October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपाल प्रालिले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल समिति र जर्सी पसलबीच बिहिबार तीन बर्षको लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले हस्ताक्षर गरे । नेपाल इरानमा भोलिबाट शुरु […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]
October 11, 2017
काठमाडौ (हाम्रोखेलकुद)- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली आज हङकङ पुगेको छ। टोली हङकङको स्थानीय समय बिहानको ६:३० बजे अवतरण गरेको थियो। नेपालले छैठौ चरणको खेल अन्तर्गतहङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन् हङकङसँगको खेलको लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो । हङकङसँगको खेलका लागि कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागरपुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम टिममा रहेका छन् ।
October 11, 2017
इक्वेडर (एजेन्सी) – अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३-१ ले पराजित गरेको अर्जेन्टिनाले रुस विश्व कपमा स्थान पक्का गरेको छ । अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने […]
October 10, 2017
गुवाहाटी (एजेन्सी) – भारतविरुद्ध दोस्रो टी-२० खेलमा ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले तीन खेलको शृंखला बराबरी गरेको छ । अस्ट्रेलियाको जितमा मोइसेस हेनरीक्वेजले अर्धशतक प्रहार गरे भने जेसन बेरेनड्रोफले ४ विकेट लिए । टस जितेर फिल्डिंग रोजेको अस्ट्रेलियाले भारतलाई १ सय १८ रनमा अल आउट गरेको थियो । भारतका शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि कुलदिप […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप् अन्तर्गतको छनोट चरणको खेलमा नेपाल ताजकिस्तानसँग ३-० ले पराजित भएको छ । नेपालको चौथो खेलमा तेस्रो पराजय हो । घरेलु टोली ताजकिस्तानले तीन पेनाल्टी पाएको थियो । पहिलो हाफमा अनन्तको ह्याण्डबलमा पेनाल्टीमा गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा अनन्तको फलमा अर्को पेनाल्टी पाएको थियो । दोस्रो हाफमा आदित्यले फल गरेपछि ताजकिस्तानले […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो । घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर […]
October 10, 2017
सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ । अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि […]
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले चौथो खेलमा ताजकिस्तानको सामना गर्दैछ । खेल ताजकिस्तानको घरेलु मैदानमा हुँदै छ । खेल सुरु हुने समय : ६:४५ नेपाली सुरुआती ११ : यहाँ हेर्नुहोस खेल एपि वोन एचडीमा पनि प्रत्यक्ष हुनेछ ।