default_image

फुटबल

January 7, 2018

युरोपियन लिगमा सर्वाधिक सफल तीन खेलाडिहरुको साझेदारी

पेरिस (एजेन्सी)– युरोपियन फुटबलमा यो सिजन धेरै अविश्वसनिय प्रदर्शन भएका छन् । कतिपयले फुटबलका यी तथ्याङ्कलाई अनुमान समेत गरेका थिएनन् । सिजनको मध्यतिर आइपुग्दा केहि क्लबमा उत्कृष्ट साझेदारी देखिएको छ । खास गरि अग्रपंक्तिमा तीन जना खेलाडि रहेको टोली झनै सफल देखिएका छन् । यहाँ युरोपियन लिगका शीर्ष ५ साझेदारी यस्तो छ : १. काभानी, […]

January 7, 2018

गोल्ड कपको पुरस्कार राशीमा प्रतिस्पर्धा – इटहरी गोल्ड कपमा १२ लाख

दिपक बोहोरा इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ । मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । […]

January 7, 2018

सिटी एफए कपमा विजयी, चेल्सी रोकियो

म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर सिटीले बर्नलीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गरे । खेल सिटीको पकडमा रहे पनि खेलको २५ औं मिनेटमा बर्नलीका एस्लि बार्न्सले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए । पहिलो हाफ बर्नलीको पक्षमा १-० रहेको अवस्थामा दोस्रो हाफमा सिटीले […]

Liverpool Training Session

January 6, 2018

कौटिन्हो १ सय ६० मिलियन पाउन्डमा बार्सिलोना जाँदै

बार्सिलोना (एजेन्सी) – प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडि फिलिप कौटिन्होलाई बार्सिलोनाले १ सय ६० मिलियन पाउन्डमा भित्राउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर भोलिसम्म आधिकारिक रुपमै पक्का हुने छ । कौटिन्हो शनिबार राति नै सम्झौता पक्का गर्न बार्सिलोना जाँदै छन् । कौटिन्होले यस अघि एभर्टनसँगको एफए कप खेलबाट आफ्नो […]

default_image

January 6, 2018

बेललाई बढी मौका दिने जिदानको निर्णय

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले विंगर गेराथ बेललाई टोलीमा नियमित मौका दिने निर्णय गरेको बताइएको छ । त्यसको अर्थ स्पेनिस मिडफिल्डर इस्को फेरि पहिलो रोजाइमा नभई बेन्चमा पर्नेछन् । बेल घाइते हुँदा इस्कोले मौका पाउँदै आएका थिए । गत सिजनको अधिकांश समय बेल चोटग्रस्त थिए । जसका कारण इस्कोले बढी मौका पाए । […]

costa red

January 6, 2018

[भिडीयो] – गोल गरे लगत्तै कोस्टालाई रातो कार्ड

म्याड्रिड (एजेन्सी) – चेल्सीबाट समरमा एट्लेटिको म्याड्रिड पुगेका डिएगो कोस्टा खेल्नका लागि जनवरी विन्डोसम्म प्रतिक्षा गर्नु परेको थियो । एट्लेटिको माथिको कारवाही अवधि सकिएपछि मात्र कोस्टासँगको सरुवा औपचारिक रुपमा पुरा भएको थियो । एट्लेटिकोमा पुनरागमनपछि दुई खेलमा प्रभाव छाड्न सफल भएका कोस्टा अर्को खेलमा भने प्रतिबन्धमा हुने भएका छन् । एट्लेटिको फर्किएपछि लगातार दोस्रो खेलमा […]

January 6, 2018

एन्फा कोषाध्यक्ष शाह काठमाडौं जिल्ला अध्यक्षमा निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला फुटबल संघको साधरणसभाले विराटजंग शाहीको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष समेत रहेका शाह डेढ दशकभन्दा लामो समयदेखि जिल्ला संघको अध्यक्ष रहेका छन् । चार वर्षे कार्यकालका लागि उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र नविन महर्जन रहेका छन् । सदस्यमा […]

January 6, 2018

एपीएफ खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लब धनगढीमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा शनिबार भएको खेलमा एपीएफले सहारा क्लब पोखरालाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एपीएफलाई क्वार्टरफाइनलमा पुर्‍याउन गोलरक्षक राजु […]

January 6, 2018

म्यानचेस्टर सिटी एफए कपमा बर्नलीको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको म्यानचेस्टर सिटी आज इङ्ग्लिस एफए कपमा बर्नलीको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार बेलुकाको ८.४५ बजे सुरु हुने छ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना केहि महत्त्वपूर्ण खेलाडिहरुलाई विश्राम दिने देखिन्छ । त्यसैले सिटीको सुरुवाती ११ मा केहि […]

barkley

January 6, 2018

बार्क्ली चेल्सीसँग आबद्ध

लन्डन (एजेन्सी) – चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा पहिलो खेलाडीको रुपमा एभर्टनबाट रोस बार्क्लीलाई अनुबन्ध गरेको छ । २४ वर्षीय इङ्लिस् मिडफिल्डरका लागि चेल्सीले १५ मिलियन पाउन्ड खर्चिएको हो । एभर्टनसँगको सम्झौतामा ६ महिना मात्र बाँकी रहेको बार्क्लीले चेल्सीसँग आबद्ध हुन पाउँदा खुशी रहेको बताए, ‘चेल्सी जस्तो क्लबबाट नयाँ सुरुआत गर्न पाउँदा म धेरै उत्साहित छु । […]

Success

Thank you for your time.