default_image

Featured

Rupandehi

April 12, 2017

लगातार दोस्रो जितसहित रुपन्देही पहिलो स्थानमा

दिपेन्द्र पोखरेल धनगढी –  धनगढीमा जारी डीपिएल क्रिकेटको पाचौ खेलमा पनि टसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । टस जितेर पहिलो ब्याटिंग गरेको रुपन्देही च्यालेन्जर्सले सिवाईसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो। डीपीएलमा पाँच खेल सम्पन्न हुदा अहिलेसम्म दोस्रो ब्याटिंग गर्ने टोलीले जित हासिल गर्न सकेको छैन । खेलमा चार विकेट लिएका सहाब आलम म्यान अफ द […]

April 12, 2017

नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)– नेपालगञ्जका खेलकर्मीले अहिलेको विद्यमान खेलकुद ऐनमा परिवर्तन नगरी अब नेपाल खेलकुद विकास सम्भव नहुने सुझाव दिएका छन् । नेपालगञ्ज लिट्रेचर फेस्टिबलको तेस्रो दिन मंगलबार राखिएको खेलकुद र राजनीतिक विषय अन्तरक्रियामा यहाँका स्थायी बासिन्दा समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य विनोद मैनाली, मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपाली राष्ट्रिय […]

Kathmandu Goldens

April 11, 2017

काठमाडौँको पहिलो जित, कन्चनपुरको लगातार दोस्रो हार

दिपेन्द्र पोखरेल धनगढी – धनगढी प्रिमियर लिगमा काठमाडौँ गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा कन्चनपुर आइकनिकलाई २४ रनले पराजित गरेको छ । प्रतियोगितामा दुवै टोलि आफ्नो पहिलो खेलमा पराजित भएका थिए। खेलको म्यान अफ द म्याच भुवन कार्की घोषित हुदै नगद १० हजार प्राप्त गरे।  टस जितेर पहिलो ब्याटिंग रोजेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० […]

default_image

April 11, 2017

शरद- ‘पारसको विकेट म्याचको टर्निंग प्वाइन्ट’

धनगढी (हाम्रो खेलकुद) – बिराटनगर किङ्सका कप्तान शरद भेषावकरले टिम चौराहाविरुद्धको जितमा पारस खड्काको विकेट महत्वपुर्ण रहेको बताएका छन् । युवा स्पिनर सुशील कणेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका पारसले ९ बलमा २ रन मात्र प्रहार गर्न सकेका थिए । धनगढी प्रिमियर लिग अन्तर्गतको तेस्रो खेलमा बिराटनगर किङ्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको थियो […]

April 11, 2017

समर्थकमाझ ‘मिसफिट’ रोहित

सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]

paras vs Sharad

April 11, 2017

डिपिएलमा पारस र शरदको टोली भिड्दै

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहाले शरद भेषावकरलाई विराटनगर किंग्सको सामना गर्दै छ । दुवै टोलीको यो डिपिएलमा पहिलो खेल हो । त्यस्तै आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले कन्चनपुर आइकनिकको सामना गर्दै छ । काठमाडौँ र कन्चनपुर […]

Rupandehi

April 10, 2017

स्टार खेलाडी सम्मिलित कञ्चनपुर रुपन्देहिसंग स्तब्ध

दिपेन्द्र पोखरेल धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो दिनको दोस्रो खेलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकनिकलाई १४ रनले पराजित गरेको छ । कप्तान बिनोद भण्डारी , सागर पुन, सुनिल धमला, कुशल भुर्तेल जस्ता परिचित खेलाडीले भरिएको कञ्चनपुरलाई रुपन्देहिले १४६ रनको लक्ष्य दिएको थियो। टस जितेर पहिले ब्याटिंग रोजेको रुपन्देहीका लागि ओपनिङ […]

April 10, 2017

संसारकै चिसो ठाँउमा भएको म्यराथनमा भिम दोस्रो र समिर तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – संसारकै सबैभन्दा चिसा ठाँउमा भएको नर्थ पोल म्याराथनमा नेपाली धावकहरुले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । नर्वेमा आइतबार सम्पन्न म्याराथनमा भीमबहादुर गुरुङ दोस्रो र समिर तामाङ तेस्रो भएका छन् । भीमले ४ घन्टा १८ मिनेट ५० सेकेन्ड र समिरले ३ घन्टा ३१ मिनेट २३ सेकेन्डमा दौड पुरा गरेका थिए […]

April 10, 2017

सावित्रा र अनिता सम्मिलित माल्दिभ्स एयरपोर्टको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित माल्दिभ्स एयरपोर्ट कम्पनी लिमिटेडले क्लब माल्दिभ्स १८/३० वुमन फुटसल फिएस्टामा विजयी सुरुआत गरेको छ । माल्दिभ्स एयरपोर्टले आइतबार माल्दिभ्स पुलिसलाई ६–३ ले हराएको छ । ६ मध्ये ५ गोल सावित्रा र अनिताले गरेका थिए । सावित्रा ह्याट्रिक गरेको खेलमा […]

April 9, 2017

एसी मिलान जुनियर फुटबल क्याम्प आज सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा एसी मिलान जुनियर फुटबल क्याम्प आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु भएको छ। शुक्रबारसम्म हुने क्याम्पमा १२५ जना प्रशिक्षार्थीहरु सहभागी छन्। जसमध्ये ७ खेलाडी उपत्यका बाहिरका रहेका छन्। एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्टले एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. नामक कम्पनिसंग सहकार्य गर्दै पाँच इटालियन प्रशिक्षकलाई नेपाल बोलाएको हो। एस.एस.डी. पोलीस्पोर्टइभेन्टि एस.आर.एल. […]

Success

Thank you for your time.