default_image

फुटबल

September 14, 2025

बायर्न म्युनिखको जितमा केनको‌ २ गोल

एजेन्सी – हेरी केनले २ गोल गरेको खेलमा बायर्न म्युनिखले नयाँ बढुवा ह्यामबर्गमाथि ५-० को शानदार जित निकालेको छ। यो जितसँगै बायर्न बुन्डेसलिगाको शीर्ष स्थान मजबुत बनाएको छ। तेस्रो मिनेटमा सर्ज ग्नाब्रीले शक्तिशाली प्रहार गर्दै गोलको खाता खोले। त्यसपछि छैटौं मिनेटमा केनले पास दिएका अलेक्जान्डर पाभ्लोभिचले दोस्रो गोल गरे। २६औं मिनेटमा ह्यामबर्गका अबुबाका सुमाहोरोले ह्यान्डबल […]

September 14, 2025

चेल्सी रोकियो, टोटनहमको जित

एजेन्सी- प्रिमियर लिगमा टोटनहम विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिए छ। टोटेनहमले वेस्ट हम युनाइटेडलाई ३-० ले हरायो। ब्रेन्टफोर्डका फाबियो कार्भाल्हो इन्ज्युरी समयमा गोल गरेपछि चेल्सीविरुद्धको रोमाञ्चक लन्डन डर्बी २-२ को बराबरीमा सकियो। ३५औं मिनेटमा केभिन साडेले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । तर ६१औं मिनेटमा चोटबाट फर्केका कोल पाल्मरले चेल्सीलाई बराबरी गोल गरे। […]

September 14, 2025

रियल म्याड्रिडको विजय यात्रा जारी

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा जितको यात्रालाई निरन्तरता दिएको छ। १० खेलाडीमा सीमित रियलले रियल सोसिडाडमाथि २-१ को जित निकाल्दै लगातार चौथो जित हासिल गरेको छ । एक गोल गरेका किलियन एम्बाप्पेको अर्को गोलमा पनि‌ भूमिका रह्यो। सोसिडाडको डिफेन्सको गल्तीको फाइदा उठाउँदै एम्बाप्पेले १२ औं मिनेटमा पहिलो गोल गरे। तर ३२औं मिनेटमा डिफेन्डर डिन […]

September 13, 2025

न्युक्यासलको पहिलो जित

एजेन्सी – नयाँ खेलाडी निक वोल्टेमाडेको गोलमा न्यूक्यासल युनाइटेडले वुल्भरह्याम्प्टन वान्डरर्सलाई १-० ले हराएर सिजनको पहिलो जित निकालेको छ। स्टुटगार्टबाट क्लब–रेकर्डमा न्युक्यासल पुगेकका वोल्टेमाडेले जेकब मर्फीको क्रसलाई २९ औँ मिनेटमा निर्णायक गोल गरे। यसअघि मर्फीले सहज मौका गुमाएका थिए भने वुल्भ्सका रोड्रिगो गोमेजले खेल सुरु भएको केही क्षणमै खतरनाक प्रयास गरेका थिए। यो जितसँगै एडी […]

September 13, 2025

आर्सनलको जित

एजेन्सी – मार्टिन जुबिमेन्दीले पहिलो पटक प्रिमियर लिगमा गोल गर्ने क्रममा २ गोल गरेपछि आज प्रिमियर लिगमा आर्सनलले नटिङ्घम फरेस्टलाई ३-० ले पराजित गरेको छ । आर्सनलविरुद्ध फरेस्टका नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लुको पहिलो खेल हार सकियो।३२ औँ मिनेटमा जुबिमेन्दीले खेलको सुरुवाति गोल गरे। दोस्रो हाफ सुरु भएको ४७ सेकेन्डमै एबेरेची इजेले तयार पारेको बलमा भिक्टर […]

September 12, 2025

युनाइटेडका गोलकिपर ओनाना लोनमा ट्राब्जोन्स्पोर पुगे

एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर आन्द्रे ओनाना सिजनको बाँकी समयका लागि टर्की क्लब ट्राब्जोन्स्पोरमा लोनमा गएका छन्। युनाइटेडमा पहिलो ३ प्रिमियर लिग खेल नखेलेका २९ वर्षीय ओनानाले यो सिजन केवल काराबाओ कपमा ग्रिम्स्बीविरुद्ध खेलेका थिए। युनाइटेडले उनलाई सन् २०२३ मा इन्टर मिलानबाट ४७.२ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । युनाइटेडबाट १ सय २ खेल खेलेका […]

September 11, 2025

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हरायो

एजेन्सी – वर्षाले प्रभावित पहिलो टि ट्वान्टी खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ। कार्डिफमा ढिला सुरुवातका कारण खेल ९ ओभरमा सीमित भएको थियो। दक्षिण अफ्रिकाले ७.५ ओभरमै ५ विकेट गुमाएर ९७ बनायो ।‌ तर त्यसपछि फेरि पानी पर्न आयो। इंग्ल्यान्डलाई संशोधित लक्ष्यका रुपमा ५ ओभरमा ६९ रन दिइयो। सुरुदेखि आक्रामक हुन […]

September 10, 2025

अर्जेन्टिना इक्वेडरसँग पराजित

एजेन्सी – विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १-० इक्वेडरसँग पराजित भएको छ। पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे। लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे। तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन। ६५औँ मिनेटमा निकोलास ओटामेन्डीले भ्यालेन्सियालाई पछाडिबाट धकेलेपछि रातो कार्ड पाए। यसका कारण उनले […]

September 9, 2025

नेपाल अन्तिम खेलमा‌ पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा पराजित भएको छ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाललाई फिलिपिन्सले ४-० ले हराएको छ । समूह ‘के’ मा नेपाल यसअघि पहिलो खेलमा आयोजक ताजिकिस्तानसँग ४-० र दोस्रो खेलमा सिरियासँग ४-२ ले पराजित भएको थियो ।

September 9, 2025

बंगलादेशको फुटबल टोली आज स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि बंगलादेश राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएको छ। दिउँसो ४ बजे बीमान बंगलादेश एयरलाइन्सबाट बंगलादेश टोली स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा ) ले जनाएको छ। जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण राजधानीको सुरक्षा अवस्था बिग्रिएपि दशरथ रंगशालामा आज साँझका […]

Success

Thank you for your time.