default_image

अन्तर्राष्ट्रिय

December 17, 2022

तेस्रो हुन मोरक्को र क्रोएसिया खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थानको लागि शनिबार राति क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछ । यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो । अघिल्लो पटकको उपविजेता क्रोएसिया […]

December 17, 2022

फिफा क्लब विश्वकपमा ३२ टोली

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ३२ टिम सहभागी हुने गरी नयाँ फिफा क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा सन् २०२५ बाट शुरु हुने क्लब विश्वकपमा ३२ टोली सहभागी हुने बताएका हुन् । फिफाले यसअघि नै यो कार्यक्रमको […]

December 16, 2022

राष्ट्रिय टोली प्रशिक्षक हुने चर्चाबीच मोउरिन्हो पोर्चुगल पुगे

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने चर्चाका बीच प्रशिक्षक जोसे मोउरिन्हो पोर्चुगल पुगेका छन् । पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गरेसँगै राष्ट्रिय टोलीको प्रशिक्षक पद रिक्त रहेको छ । पोर्चुगल फुटबल महासंघले मोउरिन्होलाई मुख्य दावेदारको रुपमा पनि हेरेको छ । हाल इटालियन क्लब एएस रोमामा व्यस्त रहेका मोउरिन्होले भने यसबारे केही बोलेका छैनन् । […]

December 16, 2022

स्पेनका कप्तानद्धारा सन्यास घोषणा

एजेन्सी – विश्वकप विजेता स्पेनका मिडफिल्डर तथा कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा भइरहेको फिफा विश्वकप कतार २०२२ मा निराशाजनक नतिजापछि ३४ वर्षीय बुस्क्वेट्सले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तर्राष्ट्रिय खेल जीवनलाई टुंग्याउने निर्णय गरेका हुन् । स्पेन कतार विश्वकपको प्रि–क्वाटरफाइनलमा खेलमा मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको थियो । […]

December 16, 2022

ब्राजिली युवा प्रतिभा रियल म्याड्रिडमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिली युवा प्रतिभा एन्ड्रिक फिलिपेलाई क्लबमा अनुबन्ध गर्न सफल भएका छन् । पाल्मेइरस र रियल म्याड्रिडले सम्झौताको अवधि नखुलाएपनि रियलले एन्ड्रिकलाई लामो समयसम्मको लागि अनुबन्ध गरिएको खुलेको छ । रियलले १६ वर्षीय सेन्टर फरवार्ड एन्ड्रिक फिलिपेलाई ६ वर्षको लागि ५ करोड १० लाख पाउण्डमा अनुबन्ध गरिएकाे बुझिएकाे छ । […]

December 15, 2022

अर्जेन्टिना र फ्रान्स विश्वकपको उपाधिका लागि भिड्ने

एजेन्सी – फिफा विश्वकप फुटबलको २२औं संस्करणको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । कतारमा जारी विश्वकप अन्तरगत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै साविकको विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि फाइनलमा पुग्न सफल […]

December 14, 2022

रोनाल्डो रियल म्याड्रिडमा प्रशिक्षण गर्दै

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबविहिन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षण गरिरहेका छन् । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् । पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसँग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि […]

December 14, 2022

‘याे मेराे अन्तिम विश्वकप’ – मेस्सी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप खेल हुने बताएका छन् । मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका हुन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै […]

December 14, 2022

मेस्सीकाे ‘परफेक्ट पार्टनर’ अल्भारेज

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा साविककाे उपविजेता क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि अर्जेन्टिना फाइनलमा पुगेको छ । यस खेलको दृश्यमा युवा फरवार्ड जुलियन अल्भारेज आए । उनी अर्जेन्टिनाले गरेको तीनै गोलमा संलग्न रहे । पहिलो गोलमा पेनाल्टी जितेका उनले त्यसपछि दुई सानदार गोल गरे । यि २२ वर्षीय अल्भारेजको यस […]

December 14, 2022

फाइनल पुग्न फ्रान्स र मोरक्को खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले सनसनी अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । साविक विजेता फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हुनेछ । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ […]

Success

Thank you for your time.