February 27, 2017
चितगोङ (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सोमबार सेमिफाइलन सुरु हुँदा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ । टिसी स्पोर्टस् त्यहि क्लब हो जसको गोलपोस्ट मनाङका पूर्व खेलाडी एवंम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय […]
February 27, 2017
लन्डन (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचले निर्णायकसहित दुई गोल गरेपछि साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै म्यानचेस्टर युनाइटेडले लिग कपको उपाधि जितेको छ । २–० को अग्रतालाई जोगान नसक्दा युनाइटेडले जितका लागि जितका लागि संघर्ष गर्नु परेको थियो । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा एन्डेर हेरेराको क्रसमा इब्राहिमोभिचले हेड गोल गरेपछि जोसे माउरिन्होको नेतृत्वमा युनाइटेडले सिजनको पहिलो […]
February 26, 2017
मड्रिड (एजेन्सी)– खेलको अन्त्यतिर लियोन मेस्सीले गोल गरेपछि आइतबार एट्लेटिको मड्रिडलाई २–१ ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगा अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । बराबरी उन्मुख खेलको ४ मिनेट बाँकी रहँदा मेस्सीले निर्णायक गोल गरेका थिए । त्यसअघि ६४ औं मिनेटमा राफिनाको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । तर ७० औं मिनेटमा कोकेले फ्रिकिकमा डिएगो गोडिनले […]
February 26, 2017
पोखरा (हाम्रो खेलकुद) – रेडियो बाराहीले सञ्चालन गरेको आहा रारा गोल्डकप विशेष कार्यक्रमका बम्पर पुरस्कारका विजेतालाई आइतबार पुरस्कृत गरिएको छ । घाचोक–२ का विष्णु पोखरेलले उक्त कार्यक्रममा भाग्यमानि श्रोताका रुपमा बम्पर पुरस्कार जितेका थिए । पोखरेलले १० हजार रुपैयाँ प्राप्त गरे । रेडियो बाराहीमा आइतबार आयोजित कार्यक्रमा प्रायोजक मुक्तिनाथ विकास बैकका पोखराका प्रमुख बाबुराम ढकाल, […]
February 26, 2017
नोयडा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको छ। आइतबार भएको पहिलो अभ्यास खेलमा नेपाली टोलीले राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोर्यो। उक्त खेलमा रमन शिवाकोटीले लिएका तस्बिरहरु तल छन्:
February 26, 2017
लन्डन (एजेन्सी)– इङ्लिस लिग कपको फाइनलमा आइतबार राती प्रिमियर लिगका दुई टोली म्यान्चेस्टर युनाइटेड र साउथह्याम्प्टन भिड्दै छन् । वेम्ब्ली मैदानमा हुने खेलमा साउथह्याम्प्टनले सन् १९७६ पछि पहिलो महत्वपूर्ण प्रतियोगितामा जित्ने दाउमा रहनेछ भने जोसे माउरिन्हो पनि युनाइटेड पुगेयता टोलीलाई पहिलो उपाधि दिलाउने प्रयासमा हुनेछन् । पहिलो लेगमा हल सिटीलाई २–० ले पछि पारेको युनाइटेडले […]
February 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजना र एसियाली फुटबल महासंघको सहयोगमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि ‘एएफसी फुटसल कोचिंग सर्टिफिकेट कोर्ष लेभल -१’ सुरु भएको छ। ६ दिने प्रशिक्षण कार्यक्रममा नेपालभरीका १९ प्रशिक्षकलाई इरानका होसेन शाम्सले सैद्धान्तिक र व्यावहारीक ज्ञान दिनेछन्। एएफसी ‘सी’ कोचिङ लाइसेन्स प्राप्त गरेका प्रशिक्षकले मात्र भाग लिन पाउने एन्फाले […]
February 26, 2017
नेपालगंज (हाम्रो खेलकुद) – साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात […]
February 26, 2017
दिपक न्यौपाने बुटवल– आयोजक अग्नी रुपन्देही ११ तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दोस्रो क्वार्टरफाइनलमा आइतबार धरान एफसीलाई २–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । तीनै गोल पहिलो हाफमा सम्भव भएका थिए । अजय विकको निर्णायक गोलमा रमपम उदयपुर गोल्डकपको विजेता रुपन्देहीले सफलता प्राप्त गरेको थियो । खेलको ३७ औं […]
February 26, 2017
नोयडा (हाम्रो खेलकुद) – अर्को महिना हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबसंग ४७ रनको हार व्येहोरेको छ। नेपालका लागि कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेपनि पराजय भने टार्न सकेनन्। टस जितेर पहिलो ब्याटिङ गरेको राजवडाले […]