September 9, 2025
एजेन्सी – विश्वकप छनोटमा सोमवार १० खेलाडीमा सीमित कोसोभोसँग स्विडेन २-० ले स्तब्ध भएको छ। कोसोभोले २६औं मिनेटमा एल्भिस रेक्ष्बेकाजमार्फत अग्रता लियो भने कप्तान वेदात मुरीकीले ४२औं मिनेटमा अर्को गोल गर्दै जित पक्का गरे। अतिरिक्त समयमा परिवर्तन खेलाडी लिन्डन एमेरलाहु रातो कार्ड खाँदै बाहिरिए पनि त्यसले नतिजामा प्रभाव पारेन। यो हारपछि स्विडेन समूह ‘बी’ मा […]
September 9, 2025
एजेन्सी – ट्युनिसियाले सोमवार इक्वेटोरियल गिनीलाई मालाबोमा १-० ले हराउँदै सन् २०२६ को विश्वकपका लागि छनोट भएको छ। मोहम्मद बेन रोमह्दानेले इन्ज्युरी समयको चौथो मिनेटमा गरेको निर्णायक गोलले ट्युनिसियालाई समूह ‘एच’ को शीर्ष स्थानमा रहेर विश्व कपमा पुग्यो । यो जितसँगै ट्युनिसियाले ८ खेलमा २२ अंक जोडेको छ। दोस्रो स्थानको नामिबियाभन्दा टोलीको १० अंक बढी […]
September 9, 2025
एजेन्सी – इटालीले विश्वकप छनोटमा सोमवार इजरायललाई ५-४ ले हराएको छ। खेलमा दुई पटक पछि परेको । दुईवटा आत्मघाती गोल खाएको । अन्तिम समयमा बराबरी गोलको सामना गरेपनि इन्ज्युरी समयमा गोल गर्दै इटाली विजयी भयो। नयाँ प्रशिक्षक जेनारो गट्टुसोको नेतृत्वमा इटालीले यसअघि एस्टोनियामाथि ५-० को सहज जित निकालेको थियो। तर यसपटक इजरायलविरुद्धको खेल निकै संघर्षपूर्ण […]
September 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको दशरथ रंगशालामा भोलि साँझका लागि तय दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। राजधानीको सुरक्षा अवस्था बिग्रिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको छ। जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ।भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १९ जनाको मृत्यु भएको […]
September 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंलादेशबीचको भोलि साँझ हुने मैत्रीपूर्ण खेलको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेको छ। छलफलपछि खेल हुन नहुने केहि बेरमा जानकारी गराउने एन्फा महासचिव किरण राईले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। उनले भने, ‘एन्फा पदाधिकारीबीच छलफल जारी छ। केहिबेरमा हामी निर्णय गर्नेछौं।’ जेन जी पुस्ताको प्रदर्शनले उग्ररुप लिएको छ। […]
September 8, 2025
एजेन्सी – जर्मनीले विश्वकप छनोटमा नर्दन आयरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। स्लोभाकियासँग २–० को हार खेपेको केही दिनमै आएको यो जित प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीका लागि राहतपूर्ण रह्यो। बायर्न म्युनिखका सर्ज जिनाब्रीले खेलको सातौं मिनेटमै गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। तर ३४औं मिनेटमा आइजाक प्राइसले गोल गर्दै नर्दन आयरल्यान्डलाई बराबरीमा ल्याए। दोस्रो हाफमा नागेल्सम्यानले […]
September 8, 2025
एजेन्सी – स्पेनले विश्वकप छनोटमा टर्कीलाई ६-० ले पराजित गरेको छ। आर्सनलका मिडफिल्डर मिकल मेरिनोले ह्याट्रिक पूरा गरे गरे। उनले ५७औं मिनेटमा लमिन यामालको पासबाट करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै आफ्नो तेस्रो गोल पुरा गरे। उनले २२ औं मिनेटमा पहिलो र इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।मेरिनोले २०२५ मा स्पेनका लागि खेलेका […]
September 7, 2025
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले छैटौँ विश्वकप खेल्ने अभियान उत्कृष्ट रुपमा सुरु गरेका छन्। विश्व कप छनोटमा शनिवार आर्मेनियाविरुद्ध उनले दुई गोल गरेपछि पोर्चुगलले ५-० ले जित्यो। यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो। जुलाईमा सडक दुर्घटनामा आफ्ना फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि पहिलो अन्तर्राष्ट्रिय खेल थियो। खेल सुरु हुनुअघि मौनधारण गरेर […]
September 7, 2025
एजेन्सी – विश्वकप छनोटमा इङ्ल्यान्डले अन्दोरालाई २-० ले हराउँदै मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा लगातार चौथो जित दर्ता गरेको छ। भिल्ला पार्कमा भएको खेलमा २५औं मिनेटमा अन्दोराका डिफेन्डर क्रिस्टियन गार्सियाले नोनि मादुएकेको क्रसलाई आत्मघाती गोलमा परिणत गरेपछि इङ्ल्यान्डले अग्रता लियो। ६७औं मिनेटमा डेक्लान राइसले रिस जेम्सको क्रसलाई हेड गर्दै दोस्रो गोल गरे। यसअघि अन्दोराका गोलकिपर […]
September 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लगातार दोस्रो हारपछि एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरिएको छ। नेपाललाई आज सिरियाले ४-२ ले पराजित गर्यो। एक पटक लिएको अग्रता जोगाउन सकेन। ताजिकिस्तानमा भएको खेलमा नेपाल विरुद्ध सिरियाले २५ औं मिनेटमा अग्रता बनायो। मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको कमजोरी गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।दोस्रो हाफमा नेपालले आशलाग्दो […]