May 25, 2016
रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ| प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्| तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने […]
May 25, 2016
अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मनोहरा एकीकृत विजयी भएको छ| पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाई ४-२ले पछि परेको मनोहराले आज सानो गौचरणलाई २-१ ले पराजित गर्यो| ३४औं मिनेटमा अखिलेश कार्कीको गोलले अगाडी बढेको गौचरणले दोश्रो हाफमा खराब प्रदर्शन गरेपछि हार व्यहोरेको थियो| […]
May 25, 2016
विगत लामो समयदेखि राष्ट्रिय टोलीमा युवा अनुहार देखिदै आएकोमा यो पाली भने अनुभवी खेलाडीहरुको नाम पनि टोलीमा देखियो| जापानिज प्रशिक्षक ग्योतोकु कोजिले प्रशिक्षणको जिम्मा सम्हालेको केहि हप्तामै नेपालले मलेसियाको युवा टोलिसंग मैत्रीपूर्ण खेल खेलेको थियो र सो समयमा उनले अनुभवी खेलाडी भन्दा युवालाई मौका दिएका थिए| तर राष्ट्रिय टोलीले लाओसको सिनिअर टोलिसंगै खेल खेल्ने भएकाले […]
May 24, 2016
लन्डन (एजेन्सी)- होजे माउरिन्हो म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक बन्ने लगभग पक्का भइरहँदा मंगलबार अन्तिम टुंगो भने लाग्न सकेन । माउरिन्होका एजेन्टले युनाइटेडका पदाधिकारीसँग मगलबार छलफल गरेपछि उनी क्लबको प्रशिक्षक बन्ने सम्भावना बलियो भएको छ । माउरिन्होका एजेन्ट जोर्जे मेन्डिस युनाइेड अफिसिलयलाई भेट्न मंगलबार लन्डन पुगेका थिए । मंगलबार सम्झौता घोषणा हुने बताइएपनि त्यसका लागि अब […]
May 24, 2016
जेठ १९ गते ,काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बर्खास्त गरिएका आफ्ना तीन पदाधिकारी र सदस्यलाई पुर्नबहालीका लागि मागेको समयमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले सहमति जनाएको छ । फिफाको निर्देशनअनुसार पूर्नबहालीको लागि केन्द्रिय समितिको बैठक डाक्नु पर्ने भएकाले त्यो सम्मका लागि सहमति दिन एन्फाले पत्रमार्फत अनुरोध गरेको […]
May 24, 2016
दिपक बोहोरा ,पाँचथर गणेश लावती नेपाली फुुटबलमा परिचित नाम हो । पुर्वि पहाडको पाँचथरमा जन्मीएका लावती सशस्त्र पहरीमा आबद्ध छन । सशस्त्र प्रहरीको टिमबाट फुटबल खेल्ने लावती सशस्त्र प्रहरीका टिम क्यापटेन समेत हुन। पाँचथरको यासोकमा जन्मीएका लावती वि.स २०५२ बाट नै फुटबल खेल्न थालेका हुन । आफ्नो जिनमा नै फुटबल रहेको बताउने लावती १४ वर्षको […]
May 23, 2016
युनाइटेड (एजेन्सी) – एएफए कप जितेको दुई दिनपछि सोमबार म्यानचेस्टर युनाइटेडले लुइस भान गाललाई प्रशिक्षकबाट बर्खास्त गरेको छ । उनको उत्तराधिकारीका रुपमा चेल्सीका पूर्व प्रशिक्षक होजे माउरिन्हो नियुक्त हुने भएका छन् । तीन बर्षे सम्झौतामा दुई बर्षअघि युनाइटेडमा आबद्ध नेदरल्यान्डसका पूर्व प्रशिक्षक भान गालले एक बर्षको क्षेतिपूर्तिका रुपमा ६४ लाख पाउन्ड पाउने बताइएको छ । […]
May 23, 2016
बार्सिलोना पहिलो हाफमा नै १० खेलाडीमा भएको थियो । केविन गेमिरोलाई जर्सी तानेर लडाएपछि बार्सिलोनाका जाभियर मासेरानोले ३६ औं मिनेटमा रातो कार्डको सामना गर्नुपरेको थियो । पाए थिए । सेभियाले पनि निर्धारित खेलको अन्त्य १० खेलाडीमा सिमित भएर गरेको थियो । नेयमारलाई लडाउँदा सेभियाका बानेगाले रातो कार्डको दर्शन गर्नु परेको थियो । थप समयको छैटौं […]
May 22, 2016
लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्| मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ| अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्| नेपाली टोलीः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु डिफेन्डरः विराज […]
May 22, 2016
चेल्सीका पुर्व म्यानेजर होजे मोउरिन्हो पुर्ण इङ्लिश प्रीमीयर लिगको प्रशिक्षक हुने भएका छन । चेल्सीबाट निकालिएका होजे यस पल्ट म्यान्चेस्टर युनाइटेड आउने कुरा नजिकको श्रोत हरुले बताएको कुरा बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले खुलाएका छन । श्रोतका अनुसार मोउरिन्हो केहि दिनमा नै युनाइटेडको प्रशिक्षकका रुपमा देखिने छन । भ्यान गालको सम्झौतामा अझ १ बर्ष बाकी रहदा पनि उनला […]