default_image

फुटबल

October 24, 2017

फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

लण्डन (एजेन्सी) – पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो।  फिफा ब्यालन डो’रबाट फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन्।   […]

October 24, 2017

फिफा प्रो वर्ल्ड ११ को घोषणा

लण्डन (एजेन्सी)- आज लण्डनमा जारी फिफा उत्कृष्ट फूटबल अवार्डको समारोह बिच यस बर्षको उत्कृष्ट ११ खेलाडिको सुची सार्वजनिक गरिएको छ। यसै गरी सेल्टिक समर्थकहरुले उत्कृष्ट फ्यानको अवार्ड प्राप्त गरे।   फिफा विश्व ११: बुफन; बोनुचि, रामोस, मार्सेलो, आल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, नेयमार

October 23, 2017

एन्फा केन्द्रिय समितिको निर्वाचन माघ ११ मा

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन पूर्व निर्धारित समय भन्दा झन्डै तीन साता पछि हुने भएको छ । एन्फाले माघ ११ गतेलाई केन्द्रिय कार्यसमितिको मिति तय गर्दै निर्वाचनका लागि दुई वटा समिति गठन गरेको छ । यसअघि पुस २३ गतेका लागि निर्वाचन तय थियो । अबको निर्वाचनले चार वर्षका लागि १७ […]

October 23, 2017

अनन्त जीवनलाई ढुंखर्क फाइभ ए साइड फुटबल उपाधि

बेथानचोक/काभ्रे (हाम्रो खेलकुद)– अनन्त जीवन युवा क्लबले ढुंखर्क फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कको पार्वती माविको मैदानमा आइतबार पेप्सी ब्वाइजलाई टाइब्रेकरमा ३–२ ले हराउँदै अनन्त जीवनले उपाधि जितेको हो । निर्धारित ६० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । अनन्त जीवनले २–० को अग्रता जोगाउन नसक्दा […]

celebrate Three Star

October 23, 2017

एएफसी क्लब च्याम्पियनसिपका लागि रुस्लान थ्री स्टारको नाम सिफारिस

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबलाई एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिफारिस गर्ने निर्णय गरेको छ । एन्फाको नयाँ निर्वाचनको मिति तोक्न सोमबार बसेको एन्फा केन्द्रिय समितिको बैठकले थ्री स्टारलाई पठाउने निर्णय लिएको हो । एन्फाको गल्तिका कारण गत वर्ष पहिलो चरण पार गरेर पनि एएफसी कप […]

October 23, 2017

१० खेलाडिमा सीमित युभेन्टसको ६ गोल, खेडिराको ह्याट्रिक

उडिन (एजेन्सी) – इटालियन सेरिआमा गए राति साविक विजेता युभेन्टसले उडिनिसलाई ६-२ ले हराएको छ । युभेन्टसको आकर्षक जितमा मिडफिल्डर सामि खेडिराले आफ्नो करियरको पहिलो ह्याट्रिक पनि गरे । घरेलु टोली उडिनिसले आठौं मिनेटमा सेटिप पेरिकाद्वारा खेलमा अग्रता लिएको थियो । तर उडिनिसका डिफेन्डर समिरको आत्मघाती गोलले युभेन्टस खेलमा फर्केको थियो । त्यस्तै बीसौँ मिनेटमा […]

October 23, 2017

ला लिगामा एबार विरुद्ध रियल म्याड्रिडको सहज जित

म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिडले गए राति स्पेनिश ला लिगामा एबार विरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । रियलको जितमा मार्को एसेन्सियो र मार्सेलोले गोल गरेका थिए भने अर्को गोल एबारका खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । घरेलु टोली खेलको १८ औं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । मार्को […]

October 23, 2017

पिएसजी रोकियो, नेयमारलाई रातो कार्ड

मार्से (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्से विरुद्ध संघर्षपूर्ण बराबरी खेलेको छ । यस खेलमा पिएसजीका स्टार खेलाडि नेयमारले एक गोल गरेका थिए भने दोस्रो हाफमा रातो कार्ड पाउँदै मैदान पनि छोड्नु परेको थियो । खेलको १६ मिनेटमै लुइज गुस्ताभोको ३०-यार्ड टाढाको प्रहारद्वारा मार्सेले पिएसजी विरुद्ध अग्रता […]

October 22, 2017

लिभरपुल विरुद्ध टोटनह्यामको शानदार जित, केनको दुई गोल

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा टोटनह्याम हटस्परले लिभरपुललाई ४-१ ले हराएको छ । टोटनह्यामको जितमा स्ट्राइकर ह्यारी केनले दुई गोल तथा डेले अल्ली र हिउङ मिन सन एकएक गोल गरेका थिए । डिफेन्डर केरन ट्रिप्पियरको पासमा लिभरपुलका गोलकिपर सिमोन मिन्योलेटको गल्तीको फाइदा उठाउँदै ह्यारी केनले चौथो मिनेटमै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यस्तै बाह्रौँ मिनेटमा […]

October 22, 2017

एभर्टन विरुद्ध आर्सनलको ५ गोल 

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आर्सनलले एभर्टनमाथि ५-२ को रोमाञ्चक जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्सनलले सो जित दर्ता गरेको हो । एभर्टनका वायन रुनीले खेलको बाह्रौँ मिनेटमा गोल गर्दै घरलु टोली एभर्टनलाई अग्रता दिलाएका थिए । आर्सनल विरुद्ध यो रुनीको पन्ध्रौँ गोल थियो । तर नाचो मोनरियालले ४० […]

Success

Thank you for your time.