default_image

महिला साफ च्याम्पियनसिप

September 16, 2022

नेपालले हराएपछि भारत पहिलो पटक फाइनल पुग्न सकेन

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको इतिहासमा साविक विजेता भारत पहिलो पटक फाइनल पुग्नबाट बन्चित भएको छ । शुक्रबार दशरथ रंगशालामा नेपालसँग पराजित भएसँगै हालसम्म सबै संस्करणको च्याम्पियन भारत यसपटक फाइनल पनि पुग्न सकेन । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित […]

September 16, 2022

भारतमाथि ऐतिहासिक जितसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चिर परिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल […]

September 16, 2022

भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध जारी पहिलो सेमिफाइनलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ । नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको हो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै गोल गरिन् । त्यसअघि २३अ‍ौं मिनेटमा अन्जु […]

September 16, 2022

भारतविरुद्ध सावित्रा बेन्चमा, नेपालको एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको सेमिफाइनलको लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । डेंगी संक्रमण भएका कारण सावित्रा भण्डारी ‘साम्बा’ पहिलो रोजाईमा पर्न सकिनन् । मुख्य प्रशिक्षक कुमार थापाले प्रिति राईलाई पहिलो रोजाईमा राखेका छन् । उनले बेन्चबाट मैदान प्रवेश गर्ने सम्भावना भने छ । श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलमा रहेको टोलीमा […]

September 16, 2022

बंगलादेश दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको छैटौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बल पोसेसनमा […]

September 16, 2022

सेमिफाइनलको पहिलो हाफमै बंगलादेशलाई फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान खेल्दैछन् । खेलको पहिलो हाफमा बंगलादेश ४-० ले अघि छ । दशरथ रंगशालामा जारी खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लियो । मोसमत जाहान सोपनाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । मिडफिल्डमा भुटानले बल फुस्काएपछि मोनिका चक्माले पहिलो टचमै छरितो पास दिँदै […]

September 16, 2022

नेपाल विरुद्ध भारत : मिडफिल्ड युद्धमा खेलको छिनोफानो

सुबास हुमागाईं, काठमाडौं समूह चरणका सुरुवाती दुई खेलमा सहज जित आत्मसात गरेपनि भारतको प्रदर्शन विगतको जस्तो थिएन । प्रशिक्षक सुरेन क्षेत्रीले भारतले जितको नतिजा निकालेको कारण चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतविरुद्ध एकपक्षीय प्रदर्शन गर्दै इतिहासकै पहिलो हार चखायो, तर पनि प्रशिक्षक क्षेत्री टोलीको प्रदर्शनलाई लिएर खास चिन्तित […]

September 16, 2022

नेपाललाई भारतविरुद्ध इतिहास रच्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा दुई वटा इतिहास बनिसकेका छन् । यसै सिलसिलामा नेपाल शुक्रबार साँझ ५:३० बजे सेमिफाइनल खेल्न उत्रँदा अर्को इतिहास रच्ने सुरमा हुनेछ । साफको १२ वर्षे इतिहासमा भुटानले पहिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । श्रीलंकालाई ५–० ले हराएबाट पनि भुटानले फुटबलमा गरेको प्रगती बुझ्न […]

September 15, 2022

भारतविरुद्ध खेलअघि यस्तो छ सावित्राको अवस्था

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा शुक्रबार भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता भारत भने समूहको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित हुँदै समूह उपविजेता बन्यो । साफ […]

September 15, 2022

नेपालको असली परिक्षा भारतसँग

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलमा गोलको वर्षा गर्ने क्रममा ६–० जितका साथ समूह विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको थियो । पहिलो खेलमा भुटानलाई ४–० लाई हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो । दुवै खेलमा नेपालले विपक्षीबाट चुनौतीको खासै सामना गर्नुपरेन । सात हप्ताको तयारीपछि साफ च्याम्पियनसिपको यात्रा सुरु गरेको नेपालका […]

Success

Thank you for your time.