default_image

Featured

April 15, 2017

टाईको ह्याट्रिकमा गुजरातको पहिलो जित

एजेन्सी – इन्डियन प्रिमिएर लिग अन्तर्गत शुक्रबार राती भएको खेलमा एन्ड्रयु टाईले डेब्युमै उत्कृष्ट बलिङ गरेपछि गुजरात लायन्सले सिजनको पहिलो जित दर्ता गर्यो। टस जितेर पहिलो बलिङ गरेको गुजरातके ओपनर रहानेलाई पहिलो बलमै पेभेलियन फर्काएर सुखद सुरुवात गरेको थियो। तेश्रो नम्बरमा आएका कप्तान स्टिभ स्मिथले राहुल त्रिपाठीसंग मिलेर दोश्रो विकेटको लागि ३२ बलमा ६४ रन […]

April 14, 2017

सपोर्टस् लिग नेपालको फाइनल भोली

काठमाडौं (हाम्रो खेलकुद)– सपोर्टस लिग नेपालको शनिबार हुने फाइनलमा म्यानचेस्टर युनाइटेड र रियल मड्रिड फ्यान क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल सानेपास्थित फिल्ड फुटसलमा हुनेछ । ग्रेस प्रोडक्सन र सपोर्टस लिग नेपालको आयोजनामा सेप्टेम्बर ३ देखि आयोजना भएको प्रतियोगितामा ८ वटा फ्यान क्लबको सहभागिता रहेको थियो । विजेता टोलीले ट्रफी र मेडल प्राप्त गर्नेछ ।

April 14, 2017

हङकङमा सहारा साँझ हुने

पोखरा १ (हाम्रो खेलकुद)– पोखराको सहारा एकेडेमिको सहयोगार्थ हङकङमा यसै बर्ष पनि सहारा साँझ हुने भएको छ । एकेडेमिको सहयोगार्थ सहित भूकम्पबाट क्षेतिग्रस्त सिन्धुपाल्चोक हैबुङ को माध्यामिक बिद्यालयको भवन निमार्णको लागि तेश्रो संस्करणको सहारा साँझ आगामी जेठ २१ गते कार्यक्रम आयोजना हुने भएको सहारा हङकङले जनाएको छ । कार्यक्रममा चर्चित पप गायक सुगम पोख्रेल, समृद्धि […]

April 14, 2017

लिग भबिलमा हेल्प नेपाल शीर्ष स्थानमा उक्लियो

 काठमाडौं (हाम्रो खेलकुद) –हेल्प नेपाल तेस्रो आरबिबी–एनभिए क्लब लिग भलिबल प्रतियोगिताअन्र्गत पुरुषतर्फ अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । हेल्प नेपाल राजधानीमा जारी प्रतियोगितामा अपराजित रहदै शीर्ष स्थानमा उक्लिएको हो । हेल्प नेपालको ५ खेलबाट १५ अंक छ । राखेप कभर्डहलमा शुक्रबारको खेलमा हेल्प नेपालले दोहोरो सफलता हात पार्यो । पहिलो खेलमा जाउलाखेललाई २५–१८, २५–१२ र […]

April 14, 2017

एसी मिलन फुटबल क्याम्प सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल शुक्रबार सम्पन्न भएको छ । एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्याम्प आइतबार सुरु भएको थियो । क्याम्पमा ४ छात्रासहित जम्मा १ सय २५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले बताए । उनीहरुलाई इटालीको […]

April 14, 2017

रोयल नेपाल गल्फ क्लबको सय बर्ष पुरा

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को स्थापनाको १ सय वर्ष पुरा भएको छ । आरएनजिसीले शुक्रबार गल्फ क्लबमै एक कार्यक्रम गर्दै क्लबको एक सयौ वर्ष मनाएको छ । सो अवसरमा नेपाल गल्फ फाउन्डेसनले आरएनजीसी गल्फ क्लबका उत्पादन प्रतिमा शेर्पालाई गल्फको सेट तथा टाइगर वुडले पठाएको प्रशंशा पत्र प्रदान गरिएको थियो । […]

April 14, 2017

पोखरा रंगशालामा ‘अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ बन्ने

पोखरा (हाम्रो खेलकुद)– नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’  निर्माण हुन लागेको हो । रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय […]

April 14, 2017

शिक्षा र फुटबल संगै लैजानु पर्छ –विराज

पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई सँगसँगै लैजानु पर्ने बताएका छन् । पोखराको मालेपाटन युथ एकेडेमीका बालकहरुलाई शुक्रबार अभिप्रेरित गर्दै उनले भने, ‘एउटा राम्रो व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षाको पनि त्यतिकै महत्वपुर्ण रहन्छ ।’ एकेडेमीका बालबालिका नयाँ बर्षको शुभकामना दिदै विराजले भने ‘खेलाडीले अनुशासान र प्रतिवद्धतालाई आत्मसात […]

April 14, 2017

मेहबुब भन्छन्– कडा मेहेनतले फल दियो

धनगढी (हाम्रो खेलकुद)– सिवाईसी अत्तरियाले शुक्रबार टिम चौराहा माथि ४० रनको जित हासिल गर्दै ‘प्ले अफ’ मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको थियो । खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका मेहबुब आलमले ३ विकेट लिएका थिए । व्यक्तिगत दोस्रो ओभरमा ३ विकेट लिने क्रममा उनले आदिल खान, आरिफ शेख र कप्तान पारस खड्कालाई शुन्यमा […]

April 14, 2017

पारस सम्मिलित चौराहाको लगातार तेस्रो हार

धनगढी (हाम्रो खेलकुद) – अघिल्लो खेलमा जित नजिक पुगेर चुकेको पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहाले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सिवाईसी अत्तरियासँग ४० रनको पराजय भोगेको छ। पराजयसंगै चौराहा प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ। चौराहाको यो लगातार तेस्रो पराजय हो भने अत्तरियाले ४ खेल खेल्दै २ मा जित हासिल गरेपछि प्ले अफमा पुग्ने सम्भावनालाई […]

Success

Thank you for your time.