September 12, 2015
दुई हप्ताअघि साफ यु१९ प्रतियोगिता जित्न सफल युवा राष्ट्रिय टोलीले आज एक रेष्टुरेन्ट उदघाटन गरेको छ| खिचापोखरी स्थित हंग्री ज्याक रेष्टुरेन्टको उदघाटनमा युवा टोलीको सम्पुर्ण खेलाडीहरुको उपस्थिति थियो| उदघाटन कार्यक्रम अघि टोलीको सम्मानमा एक कार्यक्रम पनि आयोजना गरिएको थियो| खिचापोखरी युवा क्लब र खिचापोखरी न्युरोड व्यापार संघको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो| टिमका सबै […]
September 12, 2015
किर्गिस्तान जाने यु१६ टोलीको बिदाईए.एफ्.सीको यु१६ च्याम्पिएनसिपको छनोट चरणमा सहभागि हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ| बगगंलादेशमा आयोजित साफ यु१६ प्रतियोगितामा सेमिफाइनलबाटै भारतसंग पराजित भएको युवा टोलीमा यसपटक चार परिवर्तन गरिएको छ| गोलकिपर उज्वल लिम्बु, डिफेन्डर द्वय असिम भुसाल र पवन कार्की संगै मिडफिल्डर जय गुरुगं टोलीमा पर्न सफल भएका छन्| […]
September 11, 2015
पोखरा, २५ भदौ। कास्की मोडनाइज्ड एकेडेमी, बेथानी बोर्डिङ स्कुल, धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुल पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्। नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शुक्रबार भएको पााचौं प्रिक्वाटरफाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीले टप्स उमाविलाई ४–० ले पराजित गर्यो। छैटौं […]
September 10, 2015
२४ भाद्र हाम्रो खेलकुद | दिपेश तिमल्सिना एन्फाद्वारा नियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सको आगमनसंगै नेपालको खेलशैलीमा परिवर्तन आउन सक्ने बुझिएको छ| भारतविरुद्ध नेपालको खेल हेर्न स्वयं पुणे पुगेका प्याट्रिकले खेलपश्चात नेपालको खेलशैली नेपाली खेलाडीले अवलम्बन गर्न नसक्ने विश्लेषण गरेको बताएका थिए| लामो पास खेलेर अट्याक गर्न खोजेपनि शारिरिक रुपमा विपक्षीभन्दा कमजोर नेपाल भारतसंगको खेलमा फिका […]
September 10, 2015
प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता पोखरा, २४ भदौ। शान्तिदीप बोर्डिङ स्कुल, ताराकुञ्ज बोर्डिङ स्कुल, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौर पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा बिहीबार सम्पन्न पहिलो प्रिक्वाटरफाइनल खेलमा शान्तिदीप बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई […]
September 9, 2015
पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई असन्तुष्ट पक्षलाई नसमेटि साधारण सभा नगर्न अन्तरिम आदेश दिएको छ । अन्तिम फैसला नहुँदा सम्म साधारण सभा नगर्नु नगराउनु भन्ने भदौ १५ को अन्तरिम आदेशलाई निरन्तरता दिदै पुनरावेदनले बुधबार साधारण सभा गर्दा सबैलाई समेट्न आदेश गरेको हो । विधान विपरित साधारण सभा गर्न लागेको भन्दै एन्फाका […]
September 9, 2015
काठमाडौं, भाद्र २३ । अखिल नेपाल फूटबल सघं (एन्फा) को साधारण सभा बारेमा पाटन पुनरावेदन आदलतले आज निर्णय आज सुनाउदै छ । भाद्र १७ मा भएको इजलासले आजको मितिमा फैसला गर्ने निर्णय गरेको थियो । एन्फाकै उपाध्यक्षद्वय कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्बाङको उजुरीमा पुनरावेदनले साधारण सभा रोक्न अन्तरिम आदेश जारी गरेको […]
September 8, 2015
एन्फाले भर्खरै नियुक्त गरेको बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले आजबाट औपचारिक रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन्| पहिलो दिनको प्रशिक्षणमा ३०खेलाडी सहभागी भएका थिए| पहिलो प्रशिक्षण लिएपश्चात हाम्रो खेलकुद डट कमका दिपेश तिमल्सिना ले ओजेम्स संग लिएको छोटो कुराकानी तल प्रस्तुत गरिएको छ: प्र: पहिलो दिनको अभ्यास कस्तो रह्यो? उ: नेपाली टिमले धेरै कुरा परिवर्तन गर्न बाकिं […]
September 8, 2015
२००८ मा पाकिस्तान विरुद्ध मैत्रिपुर्ण खेलमा डेब्यु गरेता विराजले जम्मा एक खेलमा मात्र मैदानबाहिर बसेका छन्| गतसाता पुणेमा भारतसंगको मैत्रिपुर्ण खेलमा ५०औं क्याप जितेका विराज समयसंगै जिम्मेवारी पनि बढ्दै गएको अनुभव रहेको बताउँछन्| “आफु राष्ट्रिय टिममा पर्दा निकै डर लाग्थ्यो, गल्ती हुने हो कि भन्ने डरले खेल नै फरक हुन्थ्यो| तर समयसंगै निकै परिपक्व भएको […]
September 8, 2015
काठमाडौं भदौ २२ गते । निजामति सेवा दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित मैत्रीपूर्ण फुटबलमा ट्रेड युनियन– ११ ले मंगलबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनियनले मुख्य सचिव– ११ लाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि राजेन्द्र महर्जन र दीपेन्द्र केसीले १–१ गोल गरे । मुख्य सचिवका […]