January 29, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – धरान फुटबल क्लबसँग क्वाटरफाइनलमा पराजित हुँदै त्रिभुवन आर्मी क्लब १६ औं आहा-रारा कपको पहिलो खेलमा बाहिरिन पर्यो । खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो खेलाडीहरुले धरानलाई सहजताको साथमा लिएकोले हार बेहोर्नु परेको बताए । त्यस्तै धरानका प्रशिक्षक अशोक राईले भने पहिलो खेलमा इटहरी गोल्डकपमा थाकेका खेलाडीले पर्याप्त विश्राम पाएपछि राम्रो खेलेको […]
January 28, 2018
अर्जुन कार्की बागलुङ– सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि आइतबार सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफि तथा प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको छ । ट्रफि र नगरपालिकाको जर्सि नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक गरे । प्रदेश नम्बर […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ । निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज […]
January 28, 2018
पोखरा ( हाम्रो खेलकुद)- त्रिभुवन अार्मी क्लब टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-४ पराजित हुँदै अाहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो । पहिलो हाफमा पुरै समय विपीलाई दबाबमा राखेको अार्मीले खेलको १८ अौं मिनेटमा अग्रता लिएको थियो । अार्मीका लागि एरिक विष्टको […]
January 28, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोको क्लब छोड्ने हल्ला केहि समययता निकै चर्चामा रहेको छ । त्यस हल्ला माझ रोनाल्डोले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । रोनाल्डोले आफू रियल म्याड्रिडमा खुसी रहेकाले क्लबमै बस्ने जनाएका छन् । यस सिजन राम्रो लयमा नरहेका रोनाल्डोले अर्को सिजनका लागि म्यानचेस्टर युनाइटेड जान सक्ने विभिन्न समाचारमा […]
January 28, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो । उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री […]
January 28, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई पटक पेनाल्टी गोल गरे । उनले १६ अौं र ३२ अौं मिनेटमा पाएको अवसरको सदुपयोग गर्दै रियललाई २-० को अग्रता दिलाए । दोस्रो हाफको ५८ अौं मिनेटमा […]
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् । टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी […]
January 27, 2018
इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ । थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे […]