default_image

Featured

February 21, 2017

किरणको टिसी स्पोर्टस् शेख कमल क्लब कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब समूह चरणको एकखेल अघि नै बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलमा पुगेको । लगातार दोस्रो खेल जित्ने क्रममा किरणको टोलीले सोमबार कीर्गिस्तानको एफसी अल्गालाई २–१ ले हराएको थियो । पहिलो खेलमा ढाका अवहानीलाई १–० ले हराएको टिसीले समूह […]

February 21, 2017

बुढासुब्बा रेडबुल गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल, पुलिसले युनाइटेड सिक्किमको सामना गर्ने

धरान (हाम्रो खेलकुद)– १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र भारतीय क्लब युनाइटेड सिक्किमबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ः३० बजे धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सुरु हुनेछ । पुसमा सातौं राष्ट्रिय खेलकुद कास्य पदक जितेको पुलिसले त्यसयता खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । […]

ronaldo

February 21, 2017

विश्व कप विजेता रोनाल्डोले कपालको रहस्य खोले

ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् । […]

February 20, 2017

आदर्श मावि र जय बोर्डिङलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– आदर्श मावि र जय बोर्डिङ स्कुल दोस्रो मध्यपुर थिमी नगरपालिका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थिमी मैदानमा सोमबार भएको खेलमा आदर्श माविले एक्सिभ स्कुललाई १–० लेह राएको । अर्को खेलमा जय बोर्डिङले सुप्रिम एकेडेमीलाई सडन डेथमा हराएको थियो । निर्धारित ७० मिनेटमा २–२ र टाइब्रेकरमा पनि बराबरी […]

February 20, 2017

बंगलादेशमा मनाङको प्रशिक्षण [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – शेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७ अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्पोर्टिङ मोहमडन लाई २-०ले पराजित गरेको मनाङले बुधबार अफगानिस्तानको क्लब शाहिन असामयीको सामना गर्नेछ। सोमबार मनाङ मर्स्याङदी क्लबको प्रशिक्षणमा एन.एस.जे.एफका दिल तामाङले खिचेका तस्बिरहरु:

rupesh

February 20, 2017

अन्तर कलेज इन्डोर क्रिकेट: कस्तुभलाई हराउँदै राजश्री सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अल्टिमेट इन्डोर्स प्रा.लि. र पाण्डा इभेन्ट्सको आयोजनामा जारी अन्तर कलेज सुपर क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलका खेलहरु पुरा भएका छन । प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रलाई ५० रनले हराउदै  काठमाडौं कलेज अफ म्यानेजमेन्ट सेमिफाइनल प्रवेश गरेको छ भने दोस्रो क्वार्टरफाइनलमा कौस्तुभ कलेजलाई पाखा लगाउदै राजश्रीले अन्तिम ४ मा स्थान पक्का गरेको हो […]

ben-stokes

February 20, 2017

आइपिएल लिलामी – स्टोक्स कीर्तिमानी रकमसहित पुनेमा

मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) २०१७ अन्तर्गत मंगलबार भएको खेलाडी लिलामीमा इङ्ल्यान्डका अल राउन्डर बेन स्टोक्स साँढे १४ करोड भारतीय रुपैयाँमा राइजिङ पुने वारियर्समा आबद्ध भएका छन् । पुनेसँग आबद्ध भएका स्टोक्स आइपिएलका दोस्रो महँगा खेलाडी हुनेछन् । सर्वाधिक कमाउने विदेशी खेलाडी भने स्टोक्स पहिलो नम्बरमा आँउछन् । रोयल च्यालेन्जर्स बेगंलोरर्सले भारतीय कप्तान विराट […]

sankata

February 20, 2017

संकटा बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा, एपिएएफ बाहिरियो

धरान (हाम्रो खेलकुद) – धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सिएमजी क्लब संकटा नेपाल एपिएफलाई १-० ले हराउदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लब राज पौडेलको ३९ औँ मिनेटको गोलले पछि परेको थियो । पुसमा राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कुनै पनि प्रतियोगिताको फाइनल पुग्न […]

February 20, 2017

तिलोत्तमा गोल्डकपलाई अग्नी सिमेन्टको साथ

दिपक न्यौपाने (बुटवल)- फागुन १२ गतेबाट बुटवलमा शुरु हुन लागेको १९ औ संस्करणको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतीयोगीता २०७३ को तयारी पुरा भएको छ । एन्फा टेक्निकल सेन्टर देबिनगरमा सन्चालन हुने प्रतियोगितामा नेपालका ए डिभिजनका बिभिन्न क्लब,बिभागीय टोेली सगै भारतका २ टोलीको सहभागीता हुने जिल्ला फुटबल सघं रुपन्देहिका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले जानकारी दिनुभयो । […]

February 20, 2017

बुढासुब्बा रुस्लान गोल्डकपमा एपिएफ र संकटा भिड्दैै

धरान (हाम्रो खेलकुद) — सातौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक विजेता नेपाल एपिएफ क्लब र सिएमजी क्लब संकटाबीच सोमबार १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल हुँदैछ । धरानमै पुसमा राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेयता कुनै पनि प्रतियोगिताको फाइनल पुग्न नसकेको एपिएफले धरानमा सोझै क्वार्टरफाइनलमा मौका पाएको थियो । उता संकटाले भने गत महिना […]

Success

Thank you for your time.