default_image

General

September 22, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – बार्सिलोनाले आइतवार गेटाफेलाई ३-० ले हराउँदै ला लिगा सिजनमा अपराजित यात्रा कायम राखेको छ। बार्सिलोनाको जितमा फेरान टोरेसले २ र अर्को गोल दानी ओल्मोले गरे। टोरेसले १५औँ मिनेटमा ओल्मोको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै गोल गरे । टोरेसले ३४औँ मिनेटमा राफिन्हाको लामो पासबाट दोस्रो गोल थपे। पहिलो हाफमै ह्याट्रिक गर्ने मौका पाए पनि उनको […]

September 14, 2025

अस्ट्रेलियामा सर्वाधिक धनराशिको पुरुष भलिबल अर्काे साता

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘आइएक्सेल खुल्ला भलिबल कप २०२५’ अर्काे साता हुने भएको छ । एलिट गोर्खा स्पोट्र्स क्लबको आयोजना तथा आइएक्सेल एजुकेशन, भिषा एण्ड माइग्रेसनको मुख्य प्रायोजनमा अस्ट्रेलियाकै सर्वाधिक धनराशिको एक दिने खुल्ला पुरुष भलिबल कप २० सेप्टेम्वर (असोज ४ गते शनिबार) हुन लागेको हो । एक दिने प्रतियोगिता […]

September 9, 2025

बंगलादेशको फुटबल टोली आज स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि बंगलादेश राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएको छ। दिउँसो ४ बजे बीमान बंगलादेश एयरलाइन्सबाट बंगलादेश टोली स्वदेश फर्कने अखिल नेपाल फुटबल संघ (एन्फा ) ले जनाएको छ। जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण राजधानीको सुरक्षा अवस्था बिग्रिएपि दशरथ रंगशालामा आज साँझका […]

August 31, 2025

पहिलो हाफमा एपिएफ विरुद्ध अल नासारलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समुह चरणमा नेपालको एपिएफ फुटबल क्लब विरूद्ध साउदी अरेबियाको अल नासारले पहिलो हाफमा २-० को अग्रता बनाएको छ। उज्वेकिस्तानको कार्सी स्टेडियममा जारी छनोटमा सान्त्वना जित निकाल्ने दाउमा रहेको एपिएफको प्रदर्शन आज पनि फितलो रहयो। खेलको चौथो मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लारा लुभाङ्गाले गोल गरिन्। इन्ज्युरी नासारले अग्रता […]

August 31, 2025

आयरिश पबको पहलमा रविन्द्रका लागि ६ लाख बढी संकलन

काठमाडौं (हाम्रो खेलकुद)- लाजिम्पाटस्थित आयरिश पबले शनिवार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धाको उपाधि जितेका एमएमए खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको छ। कार्यक्रमको सुरुवात रविन्द्रसँग आमन्त्रित र उनका समर्थकसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो ।‌ त्यसपछि सर्व साधारणलाई खुला रुपमा भेटको व्यवस्थापन गरिएको थियो। आयरिश पबले उनको खेल […]

August 31, 2025

रियलको लगातार तेस्रो जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा लगातार तेस्रो जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ। स्यान्टियागो बेर्नाबेउमा शनिवार भएको खेलमा रियल म्याड्रिडले रियल मल्लोर्कामाथि २-१ को जित निकालेको छ। रियलले पछि परेको खेल उल्टाएको थियो। मल्लोर्काका भेडाट मुरिकीले खेलको १८औं पहिलो गोल गरे । त्यसपछि एक मिनेटको फरकमा अर्दा गुलर र भिनिसियस जुनियरले गोल गर्दै […]

August 17, 2025

अस्ट्रेलिया मान र दिलको जोडी बिच भलिबल च्याम्पियन

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी अस्ट्रेलियामा भएको ब्राइटन बिच भलिबल कपको च्याम्पियन बनेका छन् । ब्राइटन बिच भलिबल संघको आयोजनामा आइतबार भएको फाइनलमा आयाेजक ब्राइटनका जाेडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । सिड्नीस्थित ब्राइटन बिचमा रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

August 6, 2025

मान र दिलको जोडीले अस्ट्रेलियामा बिच भलिबल खेल्ने

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले अस्ट्रेलियामा बिच भलिबल प्रतियोगिता खेल्ने भएका छ । ब्राइटन बिच भलिबल संघको आयोजनामा शनिवार (९ अगस्ट) हुने एक दिने प्रतियोगितामा मान र दिलको जोडीले खेल्ने भएका हो । उनीहरुको जोडीले अस्ट्रेलियामा चर्चित नमस्ते ज्वेलर्स सिड्नीको टोलीबाट खेल्न लागेका हुन् […]

July 28, 2025

डब्लुएफकेओका अध्यक्ष नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष बेलायती ब्रायन डब्लु बेक नेपाल आउने भएका छन्। नेपाल किक बक्सिङ एसोसिएसनको आयोजनामा हुने चार दिने रेफ्री र प्रशिक्षक सेमिनारमा भाग लिन बेक साउन १६ नेपाल आउन लागेका हुन्। काठमाडौंको जडीबुटीस्थित फाइट क्लब नेपालमा आयोजना साउन १७ देखि २० गतेसम्म हुने कार्यक्रममा ब्ल्याक बेल्ट ग्रेडिङ […]

July 27, 2025

पूर्व खेलाडी सुवाल र श्रेष्ठ एनआरएनएमा निर्वाचित

सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]

Success

Thank you for your time.