default_image

General

July 27, 2025

पूर्व खेलाडी सुवाल र श्रेष्ठ एनआरएनएमा निर्वाचित

सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]

July 21, 2025

सदभाव अमेरिका प्रस्थान, पिजिए टुर सम्मको अवसर

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गोल्फर सदभाव आचार्यले अमेरिका स्थित टेक्सस युनिभर्सिटी, सेन एन्टोनियो (युटिएसए) मा अध्ययन र नेशनल कलेजिएट एथलेटिक एसोसिएसन (एनसिएए) डिभिजन – १ को लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। एनसिएए डिभिजन-१ मा छात्रवृत्ति पाउने उनी पहिलो नेपाली गल्फर हुन्। आज उनी अमेरिका प्रस्थान गरेका छन्। अमेरिकामा भएको जुनियर प्लेयर्स […]

July 19, 2025

माल्दिभ्समा हेल्प नेपाललाई लगातार दोस्रो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको छ। माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३-१ ले‌ हराएको हो।सुरुवाती दुई सेट जितेर खेलमा पकड बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। चौथो सेटमा लयमा‌ फर्कदै हेल्प नेपालले खेल जितेको […]

July 14, 2025

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस हुने

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ शनिवार हुने भएको छ। प्रतियोगितामा २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।गत वर्ष अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको शतबार्षिकीको अवसरमा हिमालयन १०० आयोजना गरिएको थियो । त्यसमा १ सय खेलाडी सहभागि थिए । उक्त प्रतियोगिता फिडेको विश्वव्यापी अभियानअन्तर्गत् गिनिज […]

July 2, 2025

अस्ट्रेलियामा भलिबल अवार्ड हुने

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा पहिलो भलिबल अवार्ड कार्यक्रम आयोजना हुने भएको छ । नेपाल भलिबल संघ अस्ट्रेलिया (एनभिएए) को आयोजनामा साउन ४ गते (१९ जुलाई) उक्त अवार्ड कार्यक्रम हुने भएको हो । अवार्ड कार्यक्रम सिड्नीस्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुनेछ । एनभिएएले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान […]

July 1, 2025

एसियाडका लागि ३० खेल एनओसीमार्फत दर्ता

काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष जापानमा आयोजना हुने २० औं एसियाली खेलकुद (एसियाड) मा भाग लिन ३० खेल राष्ट्रिय संघ दर्ता भएको छ। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेप) ले जवाफ नदिएपछि राष्ट्रिय खेल संघहरुलाई पत्राचार गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।त्यसमा ३० खेल एसियाडका लागि […]

June 29, 2025

पूर्व खेलाडी श्रेष्ठको एनआरएनए एनएसडब्लुको सदस्यमा उम्मेदवारी

सिड्नी (हाम्रो खेलकुद) – भलिबलका पूर्व सुनिल श्रेष्ठले अर्काे महिना अस्ट्रेलियामा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्स (एनएसडब्लु) को एससिसी सदस्यमा उम्मेदारी दिएका छन् । एनएसडब्लुबाट एनआरएनए न्यू साउथ वेल्स राज्यको सन् २०२५–२०२७ कार्यकालका लागि संघीय समिति सदस्य (एससिसी) पदमा उम्मेवारी दिएका हुन् । नेपालको राष्ट्रिय खेल भलिबलमार्फत आफ्नो पहिचान स्थापित गरिसकेका […]

June 25, 2025

न्यु डायमण्ड च्याम्पियन

मकवानपुर (हाम्रो खेलकुद) – काठमाडौंको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उच्च प्रदर्शन प्रेरित डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । सदावहार […]

June 23, 2025

क्लब विश्व कपमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ। आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा शाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३-१ ले हराएको छ। खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । सातौँ मिनेटमा सालोमोन रोंडोनलाई पछाडिबाट लडाउनुले अन्तिम रक्षकको […]

June 15, 2025

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]

Success

Thank you for your time.