default_image

ए डिभिजन लिग

February 26, 2022

एनआरटीविरुद्ध पुलिसको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार न्यूरोड टिम एनआरटीविरुद्धको पहिलो हाफमा नेपाल पुलिस क्लबले अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले १२ औं मिनेटमा अग्रता लिएको छ । रवि पासवानको गोलबाट पुलिसले अग्रता बनाएको थियो । दोस्रो स्थानमा लिगको अन्त्य गर्ने सम्भावनालाई जीवित राख्न एनआरटीले जित्नै […]

February 26, 2022

अन्जनको गोलमा मनाङलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार त्रिभुवन आर्मी क्लबविरुद्धको पहिलो हाफमा मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको अन्तिम मिनेटमा कप्तान अन्जन विष्टले गोल गरेका थिए । पुजन उपरकोटीको कर्नरमा दीनेश राजवंशीले हेड गरेको बललाई आर्मीका गोलकिपर विकेश कुथुले पन्च गरे त्यहि रिबाउन्डमा अन्जनले […]

February 25, 2022

लिग निर्देशक मिश्रको राजीनामा फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग र प्रतियोगिता निर्देशक पदबाट सञ्जिव मिश्रले दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको अनुरोधपछि मिश्र राजीनामा फिर्ता लिन राजी भएका हुन् । ‘एन्फा चाँडै बी डिभिजन लिग सुरु हुँदैछ, सी डिभिजनलगायत अन्य प्रतियोगिता आयोजना गर्नुपर्नेछ । […]

February 25, 2022

डोनाको गोलमा थ्री स्टार हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयको थप गरिएको अन्तिम मिटेमा मिडफिल्डर डोना थापाको गोलमा रुस्लान थ्री स्टार क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँगको हारबाट जोगिएको छ । थ्री स्टारले बिबिसीसँग १–१ गोलको बराबरी खेलेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा […]

February 25, 2022

जावलाखेल संकटाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लब र संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै यो सिजनको लिगको अन्त्य गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा जावलाखेलका सुनिल खड्काले गोल गर्दा संकटाका उत्तम राईले बराबरी […]

February 25, 2022

पहिलो हाफमा बिबिसी र थ्री स्टारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र रुस्लान थ्री स्टार क्लबले बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका उल्लेख्य मुभ बनाउन सकेका छैनन् । रेलिगेसनमा परिसकेको बिबिसीविरुद्ध […]

February 24, 2022

लिग र प्रतियोगिता निर्देशकबाट मिश्रको राजीनामा !

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग सकिन ३ दिन बाँकी रहँदा सञ्जिव मिश्रले अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग निर्देशक र प्रतियोगिता निर्देशकबाट राजीनामा दिएका छन् । अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गरिएको राजीनामा पत्र मिश्रले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई मंगलबार बुझाएका हुन् । झण्डै चार वर्ष लिग निर्देशकका रुपमा काम गरेका […]

February 24, 2022

मार्टिन्सको गोलमा सातदोबाटोको जित

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्दा सातदोबाटो युथ क्लबले जितसहित कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको छ । नवप्रवेशी सातदोबाटोले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलको कछैटौं मिनेटमा अजायी […]

February 24, 2022

फ्रेन्ड्स र शेर्पाको रोमाञ्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले कतार एअरवेज सहिद स्मारक लिगको आफ्नो अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पा र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेको हो । फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिएपनि शेर्पाले अन्तिम समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलको दुवै […]

February 24, 2022

मार्टिन्सको गोलमा सातदोबाटोलाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – अजायी मार्टिन्सको गोलमा सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा च्यासल युथ क्लबविरुद्ध अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलको कछैटौं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका हुन् । पिटर सेगुनले छिटो गरी दिएको फ्रिकिकलाई सुदिप गुरुङले दिएको चलाखीपूर्ण […]

Success

Thank you for your time.