default_image

फुटबल

September 24, 2019

मेस्सीलाई ‘द बेस्ट’ अवार्ड

एजेन्सी – बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड हात पारेका छन् । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् । मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा […]

September 23, 2019

महिला फुटबल टोली भोली पोखरा जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल महिला राष्ट्रिय टोली प्रशिक्षणका लागि पोखरा जाने भएको छ । स्वदेशमा मंसिर १५ गतेदेखिन २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी थालेको छ । त्यहि सिलसिलामा महिला टोली पोखरा जान लागेको हो । पोखरामा नेपाली सेना र सहरा क्लबले […]

September 23, 2019

भुटानकै भरोसा

सुबास हुमागाईं, काठमाडौं साफ यू-१८ च्याम्पियनसिप सुरु हुने पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठलाई एक प्रश्न सोधेको थिएँ । ‘सहज समूह छ, सेमिफाइनलमा एकैपटक भारत वा बंगलादेशसँग खेल्न पर्दा केहि कठिन होला कि ?’ प्रश्न सकिन नपाउँदै प्रशिक्षक श्रेष्ठले यस्तो जवाफ दिए, ‘एकदम राम्रो प्रश्न गर्नुभयो । सेमिफाइनलमा एकदम गाह्रो हुन्छ । चार […]

September 23, 2019

भारतलाई रोक्दै बंगलादेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत साविकको उपविजेता बंगलादेश समूह बी बाट सेमिफाइनल गर्ने पहिलो टोली बनेको छ । सोमबार हल्चोकस्थित एपीएफ मैदानमा भएको खेलमाउपाधिको बलियो दावेदार भारतलाई गोलरहित बराबरीमा रोक्दै बंगलादेशले अन्तिम ४ मा स्थान पक्का गरेको हो । यसअघि समूह बीको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । […]

September 23, 2019

बेन्जेमाद्वारा मेस्सीसँग बराबरी

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले आइतबार सेभिल्लाविरुद्ध खेलमा गोल गर्दै यस वर्ष गोल गर्ने सुचिमा बार्सिलोना कप्तान लिओनेल मेस्सीसँग बराबरी गरेका छन् । बेन्जेमाको एकमात्र गोलमा रियलले सेभिल्लालाई पराजित गर्दै लिगमा महत्त्वपूर्ण ३ अंक हासिल गरेको थियो । जिनेदिन जिदानका लागि पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका बेन्जेमाले उक्त गोलसँगै सन् २०१९ मा गोलसंख्या […]

September 23, 2019

फिफाको ‘द बेस्ट’ अवार्ड समारोह आज

एजेन्सी – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आयोजना गर्ने वार्षिक अवार्ड समारोह ‘द बेस्ट’ अन्तर्गत विभिन्न विधामा आज अवार्ड वितरण हुँदैछ । यसपटक सबैको नजर पुरुष फुटबलतर्फ अवार्ड कसले जित्छन् भन्नेमा हुनेछ । पुरुषतर्फ अवार्डका लागि युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र लिभरपुलका डच डिफेन्डर भर्जील भान डाइक प्रतिस्पर्धामा […]

September 23, 2019

स्टर्लिङ विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् !

एजेन्सी – बार्सिलोनाका महान खेलाडी जाभीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि राहिम स्टर्लिङ विश्वका उत्कृष्ट खेलाडी हुन सक्ने सम्भावना रहेको बताएका छन् । जाभीका पूर्व क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीका स्टर्लिङले गत सिजन २५ गोल गरेका थिए । यो सिजन पनि उनले ६ गोल गरिसकेका छन् । ‘वर्षौदेखि मेस्सी र रोनाल्डोले […]

September 23, 2019

नेपोलीको प्रभावशाली जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले प्रभावशाली जित निकालेको छ । घरेलु टोली लिसमाथि नेपोलीले ४–१ को प्रभावशाली जित निकालेको हो । आइतबार राति भएको खेलमा नेपोलीको प्रभावशाली जितमा फर्नान्डो लोरेन्टेले दुई तथा लोरेन्जे इनसिग्ने र फावियनले समान एक गोल गरे । घरेल टोलीका मार्काे मनकोसुले सान्त्वना गोल फर्काए । नेपोलीले खेलको २८औं मिनेटमा […]

September 23, 2019

डर्टमन्ड बराबरीमा रोकियो

एजेन्सी – इन्ज्युरी समयतिर आत्मघाती गोल भएपछि जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले फ्रन्कफर्टसँग बराबरी खेल्दै अंक बाँडेको छ । फ्रन्कफर्टको मैदानमा आइतबार राति भएको खेलमा डर्टमन्ड २–२ गोलको बराबरीमा रोकिएको हो । डर्टमन्डका एक्सेल विस्टेल र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका आन्द्र सिल्भाले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ११औं […]

September 23, 2019

नेयमारको निर्णायक गोलमा पीएजसी विजयी

एजेन्सी – सुपरस्टार फरवार्ड नेयमारले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा विजयी भएको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा १–० ले हराएको हो । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण ३ अंक दिलाएको हो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलका लागि निकै संघर्ष […]

Success

Thank you for your time.