default_image

अन्तर्राष्ट्रिय

September 8, 2019

सीपीएलमा सन्दीपको बार्बाडसले पहिलो खेल खेल्दै

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडस ट्राईडेन्टसले क्वारेवियन प्रिमिपर लिग २०१९ को पहिलो खेल गुयाना एमाजन वारियर्ससँग खेल्दै छ । खेल आज राती २ : ४५ पछि सुरु हुने छ । गुयानाले सुरुवाती दुबै खेल जितेको छ । गुयानामा पाकिस्तानका लेग स्पिनर सादव खान, सोएब मालिक,वेस्ट इन्डिजका विकेटकीपर निकोलस पुरन, किमो पल, […]

September 8, 2019

रामोसको नयाँ कीर्तिमान

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस फुटबलकै सर्वाधिक सफल गोलरक्षक इकर कासिलासको कीर्तिमान तोड्ने भएका छन् । रामोस स्पेनका लागि सर्वाधिक खेल जित्ने खेलाडी बनिसकेका छन् । आइतबार स्पेनले युरो कप छनोटमा फरो आइल्यान्डको सामना गर्दा रामोस अब स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्न नजिक पुग्नेछन् । उनले कासिलाससँग […]

September 8, 2019

श्रीलंका र बंगलादेश सेमिफाइनलमा,नेपाल बाहिरियो!

एजेन्सी – नेपाल एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट एक खेल अगावै समुह चरणबाटै बाहिरिएको छ । आईतबार घरेलु टोली श्रीलंकाले यूएईलाई ५२ रनले पराजित गरेसँगै नेपाल औपचारिक रुपमा बाहिरिएको हो । समुह बी बाट दुबै खेल जितेका बंगलादेश र श्रीलंका सेमिफाइनलमा पुगेका छन् । लगातार दुबै खेलमा पराजित भएका नेपाल र यूएई बाहिरिएका छन् […]

September 8, 2019

१५ मिनेटमै ‘साम्बा’को २ गोल

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल सावित्रा भण्डारी ‘साम्बा’ को गोलमा नेपालले आयोजक किर्गिस्तानसँगको खेलमा अग्रता लिएको छ । सम्बाले १५ मिनेटमै दुई गोल गर्दै टोलीलाई मजबुत अवस्थामा पुर्याएकी छिन् । खेलको २० औं मिनेटसम्ममा नेपालले २–१ को अग्रता लिएको छ । पहिलो खेल तेस्रो मिनेटमा गरेकी साम्बाले अर्को गोल १५ औं […]

September 8, 2019

सन्दीप र पवन चम्कँदा बंगलादेशलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सन्दीप जोरा र पवन सरार्फको उत्कृष्ट अर्ध शतकमा एसीसी यू१९ एसिया कप प्रतियोगितामा नेपालले बंगलादेशलाई २ सय ६२ रनको बलियो विशाल लक्ष्य दिएको छ । आइतबार टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनायो । नेपालका लागि ओपनर पवन सरार्फले सर्वाधिक ८१ […]

September 8, 2019

बंगलादेशविरुद्ध कुशल इनिङ उकास्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध मध्यम प्रर्दशन गरि रहेको छ । टस हारेर ब्याटिङ गरि रहेको नेपालले सुरुवाती २६ ओभरमा ९० रन बनाउन २ विकेट गुमाएको छ । नेपालका लागि ओपनर पवन सरार्फ ६१ बलमा १ चौका सहित २२ रनमा खेलि रहेका छन् । पवनलाई […]

September 8, 2019

सेरेनालाई पराजित गर्दै वियान्काले जितिन् पहिलो ग्रान्डस्लाम उपाधि

एजेन्सी – अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्का एन्ड्रेस्कुले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छन् । न्युयोर्कमा शनिबार राति भएको खेलमा १५औं वरीयता प्राप्त १९ वर्षीय वियान्काले आठौं वरीयताकी सेरेनालाई ६–३ र ७–५ ले पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल भएकी हुन् । सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा […]

September 8, 2019

विश्वविजेता फ्रान्सको प्रभावशाली जित

एजेन्सी – युरोकप छनोटमा विश्वविजेता फ्रान्सले प्रभावशली जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अल्वानियामाथि ४–१ को फराकिलो जित निकालेको हो । पार्क दि फ्रान्स पेरिसमा भएको खेलमा घरेलु टोलीलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरुउड र जोनाथन इकोनेले समान १ गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काए । खेलको […]

September 8, 2019

रोनाल्डोको गोलसँगै युरो छनोटमा पोर्चुगलको पहिलो जित

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोटमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ ले पराजित गर्दै युरो छनोटमा पहिलो जित निकालेको हो । यसअघि पोर्चुगलले शुरुवाती दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । राजको मिटिक वियोग्राडमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा १–० […]

September 8, 2019

केनको ह्याट्रिकमा इंग्ल्यान्डको शतप्रतिशत जित

एजेन्सी – कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले युरोकप छनोटमा शतप्रतिशत जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले खेलको २४औं मिनेटमा कप्तान केनको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले रहिम स्ट्रलिङको पासमा गोल गरेका थिए । पहिलो हाफमा […]

Success

Thank you for your time.