default_image

General

November 13, 2019

दिपेश र बिष्णुको विजयी सुरुवात, रत्नजित र प्रिन्सको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले […]

November 13, 2019

साग लक्षित मिडिया वर्कसप सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – मसिंर तेस्रो सातादेखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) लक्षित मिडिया वर्कसप बुधबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्कसप दुई दिनसम्म चलेको थियो । आसन्न साग खेलकुदको रिपोर्टिङलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । वर्कसपको दोस्रो दिन बुधबार […]

November 12, 2019

मान र दिलको जोडीले मैत्रीपूर्ण बिच भलिबलमा श्रीलंकालाई हराए

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडिले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो । […]

November 10, 2019

दिपेश र अमिताकाे जाेडी रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिपेश धामी र अमिता गिरीकाे जाेडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा रजत पदकमा सीमित बनेकाे छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २-० काे साेझाे सेटमा पराजित भएपछि रजतपदकमा सीमित बनेको हो […]

November 9, 2019

१९ पदकसहित नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाली सिनियर टोली ८ स्वर्ण, ३ रजत र ८ कास्यपदक गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । सिनियरमा सबै खेलाडीहरु १३औं सागको प्रशिक्षणमा रहेका खेलाडीहरु […]

November 9, 2019

१४ औं साग आयोजनाको जिम्मेवारी सशर्त पाकिस्तानलाई !

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १४ औं सस्करणको आयोजना सशर्त पाकिस्तानलाई दिइएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को शनिबार राजधानीमा बसेको बैठकले पाकिस्तानलाई सन् २०२१ मा साग आयोजनाको जिम्मेवारी दिने निर्णय गरेको हो ।   एसएओसीको बैठकको अध्यक्षता गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अंग्रेजी वर्णानुक्रमका आधारमा […]

November 9, 2019

दिपेश सम्मिलित दुई जोडी पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दोस्रो वरीयताका दिपेश धामीसम्मिलित नेपालका दुई जोडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् । नेपाली टोली सिरिजको मिक्स डबल्स् र पुरुष डबल्समा फाइनलमा पुग्न सफल भएको हो । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको खेलमा दिपेश र अमिताको जोडीले घरेलु टोली पाकिस्तानका मोहम्मद […]

November 8, 2019

पाकिस्तान इन्टरनेसनसनल सिरिजमा दिपेशलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो । ब्वाइज डबल्समा दिपेश […]

November 2, 2019

सुस्मिता र कल्पनाले एसियन सुटिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दुई खेलाडी सुस्मिता नेपाल र कल्पना परियारले कतारमा आयोजना हुन लागेको १४औं एसियन सुटिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । तीन सदस्यीय नेपाली टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । टोकियो ओलम्पिक २०२० को छनोटको रुपमा रहेको च्याम्पियनसिपमा नेपालका सुस्मिता नेपाल र कल्पना परियारले १० मिटर एयर राइफलमा आफ्नो चुनौती […]

November 1, 2019

कबड्डीको प्रशिक्षण भारतमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारतको कोलापुरमा हुने भएको छ । त्यसका लागि शुक्रबार कोलापुर प्रस्थान गरेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे । पुरुष खेलाडीमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गज्मेर, लालमोहर […]

Success

Thank you for your time.