default_image

युरो

June 27, 2021

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएको डच टोलीलाई २-० ले पराजित गर्दै चेक राउन्ड अफ १६ चरण पार गर्न सफल भएको हो । पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर […]

June 27, 2021

नेदरल्यान्ड्स र चेक पहिलो हाफमा बराबर

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच जारी राउन्ड अफ १६ को तेस्रो खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको छ । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । आठौं मिनेटमा नेदरल्यान्ड्सले गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । कर्नरमा म्यथिस डी लिग्टको हेडरले पोस्टको दिशा लिन […]

June 27, 2021

चेकविरुद्ध नेदरल्यान्ड्सको टोलीमा एक परिवर्तन

एजेन्सी – नेदरल्यान्ड्सले युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा चेक रिपब्लिकविरुद्ध टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । चेकले भने चोट र प्रतिबन्धका कारण कप्तानसहित तीन खेलाडी परिवर्तन गरेको छ । नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई पराजित गरेको खेलबाट मिडफिल्डमा एक परिवर्तन गरेको हो । आयाक्सका युवा मिडफिल्डर रायन ग्राभान्बर्चको स्थानमा इटालियन क्लब एटलान्टाका मार्टेन […]

June 27, 2021

‘रोनाल्डोका लागि विशेष योजना छैन’ – बेल्जियमका प्रशिक्षक मार्टिनेज

एजेन्सी – बेल्जियम राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजले पोर्चुगलविरुद्ध युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलअघि विपक्षी कप्तानका लागि कुनै विशेष योजना नरहेको बताएका छन् । रोनाल्डोले जारी युरोको समूह चरणमा सबै तीन खेलमा गोल गरेका छन् । प्रतियोगितामा ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा अग्रस्थानमा रहेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने […]

June 27, 2021

स्पेनविरुद्ध खेल्नुअघि क्रोएसियालाई ठूलो झट्का

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनविरुद्ध सामना गर्नुअघि क्रोएसियालाई ठूलो झट्का लागेको छ । टोलीका मुख्य फरवार्ड इभान पेरिसिच कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्ने भएको छ । सोमबार हुने खेलको लागि तयारीका क्रममा रहेको टोलीमा गरिएको परिक्षणबाट पेरिसिचलाई कोरोना संक्रमण देखिएको हो । उनले अब १० दिन सेल्फ […]

June 27, 2021

यस्तो छ पोर्चुगलविरुद्ध बेल्जियमको इतिहास

एजेन्सी – पोर्चुगल र बेल्जियम कुनैपनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक आमनेसामने हुँदैछन् । युरो २०२० को अन्तिम १६ को खेलमा भिड्दा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा स्थान बनाउने हुनेछ । बेल्जियम र पोर्चुगल दुवै टोलीले समूह चरणमा ७-७ गोल गरेका थिए । बेल्जियमले समूह चरणको सबै तीन खेलमा जित हासिल गर्दै शीर्षस्थान हासिल गरेको थियो […]

June 27, 2021

बेल्जियमसामु पोर्चुगलको अग्निपरीक्षा

एजेन्सी – फिफाको शीर्ष वरियता र स्वर्णिम पुस्ताको रुपमा चिनिने बेल्जियमले आइतबार प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगल र लयमा रहेको क्रिस्टियानो रोनाल्डोको सामना गर्दैछ । आइतबार रातिको बेल्जियम र पोर्चुगलबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ । बेल्जियम र पोर्चुगलबीचको खेल स्पेनको सेभियामा नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ । विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जिया […]

June 27, 2021

अपराजित नेदरल्यान्ड्सलाई चेकको चुनौती

एजेन्सी – समूह चरणमा शतप्रतिशत जित पाएको नेदरल्यान्ड्सले प्रि–क्वाटरफाइनलमा चेक गणतन्त्रको सामना गर्दैछ । नेदरल्यान्ड्स र चेकबीचको खेल पुस्कास एरिना बुडापेस्ट हंगेरीमा आइतबार राति ९ः४५ बजे हुनेछ । समूहमा युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनियाको चुनौती पन्छाएको समूह ‘सी’ को विजेता नेदरल्यान्ड्सले चेकविरुद्ध मैदान उत्रदा डच टोली सचेत भएर मैदान उत्रनेछ । किनभने सन् २०१६ मा […]

June 27, 2021

इटालीले तोड्यो आफ्नै ८२ वर्ष पुरानो कीर्तिमान

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा इटालीले आँफैले ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमान यात्रालाई भंग गरेको छ । युरो अन्तरगत शनिबार राति प्रि–क्वाटरफाइनलको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अपराजित यात्रा ३१ खेलसम्म लम्ब्याएको हो । इटालीले समूह चरणमा वेल्समाथि १–० को जित निकालेसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीले लगातार ३० खेल अपराजित रहेर ८२ […]

June 27, 2021

युरोमा १ सय गोल पुरा!

एजेन्सी – युरोपका ११ शहरमा जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपमा १ सय गोलको आँकडा पुरा भएको छ । प्रि–क्वाटरफाइनलमा इटालीका म्याटियो पेस्सिनाले अष्ट्रियाविरुद्ध अतिरिक्त समयमा गोल गरेपछि युरोमा १ सय गोलको आँकडा पुरा भएको हो । सब्सिच्युट पेस्सिना ६७औं मिनेटमा निकोलो बरेल्लाको स्थानमा मैदान प्रवेश गरेका थिए । युरोको ३८औं खेलमा सय गोल पुरा भएको […]

Success

Thank you for your time.