default_image

फुटबल

October 27, 2019

बार्सिलोनालाई उछिन्दै ग्रानडा ला लिगाको शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले पराजित गर्दै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ग्रानडाको जितमा बेटिसकै पुर्व खेलाडी अल्भारो भाडील्लोले गोल गरेका थिए । उनले ६१ औं मिनेटमा गोलरक्षक जोल रोबल्सलाई पहिलो पोस्टमा बिट गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै ग्रानडाले अग्रता दोब्बर पार्ने अवसर पाएपनि […]

October 27, 2019

‘साग खेल्ने फुटबल टोली जोशिलो छ’- कप्तान सुजल

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अर्को मैत्रीपूर्ण खेल तय हुन सके त्यसले टोलीको जोश अझै बढ्ने नेपाली यू २३ फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ बताएका छन् । म्यानमारको यू २२ विरुद्धको शुक्रबार कतारको दोहामा मैत्रीपूर्ण खेल खेलेर आइतबार स्वदेश फर्केपछि सुजलले भने, ‘युवा टोली पुरै […]

October 27, 2019

लेवान्डोस्कीको कीर्तिमानसँगै बायर्न शीर्षस्थानमा

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले कीर्तिमान रचेपछि बायर्न म्युनिखले शनिबार युनियन बर्लिनलाई २-१ ले पराजित गरेको छ । लेवान्डोस्कीले बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा नै लगातार गोल गर्दै कीर्तिमान राखेका हुन् । खेलको पहिलो हाफमा नै बेन्जामिन पाभार्डको गोलमा बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नको अग्रता […]

October 27, 2019

पुलिसिकको ‘पर्फेक्ट ह्याट्रिक’ मा चेल्सी विजयी

एजेन्सी – अमेरिकी विंगर क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेसँगै इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार चेल्सीले बर्नलीको घरेलु मैदानमा ४-२ को जित दर्ता गरेको छ । पुलिसिकले खेलको २१ औं मिनेटमा सानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट उनले बल जितेर त्यसै बललाई पोस्टसम्म लाग्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा […]

October 27, 2019

रियललाई उछिन्दै एटलेटिकोद्वारा बार्सिलोनासँग बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा एटलेटिको म्याड्रिडले घरेलु मैदानमा एथ्लेटिक बिल्बाओलाई २-० ले पराजित गरेको छ । यससँगै एटलेटिकोले अंक तालिकामा रियल म्याड्रिडलाई उछिन्दै शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । दोस्रो मिनेटमा नै एटलेटिकोका गोलरक्षक जान ओब्लाकले इनिगो मार्टिनेजको हेडर बचाउँदै खेल गोलरहित राखेका थिए । खेलको २८ औं मिनेटमा साउल […]

October 26, 2019

सिल्भाको कीर्तिमानमा सिटीको जित

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा एस्टन भिल्लालाई ३–० ले हराएको छ । सिटीको जितमा रहिम स्टर्लिङ, डेभिड सिल्भा र इके गोन्डुगोनले गोल गरेका थिए । सिल्भाले क्लबबाट कीर्तिमानी २ सय ६७ औं पटक पहिलो रोजाइमा प्रिमियर लिग खेलेका छन् । पहिलो हाफमा गोल गर्न नसकेपछि सिटीले दोस्रो हाफको सुरुवात मै गोलको […]

October 26, 2019

रोनाल्डोविना युभेन्टस बराबरीमा रोकियो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा साविक विजेता युभेन्टस लेच्चेसँग बराबरीमा रोकिएको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा युभेन्टस लिगको तल्लो स्थानमा रहेको लेच्चेसँग १-१ को बराबरीमा रोकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका […]

October 26, 2019

पुलिसलाई जेसीज विकास रनिङ शिल्ड उपाधि, रवि सर्वोत्कृष्ट

विनोदबाबु रिजाल,भरतपुर विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायगढको क्याम्पाचौरमा शनिबार भएको फाइनल घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा ४–२ को जित निकाल्दै पुलिसले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न […]

October 26, 2019

यू २३ फुटबल टोली भोली फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– कतारबाट यू २३ को फुटबल टोली आइतबार स्वदेश फर्कने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको फुटबल टोली म्यानमारको यू २२ टोलीसँग मैत्रीपूर्ण खेलका लागि कतार पुगेको थियो । कतारमा शुक्रबार साँझ भएको खेलमा २–२ […]

October 26, 2019

रियलका रोड्रीगो ब्राजिलियन टोलीमा, नेयमार परेनन्

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड रोड्रीगो पहिलोपटक ब्राजिलियन राष्ट्रिय फुटबल टोलीमा परेका छन् । प्रशिक्षक टिटेले मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा नेयमार भने चोटका कारण विश्राम दिएका छन् । ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत नोभेम्बर १५ मा साउदी अरेबियामा हुने खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । त्यसको ४ दिनपछि नै ब्राजिलले आबुधबीमा हुने खेलमा दक्षिण […]

Success

Thank you for your time.