default_image

अन्तर्राष्ट्रिय

September 7, 2019

चेक कोसोभोसँग स्तब्ध

एजेन्सी – युरोकप छनोटमा चेक रिपब्लिक कोसोभोसँग स्तब्ध बनेको छ । चेक घरेलु टोलीसँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा २–१ ले स्तब्ध बनेको हो । प्रिस्टिनामा शनिबार राति भएको खेलमा पाहुना टोलीले खेलको १६औं मिनेटमा प्याट्रिक सेचिकको गोलबाट खेलमा अग्रता लिएको थियो । तर, चेकको त्यो अग्रता लामो समय टिकेन । २०औं मिनेटमा घरेलु […]

September 7, 2019

पाकिस्तानलाई हराउँदै भारत सेमिफाइनलमा

एजेन्सी – भारत एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार पाकिस्तानलाई ६० रनले पराजित गर्दै एक खेल अगावै भारत सेमिफाइनलमा पुगेको हो । पाकिस्तानको हारसँगै अफगानिस्तान पनि एक खेल अगावै समिफाइनलमा पुगेको छ। समुह ए बाट पाकिस्तान र कुवेत एक खेल अगावै उपाधि होडबाट बाहिरिएका छन् । ३ सय ६ […]

September 7, 2019

टेष्ट क्रिकेटबाट नाबीको सन्न्यास

एजेन्सी – अफगानिस्तान क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद नाबीले टेष्ट क्रिकेट बाट सन्न्यास लिने घोषणा गरेका छन् । अफगानिस्तान क्रिकेट बोर्डका म्यानेजर नाजिम जर अब्दुर्रहीमजाईले नाबीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेको पुष्टि गरेका छन् । नाबीले सिमित ओभर टि ट्वान्टी र एक दिवसिय क्रिकेट लाई भने निरन्तरता दिने बताइएको छ । नाबी बंगलादेशसँगको जारी टेष्टको […]

September 7, 2019

नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सिंगापुरमा हुने नेपाल,जिम्बाबे र सिंगापुरबीचको त्रिकोणात्मक टि ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । सिंगापुर क्रिकेटले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग खेन्ने छ । त्रिकोणात्मक सिरिज २७ सेप्टेम्बर देखि ३ अक्टोबर सम्म हुनेछ । नेपालले पहिलो खेल २७ सेप्टेम्बरमा जिम्बाबेसँग खेल्ने छ । त्यसको भोली पल्ट २८ […]

September 7, 2019

यू १९ एसिया कप – अफगानिस्तान सेमिफाइनल नजिक !

एजेन्सी – अफगानिस्तान एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । दोस्रो खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गरेपछि सेमिफाइनल नजिक पुगेको हो । आज नै समूह ‘ए’ को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा जारी छ ।   भारतले पाकिस्तानलाई ३ सय ६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तान […]

September 7, 2019

नाडाल युएस ओपनको फाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । न्ययोर्कस्थित फ्लुसिङ मिडोजमा शनिबार बिहान भएको खेलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौपटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । शुरुको सेटमा निकै कडा प्रतिस्पर्धा गर्नु परेपनि नाडालले त्यसपछिको दुवै सेटमा खासै […]

September 7, 2019

नेयमारको पुनरागमनमा ब्राजिलको बराबरी

एजेन्सी – स्टार फरवार्ड नेयमारले झन्डै चार महिनापछि पुनरागमन गर्दा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियासँग बराबरीको नतिजा निकालेको छ । शनिबार बिहान अमेरिकामा भएको खेलमा दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको हो । पुनरागमन खेलमा नेयमारले एक गोल गर्नुका साथै १ गोलको असिस्ट गरेका थिए । नेयमारले गत जुनमा कोपा अमेरिका कपको […]

September 7, 2019

बात्सुयाईको दुई गोलमा बेल्जियमको सहज जित

एजेन्सी – कप्तान तथा मुख्य खेलाडी इडेन हजार्डको अनुपस्थितिमा मिचेल बात्सुयाईले दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा सहज जित निकालेको छ । बेल्जियनले सानमारिनोलाई उसकै मैदानमा ४–० को सहज जित निकालेको हो । ड्रिएस मेर्टिन्स र नासिर चाड्लीले समान एक गोल गरे ।इंग्लिस क्लब चेल्सीमा फ्रान्क लाम्पार्ड प्रशिक्षकको रुपमा आएपछि कमै मौका पाएका बात्सुयाईले खेलको […]

September 7, 2019

शीर्षस्थानको पोल्यान्डको हार, अस्ट्रियाको आधा दर्जन गोल

एजेन्सी – युरोकप छनोटको समूह ‘जी’ को शीर्षस्थानमा रहेको पोल्यान्डले पहिलो हार बेहोरेको छ । पोल्यान्डले घरेलु टोली स्लोभेनियासँग २–० को हार बेहोरेको हो । पोल्यान्डलाई हार चखाउन अल्जाज स्ट्रुना र अन्ड्राज स्पोररले गोल गरे । हारसँगै पोल्यान्ड ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमै यथावत छ । स्लोभेनिया ५ खेलबाटै ८ अंक जोडेर तेस्रो स्थानमा […]

September 7, 2019

वेल्सको कठिन जितमा वेलको निर्णायक गोल

एजेन्सी – खेल सकिन ४ मिनेटमात्रै बाँकी रहँदा ग्यारेथ बेलले निर्णायक गोल गरेपछि वेल्सले युरोकप छनोटमा अजरवैजानमाथि २–१ को कठिन जित निकालेको छ । घरेलु मैद्यान कार्डिफ सिटी स्टेडियम कार्डिफमा भएको खेलमा वेल्स खेलको २६औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अघि बढेको थियो । पभेल पासायभले विपक्षी टोलीको प्रहार बचाउने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुग्दा […]

Success

Thank you for your time.