default_image

Featured

June 17, 2016

पाँच महिनापछि महिला भलिबल टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जितेको पाँच महिनापछि नेपाल भलिबल संघले महिला भलिबल टोलीलाई शुक्रबार सम्मान गरेको छ ।  नेपाल भलिबल संघले ओलम्पिक डे को अवसर पारेर राजधानीमा पदक विजेता टोलीका खेलाडीलाई नगदसहित सम्मान गरेको हो । सघंले प्रत्येक खेलाडी तथा अफिसियललाई जनही १० हजार रुपैयाँ दिएको […]

June 17, 2016

फेन्सिङ्गको दुवैमा एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल एपिएफ क्लब प्रथम राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिप २०७२ को महिला र पुरुष दुवै तर्फ टिम च्याम्पियन बनेको छ । महिलातर्फ १७ अंक पाएको एपिएफले पुरुषमा १९ अंक जोड्यो । प्रतियोगिताका अधिकांश पदक जितेको एपिएफ जङ्गगिरीले, रामबहादुर शाहीले र सुखीराम तामाङले इपी पुरुष व्यक्तिगत स्पर्धामा क्रमश स्वर्ण, रजत र कास्य जिते […]

June 17, 2016

इटालीसँग स्वीडेन पराजित

पेरिस (एजेन्सी) –युरो कप २०१६ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा इटालीले स्विडेनलाई १-० गोलअन्तरले पराजित गरेको छ ।  समूह चरणको दोश्रो खेलमा दोश्रो जित हात पर्ने क्रममा इटालीका लागि खेलको ८८औं मिनेटमा एडरले गोल गरेका थिए  । खेल बराबरी तर्फ धकेलिदैं गएको अवस्थामा अन्तिम समयमा भएको गोलले इटाली अर्को चरण पुग्ने पक्का भएको छ। पहिलो खेलमा […]

June 17, 2016

थ्री स्टार क्लब ललित स्मृतिबाट बाहिरियो

रुस्लान थ्री स्टार क्लब जारी ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टोलि बनेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले सुदुर बिस्कुट सुदुर पश्चिमान्चल फुटबल क्लबसँग २-१ को हार व्यहोर्यो र प्रतियोगिताबाट बाहिरियो| खेलको आठ मिनेटमा सुसन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थ्री स्टारले २९औं मिनेटमा गोल खादैं खेल बराबरीमा पुर्यायो| सुपका […]

June 17, 2016

इक्वेडरलाई पराजित गर्दै अमेरिका कोपाको सेमी फाइनलमा

नेपाली समय अनुसार आज बिहानै भएको कोपा अमेरिकाको खेलमा आयोजक टोली अमेरिका इक्वेडरलाई २-१ले पराजित गर्दै सेमी फाइनलमा  प्रवेश गर्न सफल भएको छ ।     आयोजक राष्ट्र अमेरिकाले खेलको २२औ मिनटमा नै आग्रता लिएको थियो, अमेरिकाका लागि भेट्रान खेलाडी डेम्प्सिले गोल गरेका थिए । सो पश्चात पहिलो हाल्फमा अर्को गोल हुन सकेन । दोस्रो […]

June 17, 2016

थ्री स्टारले ए.एफ.सी.कपमा मंगोलिया र कम्बोडीयाली क्लबसँग खेल्ने

राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबले आगामी अगष्टमा हुने ए.एफ.सी. कप २०१७को छनोट चरण मंगोलियामा खेल्ने भएको छ| आज भएको ए.एफ.सी. कपको छनोट चरणको ड्रमा नेपालको थ्री स्टार क्लब समूह ‘ख’मा रहेर मंगोलियाको एर्चिम एफ.सी. र कम्बोडियाको नगवोर्ल्ड एफ.सी. संग भिड्नेछ| छनोट चरण पार गरेमा थ्री स्टार क्लबले प्रारम्भिक चरणको प्ले-अफ खेल्न पाउनेछ| समूह विजेता […]

June 17, 2016

जर्मनी र पोल्याण्ड बिचको खेल ड्र

पेरिस- आज बिहानै भएको जर्मनी र पोल्याण्ड बिचको खेल गोल रहित बराबरीमा टुङिएपछी दुबै टोली अंक बाड्न बध्य भएका छन । दुबै टोली नक-आउट चरणमा प्रवेशको लागि बलियो स्थानमा बसेका छन ।    समूह डीमा जर्मनी र पोल्यान्डको समान ४ अंक छ भने नर्दन आयरल्याणको ३ अंक छ। समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी र […]

June 16, 2016

नर्दन आयरल्यान्डको सनसनीपूर्ण जित

लियोन (एजेन्सी)– गारेथ म्याकआउले र नेल म्याकगिनले दोस्रो हाफमा गोल गरेपछि युक्रेनलाई २–० ले हराउँदै नर्दन आयरल्यान्डले युरोपियन च्याम्पियनसिपको नकआउट चरण पुग्ने सम्भावनालाई अन्तिम खेल सम्म लम्बाएको छ । समूह डीमा जर्मनी, पोल्यान्ड र नर्दन आयरल्यान्डको समान ३ अंक छ । अहिले हुने खेलमा जर्मनी र पोल्यान्ड भिड्दैछन् । समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी […]

June 16, 2016

कुराँस च्याम्पियनसिप शनिबार

काठमाडौं – ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष, महिलातर्फ समान ५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष दानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि झन्डै ४ लाख ७० हजार रुपैयाँ खर्च […]

June 16, 2016

आर्मीलाई लुम्बिनिको छ गोल, मनाङ-झापा बराबर

काठमाडौं (२ आषाढ) – ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ६-०ले पराजित गर्यो। पहिलो खेलमा जावलाखेलाई २-१ले पराजित गरेको आर्मीले दोश्रो हाफमा पाँच गोल खाएको थियो। दामोदर थापा क्षेत्रीले लुम्बिनिका लागि १५मिनेटमा खाता खोलेका थिए। कप्तान जनोम मान लिगलले ५६औं मिनेटमा कर्नरमा हेडिङ्ग गर्दै २ […]

Success

Thank you for your time.