October 22, 2017
मार्से (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज अंक तालिकाको पहिलोमा रहेको अपराजित पिएसजी (पेरिस सेन्ट जर्मन)ले चौथोमा रहेको मार्सेको सामना गर्दै छ । नेपाली समय अनुसार १२.४५ बजे सुरु हुने यस खेल मार्सेको घरेलु मैदान स्टाडे भेलोड्रोममा खेलिने छ । पिएसजीका लागि कप्तान थियागो सिल्भा सामान्य चोटिल रहेका छन् त्यसैले प्रशिक्षक उनाइ एम्रीले उनलाई […]
October 22, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको तेस्रो स्थानमा रहेको रियल म्याड्रिड आज खराब लयमा रहेको एबारको सामना गर्दै छ । नेपाली समय अनुसार राती १२.३० बजे सुरु हुने यस खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ । रियल बेटिससँगको १-० को हारपश्चात तीन खेल लगातार जित्दै रियल म्याड्रिड राम्रो लयमा देखिएको छ भने आफ्ना पछिल्ला […]
October 22, 2017
लण्डन (एजेनी) – प्रिमियर लिगका उपाधि दाबेदार मानिएका दुई टोली टोटनह्याम र लिभरपुल आज वेम्ब्लीमा भिड्दै छन् । खेल नेपाली समय अनुसार रातीको ८.४५ बजे सुरु हुने छ । तेस्रो स्थानमा रहेको टोटनह्यामले लिगका पछिल्ला ३ खेलमा जित दर्ता गरेको छ भने आठौँमा रहेको लिभरपुलको पछिल्लो दुई खेल बराबरीमा टुङ्गिएको छ । तर लिभरपुल टोटनह्यामसँगको […]
October 22, 2017
बार्सिलोना (एजेन्सी) – ला लिगाको अग्रस्थानमा रहेको बार्सिलोनाले गए राति अन्तिममा रहेको मालागा विरुद्ध २-० को जित दर्ता गरेको छ । घरेलु टोलीको जितमा जेरार्ड डेउलेफेउ र आन्द्रेस इनिएस्टाले गोल गरेका थिए । बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । लुकास डिग्नेको पासको सदुपयोग गर्दै डेउलेफेउले गोलको खाता खोलेका थिए । तर […]
October 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोली टिसी स्पोर्टसले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती महत्वपूर्ण खेल जितेको छ । त्रिपक्षिय उपाधि दौडमा रहेको डिपिएलमा टिसी स्पोर्टस्ले अर्को दाबेदारमध्येको एक माजियालाई २–१ ले हराएको किरणले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् । त्यो जितसँगै टिसी स्पोर्टस् डिपिएल अंक तालिकाको […]
October 21, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नलीसँग ३-० को जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । सिटिका लागि सर्जियो अगुएरो, निकोलस ओटामेन्डि र लेरोय सानेले गोल गरेका थिए । बर्नलीका गोलकिपर निक पोपले बर्नार्डो सिल्भालाई लडाउँदा सिटीले २९ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सर्जियो अगुएरोले […]
October 21, 2017
योर्कशायर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग २-१ ले पराजित भएको छ । हडर्सफिल्डको आश्चर्यजनक जितमा आरोन मोए र लरेन्ट डेपोएट्रेले गोल गरेका थिए । यस सिजन प्रिमियर लिगको सबैभन्दा सफल डिफेन्स रहेको म्यानचेस्टर युनाइटेडको रक्षापंक्ति केही फितलो देखिएको थियो । त्यसको फाइदा उठाउँदै घरेलु टोली हडर्सफिल्डले पहिलो हाफमै दुई गरेको थियो […]
October 21, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा वाटफोर्डसँग ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले यस खेलमा २-१ ले पछि परेको अवस्थालाई उल्ट्याँदै सो जित हात पारेको हो । पेड्रोले बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै खेलको बाह्रौँ मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर वाटफोर्डले पहिलो हाफको अन्तिम […]
October 21, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले अन्तिममा रहेको मालागाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि डिफेन्डर जोर्डि अल्बा घाइते रहेकाले ओलम्पियाकोस विरुद्ध ३-० को जितमा खेलेका लुकास डिग्ने सुरुवात गर्ने […]
October 21, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अंक तालिकाको पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटी आज बर्नलीसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने छ । प्रिमियर लिग विश्लेषक मार्क सदर्न्सले यस साता भनेका थिए, “मैले प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर सिटीजस्तो हरेक खेलमा यसरी हावी हुने टोली देखेकै […]