

Featured

January 7, 2018

संकटा खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पार्धात्मक खेलमा धरान फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै संकटा अन्तिम आठमा पुग्न सफल भएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछी खेलको […]

January 7, 2018

लेस्टर सिटीका मारेज लिभरपुल जान सक्ने

लिभरपुल (एजेन्सी) – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टार विङर रियाद मारेज लिभरपुल जाने सम्भावना बढेको छ । लिभरपुलका फिलिप कौटिन्हो बार्सिलोना जाने पक्का भएपछि क्लबले मारेजलाई विकल्पको रुपमा हेरेको छ । अल्जेरियाका मारेजले दुई सिजन अघि लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउन ठूलो भुमिका खेलेका थिए । यस सिजन पनि मारेज राम्रो लयमा छन् । […]

January 7, 2018

गोल्ड कपको पुरस्कार राशीमा प्रतिस्पर्धा – इटहरी गोल्ड कपमा १२ लाख

दिपक बोहोरा इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ । मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । […]

January 7, 2018

सिटी एफए कपमा विजयी, चेल्सी रोकियो

म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर सिटीले बर्नलीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गरे । खेल सिटीको पकडमा रहे पनि खेलको २५ औं मिनेटमा बर्नलीका एस्लि बार्न्सले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए । पहिलो हाफ बर्नलीको पक्षमा १-० रहेको अवस्थामा दोस्रो हाफमा सिटीले […]

Liverpool Training Session

January 6, 2018

कौटिन्हो १ सय ६० मिलियन पाउन्डमा बार्सिलोना जाँदै

बार्सिलोना (एजेन्सी) – प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडि फिलिप कौटिन्होलाई बार्सिलोनाले १ सय ६० मिलियन पाउन्डमा भित्राउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर भोलिसम्म आधिकारिक रुपमै पक्का हुने छ । कौटिन्हो शनिबार राति नै सम्झौता पक्का गर्न बार्सिलोना जाँदै छन् । कौटिन्होले यस अघि एभर्टनसँगको एफए कप खेलबाट आफ्नो […]

January 6, 2018

पाकिस्तानमा नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी आज पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष […]

January 6, 2018

छन्त्याल कन्ट्रक्सनलाई भलिबल उपाधि

अर्जुन कार्की बागलुङ– छन्त्याल कन्ट्रक्सनले बागलुङमा खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।पाँचौं बागलुङ महोत्सवको मुख्य आकर्षण मध्ये एकका रुपमा रहेको पुरुष भलिबलको फाइनलमा आज पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ कास्कीलाई ३–० को सोझो सेटमा हराउँदै छन्त्यालले उपाधि जितेको हो । छन्त्याल कन्ट्रक्सनले २५–२१, २७–२५ र २५–२१ को नतिजा निकालेको थियो । पश्चिमाञ्चलले फाइनल अघि […]

January 6, 2018

एपीएफ खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब धनगढीमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा शनिबार भएको खेलमा एपीएफले सहारा क्लब पोखरालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एपीएफलाई क्वार्टरफाइनलमा पुर्‍याउन गोलरक्षक राजु […]

January 6, 2018

म्यानचेस्टर सिटी एफए कपमा बर्नलीको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको म्यानचेस्टर सिटी आज इङ्ग्लिस एफए कपमा बर्नलीको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार बेलुकाको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना केहि महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने देखिन्छ । त्यसैले सिटीको सुरुवाती ११ मा केहि […]

January 6, 2018

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपमा विजयी

म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले डर्बीलाई २-० ले हराएको छ भने लिभरपुल पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दि एभर्टनलाई २-१ ले हराउन सफल रह्यो । खेलको पहिलो हाफ गोलरहित भए पनि म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा लयमा रहेका जेसे लिन्गार्डले टोलीका लागि पहिलो […]

Success

Thank you for your time.