default_image

अन्तर्राष्ट्रिय

April 15, 2019

विश्वकपको लागि भारतीय टोली घोषणा

एजेन्सी – भारतले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । सोमबार दिउँसो घोषणा गरेको टोलीमा थुप्रै स्टार खेलाडीहरु परेका छैनन् । निकै चर्चामा रहेका ऋषभ पन्त,आम्बाती रायडु टोलीमा छैनन् । पन्तको स्थानमा दिनेश कार्तिक र […]

April 15, 2019

मलेसियाविरुद्ध नेपाल पहिलो फिल्डिङमा

एजेन्सी – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो तेस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । मलेसियाले ब्याटिङ केहि समयमानै गर्ने छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले […]

April 15, 2019

विश्वकप खेल्ने अष्ट्रेलिया टोली घोषणा

एजेन्सी – अष्ट्रेलियाले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा घोषित १५ सदस्य टोलीमा बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेको डेविड वार्नर र स्टिभ स्मिथलाई समेटिएको छ । यसक्रममा एस्टन […]

April 15, 2019

‘हामीले सिकारु जस्तो फुटबल खेल्यौं’ – एमबाप्पे

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार दोस्रो स्थानको लिलसँग ५-१ को फराकिलो हर बेहोर्यो । खेलपछि पीएसजीका स्टार फरवार्ड किलियन एमबाप्पेले आफ्नो टोलीले सिकारुले जस्तो खेलेको बताएका छन् । पीएसजीका जुआन बर्नाट रातो कार्ड खाँदै बाहिरीपछि लिलले दबाब सिर्जना गरेको थियो । एक समय १-० ले पछाडी रहेर […]

April 15, 2019

बायर्न पुनः शीर्षस्थानमा

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा पुनः शीर्षस्थानमा उक्लिएको छ । जर्मन बुन्डेस लिगामा आइतबार राति भएको खेलमा बायर्नले घरेलु टोली फोर्टुना डुसेलडर्फमाथि ४–१ को जित निकाल्दै पुनः शीर्षस्थानमा उक्लिएको हो । बायर्नले २९ खेलबाट ६७ अंक जोड्यो । दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई १ अंकले पछि पारेको हो । बायर्नको फराकिलो जितमा […]

April 15, 2019

लिलेसँग पीएसजीको लज्जास्पद हार

एजेन्सी – फ्रेन्च लिग वानको उपाधि यात्रामा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलेसँग लज्जास्पद हार बेहोरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिलेसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । पीएसजीले लिग वानमा १९ वर्षपछि यति फराकिलो हार ब्योहोरेको हो । १० खेलाडीमा समेटिएको पीएसजीलाई लज्जास्पद हार चखाउन लिलेका निकोलस […]

rabada

April 15, 2019

हैदरावादको नाटकीय हारसँगै दिल्ली दोस्रो स्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले लगातार दोस्रो खेलमा सन्दीपलाई विश्राम दिएको हो। आईतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ […]

salah

April 14, 2019

सलाहले किन गरे यस्तो सेलिब्रेसन ?

लिभरपुल (एजेन्सी)– प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध लिभरपुलले घरेलु मैदानमा २-० को जित निकाल्दा इजिप्सियन गोल स्कोरर मोहम्मद सलाहको भूमिका महत्वपूर्ण रह्यो। जोर्डन हेन्डरसनको पासमा साडियो मानेले ५१ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि सलाहले उत्कृष्ट गोल गर्दै घरेलु टोलीको अग्रतालाई दोब्बर पारे । पूर्व क्लब चेल्सीविरुद्ध गोल गरेपछि सलाहको सेलिब्रेसन हेर्न […]

April 14, 2019

चेल्सीमाथि लिभरपुलको महत्वपुर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब चेल्सीमाथि महत्वपुर्ण जित निकालेको छ । घरेलु मैदमानमा लिभरपुलले चेल्सीमाथि २–० को महत्वपुर्ण जित निकालेको हो । लिभरपुलको महत्वपुर्ण जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरे । यो जितसँगै लिभरपुल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा फर्कदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । […]

April 14, 2019

दिल्लीको मध्यम योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३० औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४५ […]

Success

Thank you for your time.