November 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डिस मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ प्रत्यक्ष प्रसारण २ के रिजोलुसनमा गर्ने भएको छ । यससँगै डिश होमले विश्वकप लक्षित गर्दै फिल द म्याजिक अफ फुटबल इन डिश होम अभियान पनि सुरु गरेको छ । नेपालको एक मात्र डीटिच कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण उच्च स्तरमा […]
November 18, 2022
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत स्पेनले बार्सिलोनाका युवा लेफ्ट ब्याक आलेहान्द्रो बाल्डेलाई टोलीमा समावेश गरेको छ । प्रशिक्षक लुइस एनरिकेले भ्यालेन्सियाबाट खेल्दै आएका जोसे गया घाइते भएपछि उनको स्थानमा बाल्डेलाई समेटेका हुन् । एनरिकेले गाया चोटबाट ठिक भएर फिटनेस प्राप्त गर्न समय लाग्ने देखेपछि उनको स्थानमा १९ वर्षीय बाल्डेलाई बोलाएका हुन् […]
November 18, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ । यस संस्करणको ग्रुप अफ डेथको रुपमा लिइएको समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना भिड्नेछन् । आ-आफ्नो महादेशका बलिया टोली सबै नकआउट चरणमा पुग्ने सम्भावना बोकेका टोली हुन् । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा उत्रने पोर्चुगल आफ्नो कप्तानलाई अन्तिम विश्वकपमा सफलता […]
November 18, 2022
एजेन्सी – सेनेगलका कप्तान तथा महत्वपूर्ण फरवार्ड साडियो माने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिने पक्का भएकाे छ । यससँगै सेनेगलले मानेविनै विश्वकप खेल्नुपर्ने भएपछि ठूलो झड्का लागेको छ । दुई साताअघि जर्मन बुन्ड्सलिगा दौरान वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका कप्तान मानेलाई सेनेगल फुटबल फेडेरेसनले चोटका बावजुत टोलीमा समावेश गरेको थियो । । तर बिहीबार […]
November 18, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ शुरु नहुँदै उपाधि दावेदार टोलीको रुपमा हेरिएको अर्जेन्टिनाका दुई खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । फरवार्डद्वय जोआक्विन कोरेआ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन् । उनीहरुको स्थानमा अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) ले एन्जल कोरेआ र थियागो अल्माडालाई टोलीमा समावेश गरेको छ । बिहीबार फरवार्ड निकोलस […]
November 17, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा जर्मनी र पोल्यान्डले सफलता हात पारेका छन् । जर्मनीले एसियाली प्रतिद्धन्द्धी ओमानमाथि १–० को झिनो जित निकालेको हो । जर्मनीको जितमा दोस्रो हाफमा परिवर्तित खेलाडी निकलस फुलक्रुगले गरेको गोल नै निर्णायक बन्यो । ४६औं मिनेटमा युसोउफा मौकोकोको स्थानमा मैदान छिरेका निकलसले ८०औं मिनेटमा काई हाभर्टजको […]
November 17, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी संयुक्त अरब इमिरेट्स (युएईं) लाई ५–० को भारी अन्तरले पराजित गरेको हो । युएईंको मैदान मोहम्मेद विन जायदमा अर्जेन्टिनाको फराकिलो जितमा एन्जल डि मारियाले दुई तथा जुलियन अल्भारेज, लियोनेल मेस्सी र जोअक्विन कोरेआले समान एक […]
November 16, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सर्वाधिक अनुभवी खेलाडीका रुपमा रहेका छन् । सन् २००६ यता नियमित विश्वकप खेलिरहेका मेस्सी पाँचौ विश्वकप खेल्ने तयारीमा छन् । मेस्सीले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन् । सन् २०१४ मा फाइनलमा पराजित अर्जेन्टिना गत संस्करण भने फ्रान्ससँग राउन्ड अफ १६ मा पराजित भएको […]
November 16, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा सबै टोली अन्तिम तयारीमा छन् । अन्तिम टोली पक्का भएसँगै अबको ध्यान सुरुवाती ११ छनोटमा रहेको छ । विश्वकपमा सहभागी खेलाडीमध्य सबैभन्दा कान्छा खेलाडी जर्मनीका युसुफा मौकोको भने राष्ट्रिय टोलीबाट डेब्युको प्रतिक्षामा छन् । सन् २००४ नोभेम्बर २० मा जन्मेका मौकोको विश्वकपको उद्घाटन खेलको दिन १८ वर्ष पुग्दैछन् […]
November 16, 2022
एजेन्सी – याे सिजन उच्च लयमा रहेका प्रभावशाली फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिएका छन् । प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनी विश्वकपबाट बाहिर रहने भएका हुन् । २५ वर्षीया एनकुन्कु यो सिजन जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगका शीर्ष गोलकर्ता हुन् । यो सिजन बुन्डेसलिगाको १५ खेलमा १२ गोल गरेका छन् । मंगलबार प्रशिक्षण […]