default_image

युरो

June 28, 2021

फ्रान्सलाई स्विट्जरल्यान्डको चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा सोमबार विश्व विजेता फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार सोमबार मध्यरात १२:४५ बजे सुरु हुनेछ । फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सका लागि आजको खेलमा दुवै लेफ्ट ब्याकले चोट बोक्नु टाउको दुखाइ बन्न सक्छ । पोर्चुगलविरुद्ध खेलमा लुकास हर्नान्डेज घाइते भएपछि उनको स्थानमा आएका […]

June 28, 2021

स्पेनसामु क्रोएसियाको परिक्षा

एजेन्सी – विश्वकपको उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ अन्तर्गत सोमबार तीन पटकको युरो च्याम्पियन स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । स्पेनले पछिल्लो तीन मुख्य प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गर्न सकेको छैन । सन् २०१६ को युरोमा स्पेनलाई इटालीले राउन्ड अफ १६ मा पराजित गरेको […]

June 28, 2021

बेल्जियमको जितमा हाजार्ड र डे ब्रुएन घाइते

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । आइतबारको खेलमा बेल्जियमले आफ्ना दुई महत्त्वपूर्ण खेलाडीलाई भने चोटका कारण गुमाउन पुग्यो । कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएनले चोटका कारण मैदान छाड्नुपरेको थियो । दुवै खेलाडी पोर्चुगलका खेलाडीबाट ट्याकल लाग्दा घाइते हुन पुगेका थिए । पहिलो […]

June 28, 2021

पोर्चुगलको हारसँगै सकियो रोनाल्डोको युरो यात्रा

एजेन्सी – साविक विजेता पोर्चुगल राउन्ड अफ १६ चरणमा बेल्जियमसँग १-० को हार बेहोरेसँगै युरोपेली च्याम्पियनसिप २०२० बाट बिदा भयो । पोर्चुगलसँगै प्रतियोगिताकै सर्वकालीन महान् रोनाल्डोले पनि बिदा लिएका छन् । रोनाल्डोले यस संस्करणको ४ खेलमा ५ गोल गर्ने क्रममा थुप्रै कीर्तिमान आफ्नो नाम लेखाए । युरोमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो […]

June 28, 2021

नेयमारबिनाको ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – स्टार फरवार्ड नेयमार लगायत आक्रमणका खेलाडीलाई विश्राम दिएको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । कोपा अमेरिका २०२१ अन्तर्गत समूह बी को खेलमा इक्वेडरसँग १-१ को बराबरीमा रोकिएपछि ब्राजिल अंक बाँड्न बाध्य भएको हो । ब्राजिलले खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु […]

June 28, 2021

‘फाइनल पुग्ने विश्वास थियो’ – पोर्चुगिज प्रशिक्षक सान्तोस

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोसले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणमा बेल्जियमसँग हार बेहोर्दै बाहिरिनु पर्दा दुख व्यक्त गरेका छन् । आइतबार भएको खेलमा थोर्गन हाजार्डको एकमात्र गोलमा साविक विजेता पोर्चुगल १-० ले पराजित भएको थियो । हाजार्डले पहिलो हाफमा गरेको प्रयास नै गोल भएपछि पोर्चुगलले दोस्रो हाफमा निकै […]

June 28, 2021

पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

एजेन्सी – साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा थोर्गन हाजार्डले गरेको गोलको मदतले बेल्जियम १-० को जित हासिल गर्दै राउन्ड अफ १६ पार गर्न सफल भयो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको […]

June 28, 2021

थोर्गन हाजार्डको गोलमा बेल्जियमलाई अग्रता

एजेन्सी – विंगर थोर्गन हाजार्डको उत्कृष्ट गोलमा युरोपेली च्याम्पियनसिप अन्तर्गत बेल्जियमले साविक विजेता पोर्चुगलविरुद्ध जारी राउन्ड अफ १६ चरणको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ । थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले […]

June 28, 2021

‘मेरो गल्तीले टिम हार्यो’ – डी लिग्ट

एजेन्सी – इटालियन क्लब युभेन्टस तथा नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीका डिफेन्डर म्याथिस डी लिग्टले आफ्नै कारणले गर्दा नेदरल्यान्ड्स युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा चेक रिपब्लिकसँग पराजित भएको बताएका छन् । डी लिग्टले खेलको ५५ औं मिनेटमा रातो कार्ड खाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । उनले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्रीको […]

June 28, 2021

बेल्जियमविरुद्ध पोर्चुगलको दुई परिवर्तन

एजेसी – साविक विजेता पोर्चुगलले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ मा बेल्जियमविरुद्ध अघिल्लो खेलबाट टोलीमा २ परिवर्तन गरेको छ । बेल्जियमले भने अघिल्लो खेलबाट टोलीमा ५ खेलाडी परिवर्तन गरेको छ । पोर्चुगलले घाइते डिफेन्डर नेल्सन सेमेडोको स्थानमा डिओगो डालोटलाई अवसर दिएको छ । त्यस्तै ड्यानिलो परेराको स्थानमा जोआओ पाल्हिन्हा टोलीमा आएका छन् । […]

Success

Thank you for your time.