default_image

फिफा विश्वकप

November 16, 2022

मानेले विश्वकपको पहिलो खेल गुमाउने

एजेन्सी – खुट्टाको चोटका कारण सेनेगलका फरवार्ड साडियो मानेले फिफा विश्वकप कतार २०२२ को पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसन (एफएसएफ) ले आफ्नो मुख्य फरवार्ड मानले चोटका कारण पहिलो खेल गुमाउने बताएको छ ।जर्मन क्लब बायर्न म्युनिखका फरवार्डलाई गत साता चोटका बावजुत पनि टोलीमा समावेश गरिएको थियो । जर्मन च्याम्पियन्स बायर्नले ३० […]

November 15, 2022

ब्राइटनका तीन खेलाडी इक्वेडरको विश्वकप टोलीमा

एजेन्सी – इंग्लिस क्लब ब्राइटनका तीन खेलाडीले इक्वेडरको विश्वकप टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक गुस्ताभो अलफारोको विश्वकपको लागि २६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा ब्राइटनबाट खेल्ने लेफ्टब्याक पर्भिस एस्टुपिनान, मिडफिल्डर मोइसेस काइसेडो र जेरेमी सार्मिएन्टोले स्थान बनाएका छन् । ३५ गोलका साथ सर्वाधिक गोलकर्ता रहेका एनर भ्यालेन्सियाको कप्तानीमा इक्वेडरले कतार विश्वकप खेल्नेछ […]

November 15, 2022

मेक्सिकोको विश्वकप टोली घोषणा

एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो । यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन् । नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन् । मेक्सिको […]

November 15, 2022

फरक देशबाट विश्वकप खेल्दै साख्य दाजुभाइ

एजेन्सी – आफ्नो देशका लागि विश्वकप खेल्ने जुनसुकै खेलाडीको सपना हुन्छ । अझ एकै खेलमा लागेका परिवारका सदस्य छन् भने, सँगै विश्वकप खेल्नु निकै विशेष मानिन्छ । यसपटक फिफा विश्वकप २०२२ कतारमा दाजु इनाकी विलियम्स र भाइ निको विलियम्स विश्वकपमा खेल्दैछन् । तर फरक देशको जर्सीमा । दाजु इनाकीले आफ्नो बुवा-आमाको जन्मदेश घानाबाट खेल्दैछन् । […]

November 15, 2022

चोटको बावजुत सलमान साउदी अरेबियाकाे टाेलीमा

एजेन्सी – एसियाली पावर हाउस साउदी अरेबियाले कतारमा एक सातापछि हुने फिफा विश्वकपको लागि आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक हर्भ रेनार्डले काँधको चोटको बावजुत प्रभावशाली मिडफिल्डर तथा कप्तान सलमान अल फारालाई आफ्नो २६ सदस्यीय टोलीमा समावेश गरेका छन् । कप्तान अल फारालाई आइसल्याण्डसँग १–१ को बराबरीको खेलमा पहिलो हाफमा परिवर्तन गरेको थियो […]

November 15, 2022

फ्रान्सले थुरामलाई टोलीमा समेट्यो

एजेन्सी – साविकको विश्व विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ का लागि फरवार्ड मार्कुस थुरामलाई टोलीमा समेटेको छ । योसँगै फ्रान्सको टोलीले पूर्णता पाएको छ । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले गत साता २५ सदस्यीय टोलीको घोषणा गर्दै एक खेलाडी अर्काे साता थप्ने बताएको थियो । चोटका कारण प्रेसनेल किमपेम्वे बाहिरिदा अनक्याप्ड एक्सेल डिसासीलाई पनि […]

November 14, 2022

अलफन्सो र जोनाथनलाई समेट्दै क्यानडाको टोली घोषणा

एजेन्सी – बायर्न म्युनिखका फरवार्ड अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडलाई समेट्दै क्यानडाले फिफा विश्वकप कतार २०२२ को लागि टोली घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक जोन हर्डम्यानले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । बायर्न म्युनिखका स्टार अलफन्सो डेभिस र लिलका फरवार्ड जोनाथन डेभिडसम्मिलित क्यानडाले सन् १९८६ पछि पहिलो विश्वकप खेल्दैछ । […]

November 14, 2022

इरानको विश्वकप टोली घोषणा

एजेन्सी – अर्काे सातापछि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि एसियाली राष्ट्र इरानले आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । निकारागुआविरुद्धको खेलमा बिहीबार ग्रोइनमा चोट लागेका ओमिद इब्राहिमी यस सूचीमा अनुपस्थित छन् । इरानले आफ्नो अन्तिम अभ्यासमा कतारको दोहामा २०२२ को विश्वकप […]

November 12, 2022

सनको कप्तानीमा दक्षिण कोरिया

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड ह्युङ मिन सनको कप्तानीमा दक्षिण कोरियाले फिफा विश्वकप कतार २०२२ को लागि टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हो । च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन् । […]

November 12, 2022

३८ वर्षमा डेब्यु अनि पहिलो विश्वकप

एजेन्सी – सामान्यतया फुटबलमा ३५ वर्ष काटेपछि कमै खेलाडीले सक्रिय खेल जीवन बिताउँछन् । ३० वर्ष पार गरेपछि क्लब फुटबलमा ध्यान दिन राष्ट्रिय टोलीबाट सन्न्यास लिनेको संख्या धेरै छ । तर नेदरल्यान्ड्सका रिमको पस्भीरको गाथा भने पृथक छ । क्लब फुटबलमा सुरुवाती रोजाइमा पर्न संघर्षरत पस्भीरले एक वर्षको अन्तरमा आफूलाई आयाक्सको सुरुवाती रोजाइ हुँदै डेब्यु […]

Success

Thank you for your time.