November 19, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा कतारका प्रशिक्षक फेलिक्स सान्चेजले नतिजा भन्दापनि खेलको महत्त्व बढी रहेको बताए । ‘मेरो लागि यो लामो यात्राको अन्त्य हो । १६ वर्ष यो देशमा काम गरेपछि यो […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वकप इतिहासमा सर्वाधिक उपाधि जित्ने ब्राजिल यसपटक पनि उपाधि दावेदारको रुपमा रहेको छ । तर यसपटक टोलीलाई समूह चरणमा सचेत हुनुपर्ने देखिन्छ । ब्राजिलको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण छ । तर मिडफिल्डमा भने टोलीलाई केही कठिनाइ पर्ने देखिन्छ । आक्रमणमा भरपुर विकल्प […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेल हुँदैछ । यसपटक समूह जी लाई प्रतियोगिताको सबैभन्दा खुला समूहको रुपमा हेरिएको छ । गत संस्करणको उपविजेता क्रोएसिया र बेल्जियम सम्मिलित यस समूहमा मोरोक्को र क्यानडा आफ्नो छाप बसाउन प्रयासरत हुनेछन् । बेल्जियमको स्वर्णीम पुस्तालाई यसपटक उपाधि जित्ने अन्तिम अवसर छ । तर विगतको तुलनामा […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि सुरु हुँदैछ । समूह चरण अन्तर्गत यसपटक समूह डीमा दुई पूर्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् । जर्मनीलाई यसपटक विश्वकपको दावेदारको रुपमा पनि हेरिएको छ । युरोपेली क्लबका लागि जर्मन खेलाडी उच्च लयमा रहेको र कागजमा टोलीको स्तर पनि निकै राम्रो देखिन्छ । अनुभवी र […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । साविक विजेता फ्रान्स विगतमा उपाधि रक्षा गर्ने टोलीले भोगेको खराब नतिजालाई परिवर्तन गर्ने लक्ष्यसहित समूह डी मा प्रतिस्पर्धा गर्नेछ । त्यसो त विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले महत्त्वपूर्ण खेलाडीको साथ गुमाइसकेको थियो । चोटका कारण टोलीमा मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो […]
November 19, 2022
सुबास हुमागाईं, कतार कतारमा आइतबारदेखि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदैछ । पछिल्लो डेढ दशक विश्व फुटबलमा अधिपत्य जमाएका लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसर छ । त्यसैले पनि समूह सी मा उनै मेस्सी र अर्जेन्टिनाको चर्चा सर्वत्र छ । अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै मेस्सीले अर्जेन्टिनाबाट महत्त्वपूर्ण सफलता हात […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफा विश्वकप कतार २०२२ को पूर्वसन्ध्यामा कतारले विश्वकप सबैलाई कतारमा स्वागत गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष इन्फान्टिनोले अप्रवासी कामदार, समलिंगी, मादक पदार्थ लगायत विविध विषयमा आफ्नो धारणा प्रस्तुत गरेका हुन् । अध्यक्ष इन्फान्टिनोको भनाइ यसप्रकार रहयो : कतारमा सबैलाई स्वागत छ । मैले कतारको उच्च […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप उद्घाटनको पूर्व सन्ध्यामा विश्वकपको तयारी र यसको परिपेक्षमा रहेर आफ्नो धारणा प्रस्तुत गरेका छन् । पत्रकार सम्मेलनमा इन्फान्टिनोले विशेषगरी अप्रवासी कामदारको विषयमा पश्चिमी मिडियामा भएको चर्चाबारे आफ्नो राखेको धारणा यसरी राखे : पछिल्लो केही महिना यता शान्त रहेको थिएँ । तर विश्वकप सुरु हुने एक दिन अघि […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने देखिएको समूह बीमा प्रिमियर लिग खेल्ने खेलाडीको भरमा तीन टोली छन् । इंग्ल्यान्डको टोलीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका मिडफिल्डर जुड बेलिंघमबाहेक सबै खेलाडी प्रिमियर लिगका हुन् । गत संस्करणको युरोपेली च्याम्पियनसिपमा फाइनल र सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको इंग्ल्यान्ड यसपटक […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वभरबाट छनोट चरण खेलेर ३२ राष्ट्रले फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो पटक विश्वकपमा सहभागी कतार सम्मिलित समूह ए विश्वकपमा सबैभन्दा कम प्रतिस्पर्धा हुने समूहको रुपमा लिइएको छ । तर कतारले घरेलु मैदानमा सेनेगल, इक्वेडर र नेदरल्यान्ड्सलाई सहजै नतिजा सुम्पने देखिदैन । आयोजक कतारले […]