default_image

युरो

July 2, 2021

युरो : क्वाटरफाइनलका दुई खेल आज

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन रातको ९:४५ बजे भिड्दा दोस्रो खेलमा उपाधिका दुई दावेदार बेल्जियम र इटालीबीच १२:४५ बजे प्रतिस्पर्धा हुनेछ । राउन्ड अफ १६ मा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अघि बढेको स्विट्जरल्यान्ड १९३८ पछि कुनैपनि ठूलो प्रतियोगिताको नकआउट चरणमा जित हासिल गर्न सफल […]

July 1, 2021

रोनाल्डो, नोएर र एमबाप्पेमाथि हंगेरीका प्रशिक्षकको मजाक

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत राउन्ड अफ १६ चरणबाट नै ग्रुप अफ डेथ मानिएको समूह एफ का सबै टोली बाहिरीएपछि हंगेरीका प्रशिक्षक मार्को रोसीले सामाजिक संजालमार्फत मजाक उडाएका छन् । समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै […]

June 30, 2021

हाजार्ड र डे ब्रुएनले इटालीविरुद्ध नखेल्ने सम्भावना

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले इटालीविरुद्ध हुने क्वाटरफाइनल खेलमा आफ्ना दुई मुख्य खेलाडी इडेन हाजार्ड र केभिन डे ब्रुएनको साथ नपाउने सम्भावना बढेको छ । आइतबारको खेलमा बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउँदा कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएनले चोटका कारण मैदान छाड्नुपरेको थियो । दुवै खेलाडी पोर्चुगलका […]

June 30, 2021

युरोको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समूह ए को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको […]

June 30, 2021

अन्तिम मिनेटको गोलसँगै युक्रेन क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गरेपछि युक्रेनले स्वीडेनलाई २-१ ले पराजित गर्दै युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । स्वीडेनले खेलको सुरुवाती मिनेटदेखि नै आक्रमण बुन्दै दबाब कायम गरेपनि सुरुवाती अग्रता लिन भने चुकेको थियो । एकपछि अर्को आक्रमणमा युक्रेनका डिफेन्स र गोलरक्षकले संयमित प्रदर्शन गरेपछि […]

June 30, 2021

स्वीडेन र युक्रेन पहिलो हाफमा बराबर

एजेन्सी – एमिल फोर्सबर्गले अन्तिम समयमा गोल गरेपछि स्वीडेन र युक्रेनबीच जारि युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । स्वीडेनले खेलको सुरुवाती मिनेटदेखि नै आक्रमण बुन्दै दबाब कायम गरेपनि अग्रता लिन भने चुकेको थियो । एकपछि अर्को आक्रमणमा युक्रेनका डिफेन्स र गोलरक्षकले संयमित प्रदर्शन गरेपछि खेल […]

June 30, 2021

नेदरल्यान्ड्सका प्रशिक्षकले जागिर छाडे

एजेन्सी – नेदरल्यान्ड्सका प्रशिक्षक फ्रान्क डे बोएरले युरोपेली च्याम्पियनसिप २०२० मा अपेक्षित नतिजा निकाल्न नसकेपछि जिम्मेवारी त्यागेका छन् । नेदरल्यान्ड्स फुटबल महासंघले विज्ञप्ति जारी गर्दै दुवै पक्षको सहमतिमा डे बोएर जिम्मेवारी मुक्त भएको जनाएको छ । नेदरल्यान्ड्सले राउन्ड अफ १६ मा चेक रिपब्लिकसँग २-० को हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । ५१ वर्षीय प्रशिक्षकले गत […]

June 30, 2021

बचेनन् ‘ग्रुप अफ डेथ’ का टोली

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् । निकै प्रतिस्पर्धात्मक रहेको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए […]

June 29, 2021

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो […]

June 29, 2021

जर्मनी र इंग्ल्यान्ड पहिलो हाफमा बराबर

एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को इंग्ल्यान्ड र जर्मनीबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न नसक्दा प्रतिस्पर्धात्मक खेल बराबरीमा नै सिमित रहयो । १६ औं मिनेटमा कप्तान म्यानुएल नोएरले सुन्दर बचाउ गर्दै खेल गोलरहित नै राखे । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको […]

Success

Thank you for your time.