default_image

ए डिभिजन लिग

November 3, 2025

फुटबल खेलाडी संघद्वारा संघर्षको चेतावनी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्लबहरु बीच आज भएको बैठकबाट सहिद स्मारक ए डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघ असन्तुष्टि जनाएको छ। एन्फा र क्लबहरुले यो वर्ष राष्ट्रिय पुस ९ गते देखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ए […]

November 3, 2025

साधारण सभाको निर्णय कुल्चदै राष्ट्रिय लिग गर्ने सहमति

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजनका १४ क्लबको संयुक्त बैठकले एन्फाको पछिल्लो साधारण सभाले ए डिभिजन लिगका विषयमा गरेको अनुमोदनलाई कुल्चेर अर्को निर्णय गरेको छ । साधारण सभाले यो वर्षको पुस ९ गतेबाट ए डिभिजन लिग गर्ने एन्फाको प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसलाई कुल्चेर एन्फा र क्लबहरुबीचको आज बसेको बैठकले […]

October 30, 2025

लिग सन्चालनका लागि सुझाव पेश गर्न कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि सुझाव पेश लागि युवा तथा खेलकुद मन्त्रालयले आज ७ सदस्यीय कार्यदल गठन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फ) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट एक प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) का इन्जिनियर […]

October 14, 2025

‘फुटबल संकटमा पर्नुमा एन्फा दोषी’ – खेलाडी संघ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले एन्फा नेतृत्वको गैर जिम्मेवारीका कारण घरेलु फुटबलमा अहिले चरम संकट देखिएको बताएको छ। खेलाडी संघले भनेको छ, ‘ अहिले पनि देशमा वा विदेशमा फुटबलका धेरै समर्थक छन् । तर, मुख्यतः नेतृत्व कै कारण फुटबल माथि समर्थकहरुको विश्वास विस्तारै टुट्न थालेको केहि वर्ष भयो । ‘ फुटबल खेलाडी संघका […]

September 16, 2025

यु१६ लिग र ए डिभिजन लिगको बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु १६ लिग स्थगित गरेको छ। जेनजी आन्दोलनका क्रममा नै यु १६ लिग स्थगित भएको थियो। सोमवार अर्को सुचना नभएसम्मका लागि यु १६ लिग स्थगित गरिएको पत्र एन्फाले क्लबहरुलाई पठाएको छ।त्यस्तै युथ लिग र पुसका लागि प्रस्तावित सहिद स्मारक ए डिभिजन लिगका विषयमा एन्फाले बोलाएको क्लबहरु […]

July 9, 2025

पुलिस, एपिएफ र श्री भगवतीको जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु – १६ युथ लिगमा आज नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्री भगवती क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले फ्रेन्डस् क्लब, एपिएफले चर्च ब्वाइज युनाइटेड तथा श्री भवतीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको हो । पहिलो खेलमा पुलिसले फ्रेन्ड्सलाई २-० ले पराजित गरेको […]

July 3, 2025

एन्फा यु-१६ लिग भोलि सुरु हुँदै, विजेतालाई १ लाख

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) दएको आयोजना एन्फा यु-१६ युथ लिग भोलि सुरु हुँदैछ। लिगमा १४ ए-डिभिजन क्लबको सहभागिता रहनेछ। लिग विजेता टोलीले नगद १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने बिहीवार पत्रकार सम्मेलनमा एन्फाले जानकारी दिएको छ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही १५ हजार रुपैयाँ […]

June 21, 2025

थ्री स्टार ए,बी, सीका क्लबसँग छलफलमा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिको निर्णयपछि बी डिभिजनमा घटुवा भएको थ्री स्टार क्लबले आज ए,बी,सी क्लबसँग छलफल गर्दैछ । विभागीय टोली एपिएफ फुटबल क्लबले दिएको उजुरीको आधारमा २ वर्षपछि बिहीवार अपिल समितिले थ्री स्टारलाई कारवाही गर्ने निर्णय गरेको थियो। शुक्रवार आन्तरिक छलफल गरेको थ्री स्टारले ए, बी र सी […]

June 19, 2025

एन्फाको अपिल समितिले नतिजा उल्टाएसँगै थ्री स्टार रेलिगेसनमा!

सुबास हुमागाईं, काठमाडौं विभागीय टोली एपिएफ फुटबल क्लबले गरेको उजुरीमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिले निर्णय गर्दा थ्री स्टार क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने भएको छ । एपिएफले ए डिभिजन लिगको अन्तिम खेलमा थ्री स्टारले नियम विपरित विदेशी खेलाडी खेलाएको भन्दै अपिल समितिमा दिएको उजुरीका आधारमा एपिएफको पक्षमा निर्णय भएको एन्फा […]

June 3, 2025

एन्फाको विलम्बमा एपिएफको असन्तुष्टि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली एपिएफ फुटबल क्लबले आफूले गरेको उजुरीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले समयमा सुनुवाई नगरेको भन्दै असन्तुष्टि पोखेको छ । सहिद स्मारक ए डिभिजन लिग २०७९ को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबविरुद्ध दुई विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन्सले भिसा नभएको अवस्थामा खेल खेलेको भन्दै […]

Success

Thank you for your time.