default_image

फुटबल

May 12, 2025

एन्सेलोट्टी ब्राजिलियन फुटबल टोलीको नयाँ प्रशिक्षक

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी यो सिजनको अन्त्यमा स्पेनी क्लब छाडेर ब्राजिलियन राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन् । ६५ वर्षीय इटालियन प्रशिक्षकले ला लिगा सिजनको समाप्तिपछि मे २६ मा ब्राजिलको जिम्मेवारी आधिकारिक रुपमा सम्हाल्ने बताइएको छ। उनी स्यान्टियागो बर्नाबेउ क्लबका सबैभन्दा सफल प्रशिक्षकहरूमध्ये एकका रुपमा क्लब छाड्दै छन्।एन्सेलोट्टीले दुई कार्यकालमा रियलको […]

May 12, 2025

आरसिटीले बिबिसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक बी डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसिटी) जित निकाल्न सफल भएको छ । ब्रिगेड ब्वाइज क्लबलाई २-१ ले हराउँदै महत्वपुर्ण ३ अंक हात पार्यो । एन्फा कम्पलेक्समा आज भएको खेलको १४ औं मिनेटमा आरसिटीले सुरूवातमा अग्रता बनायो । अजित गुरूङले गोल गरे । पहिलो हाफ १-० को नतिजामा […]

May 12, 2025

लिभरपुललाई आर्सेनलले रोक्यो

एजेन्सी – आर्सनलले प्रिमियर लिगको विजेता टोली लिभरपुललाई बराबरीमा रोकेको छ। आइतवार २-० ले पछि परेको अवस्थाबाट उल्टाउँदै आर्सनललर २-२ को बराबरी गरेको हो । यद्यपि मिकेल मेरिनोको रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो। दोस्रो स्थान सुनिश्चित गर्ने लक्ष्यमा अझै संघर्षरत आर्सनलले खेल सुरु हुनु अघि एनफिल्डमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो। […]

May 11, 2025

‘एल क्लासिको’ जितेपछि बार्सिलोना उपाधि नजिक

एजेन्सी – बार्सिलोनाले ला लिगा उपाधि नजिक पुगेको छ । आइतवार दुई गोलले पछि परेको खेलमा रियल म्याड्रिडलाई ४-३ ले हराउँदै बार्सिलोना च्याम्पियन बन्ने अभियानमा थप मजबुत बनेको छ। रियलका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। रियलले खेलको सुरुवातमै २-० को अग्रता बनायो । एम्बाप्पेले १४ मिनेटभित्र २ गोल गरे। तर बार्सिलोनाले पहिलो हाफमै ४ […]

May 11, 2025

युनाइटेड र टोटनहम पराजित

एजेन्सी – वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै फेब्रुअरीपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ। ओल्ड ट्राफोर्डमा आइतवार भएको खेलमा टमास साउसेकले २६औं मिनेटमा मोहम्मद कुडुसको पासमा गोल गर्दै सिजनको नवौं गोल गरे। कुडुसले हामर्सका लागि खेलभरि अवसर सिर्जना गर्न प्रयास जारी राखे । दोस्रो हाफको मध्यतिर जारोड बोवेनले बक्सभित्रबाट अर्को लो […]

May 11, 2025

नेपाल साफ यु १९ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोली भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। श्रीलंकालाई आइतवार ५-० ले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ। भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा श्रीलंका विरूद्ध नेपालले पहिलो हाफमा एकपक्षीय दबाब बनायो। गोल […]

May 11, 2025

न्युक्यासलसँग चेल्सीको हार

एजेन्सी – न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिग छनोट सम्भावनालाई थप मजबुत बनाएको छ ‌। प्रिमियर लिगका आइतवार १० खेलाडीमा सीमित चेल्सीलाई २-० ले पराजित गर्दै न्युक्यासलले च्याम्पियन्स लिगको छनोटतर्फ एक कदम अघि बढ्यो। सेंट जेम्स पार्कमा भएको भिडन्त अघि दुवै टोलीको समान ६३ अंक थियो । गोलअन्तरका आधारमा एस्टन भिल्लालाई पछि पारेर चौथो र पाँचौं स्थानमा […]

May 11, 2025

बार्सिलोना र रियल म्याड्रिड खेल्दै

एजेन्सी – यो सिजनको स्पेनिस ला लिगा समापनको संघारमा छ । तर, उपाधि जित्ने टोलीको छिनोफानो भइसकेको छैन । इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वानले यो सिजनको च्याम्पियन पाइसकेको छ । यस्तोमा आज राति ‘एल क्लासिको’ मा क्याटलान क्लब बार्सिलोना र रियल म्याड्रिड आमाने–सामाने हुँदैछन् । यो खेल बार्सिलोनाको मैदानमा आज […]

May 11, 2025

नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे हुनेछ । भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा हुने खेलमा नेपालले जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल सम्मिलित समूह बी मा आयोजक भारत र श्रीलंका रहेका छन् । पहिलो खेलमा […]

May 11, 2025

एस्टन भिल्लाको‌ जित

एजेन्सी – एस्टन भिल्लाले युइएफए च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावनालाई बलियो बनाएको छ। एएफसी बोर्नमाउथमाथि शनिवार १-० को जित निकाल्दै भिल्ला आशा बलियो पार्यो । ओली वाट्किन्स प्रिमियर लिगमा एस्टन भिल्लाका सर्वाधिक गोलकर्ता बनेका छन् । वाट्किन्सले पहिलो हाफको इन्ज्युरी समयमा मोर्गन रोजर्सको क्रसलाई गोलमा परिणत गर्दै क्लबका लागि आफ्नो ७५औं प्रिमियर लिग गोल […]

Success

Thank you for your time.